Sajhamanch Archive

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा खेलाडीहरु धमाधम पक्राउ गरिँदै

Published: in अर्थतन्त्र, खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा खेलाडीहरु धमाधम पक्राउ गरिँदै.

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा पुस ९ देखि २७ सम्म भएको नेपाल टी–२० लिग प्रतियोगितामा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा खेलाडीहरु धमाधम पक्राउ परिरहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार नेपालका चार र विदेशी ६ जना फिक्सिङमा संलग्न भएको देखिएको छ । उनीहरुमध्ये महबुब आलम र आदिल अन्सारीसहित थप एक जनालाई पक्राउ […]

मेचीनगरमा मेलमिलाप सम्बन्धी ८ दिवसीय आधारभूत तालिम सुरु

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा मेलमिलाप सम्बन्धी ८ दिवसीय आधारभूत तालिम सुरु.

मेचीनगर । दिगो शान्तिका लागि, उन्नत सम्बन्ध भन्ने मूल नाराका साथ झापाको मेचीनगर नगरपालिकामा आजदेखि ८ दिवसीय मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । आगामी माघ १६ गतेसम्म सञ्चालन हुने तालिम न्यायिक समिति मेचीनगरको आयोजनामा सञ्चालन भएको हो । मेलमिलाप सम्बन्धि आधारभूत तालिमको उद्घाटन गर्दै मेचीनगर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मीना पोखरेल […]

वाटर किङ्डम पार्कमा साँस्कृतिक महोत्सव हुने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on वाटर किङ्डम पार्कमा साँस्कृतिक महोत्सव हुने.

शिवसताक्षी । झापाको शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किंगडम पार्क एण्ड रिसोर्ट प्रालिले वाटर किंगडम पार्क संस्कृति उत्थान महोत्सव २०७९” आयोजना गर्ने भएको छ । आदिवासी जनजातिको परम्परागत तथा मौलिक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आगामी फागुन १ गतेदेखि ५ गतेसम्म महोत्सव हुने वाटर किंगडम पार्क एण्ड रिसोर्ट प्रालिले जनाएको छ । विभिन्न जातजातिका मौलिक संस्कृति, […]

सभामुख देवराज घिमिरेको संसदमा पहिलो सम्बोधन

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विचार/ब्लग by . Leave a Comment on सभामुख देवराज घिमिरेको संसदमा पहिलो सम्बोधन.

माननीय सदस्यहरु आजको कार्यसूचीमा रहेका विषयहरुलाई अघि बढाउनुभन्दा पहिला यस गरिमामय सदनमा म आफ्ना केही भनाइहरु राख्न चाहन्छु । प्रतिनिधि सभाको यो बैठकमा सभामुखको हैसियतले प्रथम पटक सम्बोधन गर्ने अवसर जुटाइ दिनुभएकोमा सम्पूर्ण माननीय सदस्यहरु प्रति हार्दिक आभार र कृतज्ञताका साथै यो अवसरको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । लोकतन्त्र प्राप्ति, सामाजिक परिवर्तन, कानूनी […]

सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित.

काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो । नेपाल मजदुर किसान […]

नेविसंघ झापा नेतृत्वमा चरम विवाद

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on नेविसंघ झापा नेतृत्वमा चरम विवाद.

झापा । नेपाल विध्यार्थी संघ (नेविसंघ) झापाको नेतृत्व चरम विवादमा फसेको छ । माघ ५ गते केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित पत्रअनुसार संजय निरौलालाई नेविसंघ झापाको अध्यक्ष तोकिएपछि यस्तो विवाद सतहमा आएको हो । वर्तमान जिल्ला सभापति भुवन बुढाथोकीले आफू जिम्मेवारीमा रहेकै समयमा मलाई कुनै जानकारी नै नगराई षड्यन्त्रपूर्वक ढंगले एक पक्षीयरुपले अध्यक्ष तोकिएको भन्दै […]

भद्रपुर झापा गोल्डकप तयारी तीब्र

Published: (Updated: ) in खेलकुद, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on भद्रपुर झापा गोल्डकप तयारी तीब्र.

भद्रपुर । आजको एक महिनापछि फागुन ७ गतेबाट सुरु हुने झापा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको भद्रपुर झापा गोल्डकपको लागि प्रतियोगितास्थल मेची रंगशालाको मैदानलाई स्तरोन्नति गर्ने काम तीब्र गतिमा भइरहेको छ । आयोजक समितिले नेपाल तथा भारतका समेत खेलपे्रमी दर्शकलाई मध्यनजर गर्दै यातायात तथा सुरक्षा व्यवस्था मिलाउन सुरु गरेको जनाएको छ । भद्रपुर झापा गोल्डकपका महासचिव […]

झापामा ‘शी लिड्स’को निरन्तरता सम्बन्धी अन्तरक्रिया

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on झापामा ‘शी लिड्स’को निरन्तरता सम्बन्धी अन्तरक्रिया.

झापा । महिला जनप्रतिनिधिहरुको क्षमता वृद्धि गरी मुख्य नेतृत्व सम्हाल्न सक्ने दक्ष बनाउन प्रयासरत शी लिड्स कार्यक्रमलाई निरन्तरता दिने वा नदिने वा परिमार्जन गरेर सञ्चालन गर्ने विषयमा आज बिर्तामोडमा छलफल गरिएको छ । दलित महिला केन्द्र नेपालसहितका गैरसरकारी संस्थाहरुले प्रदेश १ का ५ वटा जिल्लाका ३९ वटा पालिकामा शी लिड्स कार्यक्रम सञ्चालन गरिरहेको छ । […]

प्रदेश १ सरकारः ४ मन्त्रालय खारेज, मन्त्रीहरुलाई तोकियो विभागीय जिम्मेवारी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on प्रदेश १ सरकारः ४ मन्त्रालय खारेज, मन्त्रीहरुलाई तोकियो विभागीय जिम्मेवारी.

विराटनगर । प्रदेश १ सरकारले चार वटा मन्त्रालय खारेज गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालय संख्या १३ वटाबाट घटाएर ९ कायम गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्रालय संख्या ९ मा झार्ने निर्णय गरेको थियो । तर कुनकुन खारेज गर्ने तय भएको […]

उपसभामुखमा इन्दिरा र मुक्ताकुमारीको उम्मेदवारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपसभामुखमा इन्दिरा र मुक्ताकुमारीको उम्मेदवारी.

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि २ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएका हुन् । इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र […]