भद्रपुर । लीला कट्टेल स्मृति प्रतिष्ठान झापाले आज ६ जना जेष्ठ आमाहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले मातातीर्थ औंसीको सन्दर्भमा सबै जेष्ठ आमाहरुको निवासमै पुगेर सम्मान प्रदान गरेको हो । प्रतिष्ठानका उपाध्यक्ष तथा कमल गाउँपालिकाका प्रमुख मेनुका काफ्लेको अध्यक्षतामा सम्पन्न संक्षिप्त कार्यक्रमकाबीच ६ जना ज्येष्ठ महिलाहरुलाई सम्मान गरेको प्रतिष्ठानका कोषाध्यक्ष पवित्रा महतराले बताइन् । प्रतिष्ठानबाट सम्मानित […]
कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्की बजारमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि तनाव बढेको छ। ना ७ ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले गरेको प्रदर्शनले उग्ररुप लिएको हो । प्रदर्शन उग्र भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गरेकोछ । अवस्था नियन्त्रण […]
काठमाडौंँ । नेपाल र चीनबीच यातायात तथा परवाहनसम्बन्धी ऐतिहासिक प्रोटोकल लगायत सातवटा सम्झौतामा हस्ताक्षर भएको छ । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, चिनियाँ यातायात मन्त्री ली सियाओफङले ती सम्झौताहरूमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यातायात तथा पारवाहन प्रोटोकलमा […]
काठमाडौं । वाइडबडीमा भ्रष्टाचार भएको छ भनेर संसद्मा आवाज उठाउने देउवाको तन्तु वाइडबडी खरिदमै जोडिएको थियो, बालुवाटारको जग्गाको विषयमा पनि देउवाले सोमबार संसद्मा आवाज उठाए, तर यो जग्गा व्यक्तिका नाममा जान देउवाको जिम्मेवारी देखिएको छ । निर्वाचनपछि १५ जेठ ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वमा सरकार बन्यो र गृहमन्त्रीको जिम्मेवारी पाए शेरबहादुर देउवाले । भट्टराई नेतृत्वको […]
मेचीनगर । मेची नेत्रालय मेचीनगर गोल्डकपको सोमबार भएको खेलमा पाहुना टोली भुटानको पारो एफसीलाई ३–० को अन्तरले हराउँदै नेपाल पुलिस क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । सेमीफाइनलमा पुलिसले संकटा क्लबको सामना गर्नेछ । पहिलो हाफको अन्त्यतिर कप्तान भरत शाहको गोल मार्फत पुलिसले अग्रता लिएको थियो । तेज तामाङको फ्री किकलाई मानबहादुर परियारले मिलाइदिएको पासलाई कन्ट्रोल […]
बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेकी छन्। स्मारकस्थल पुग्दा उनलाई चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कोङ सुआनयुले स्वागत गरेका थिए। उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य […]
काठमाडौं । केन्द्रीय सरकारले स्थानीय तहमा रिक्त दरबन्दीमा एक पटकका लागि केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेशमा रिक्र दरबन्दीमा केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गर्ने गरी आवशयक प्रक्रिया थालेको छ । सोअनुसार १०० वटा स्थानीय तहले रिक्त कर्मचारीको विवरणसहितको मागआकृति फारम […]
नेपालगन्ज । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८ जना पुर्पक्षका लागि थुनामा गएका छन् । बाँके जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उक्त प्रकरणसँग जोडिएका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । प्रहरीका अनुसार […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संरचनामा अभ्यस्त हुन नसकेकेकाले विकास निर्माणका काममा केही अलमल देखिएको स्वीकार गरेका छन् । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकलाई आज सिंहदरबारमा सम्बोधन प्रधानमन्त्री ओलीले सरकार नयाँ संरचनामाथि अभ्यस्त नभइसकेकाले विकास निर्माण कार्यमा केही समस्याहरु विद्यमान रहेको बताए । संरचना र कानुनहरु निर्माण भएपनि अभ्यस्त हुन केही समय लाग्न […]
काठमाडौँ । गृहमन्त्री नआएपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । आइतवार दुई पटकसम्म समय सार्दा पनि गृहमन्त्री रामबहादुर थापा अनुपस्थित भएपछि समितिको बैठक स्थगित भएको हो । बैठकमा सहभागी हुन गृहसचिव प्रेमकुमार राई आए पनि सांसदहरुले गृहमन्त्री उपस्थित हुनै पनि बताएका थिए । मध्यान्ह १२ बजेका लागि डाकिएको बैठक गृहमन्त्री […]