बिर्तामोड । बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नं. ६ दोन्द्राका ७२ वर्षीय मुलायम यादवको गालामा पलाएको ट्युमरको शल्यक्रिया बिर्तामोडको बि एण्ड सी टिचिङ अस्पतालले निशुल्क गरिदिने भएको छ । खर्च अभावमा यादवले उपचार गर्न नसकेको आशयसहितको समाचार सञ्चारमाध्यममा पढेपछि बि एण्ड सी टिचिङ अस्पताल प्रसाशन यस्तो निर्णयमा पुगेको हो । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले […]
पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिका क्षेत्रमा लामो समयदेखि खानेपानीको सङ्कट छ । त्यसैले यहाँका बासिन्दाले ‘डीप बोरिङ’ प्रविधिबाट पानीको जोहो गर्दै आएका छन् । प्रदेश सरकारको एक अर्ब लगानीमा गाउँपालिकाका तीन स्थान उत्तिसे, बतासे र मल्लिडे क्षेत्रमा डीप बोरिङबाट पानी निकाल्न लागिएको पछि उत्तिसेबाट दैनिक ९ घण्टा पानी आपूर्ति भइरहेको छ । बतासे र मल्लिडे […]
भद्रपुर । यहाँस्थित जिल्ला कारागार झापाका कैदीबन्दी कारागार प्रशासन विरूद्ध आन्दोलित भएका छन् । १७ सूत्रीय माग राखेर चरणबद्ध आन्दोलन थालेका कैदीबन्दीले कारागार प्रशासनको नेतृत्व गरिरहेका प्रमुख राजु दाहालको ज्यादती बढेको भन्दै आन्दोलित भएका हुन् । प्रशासक दाहालले कैदीबन्दी माथि शोषण गरेको, विभिन्न बहानामा कैदीबन्दीसित पैसा असुल्ने गरेको, रासन पानी वितरणमा विभेद गरेको लगायतका आरोप […]
सुशासन भनेको के हो ? यसका बारेमा सायद धेरैलाई राम्ररी थाहा छ । तर व्याख्या गर्दा भने केही फरक हुन सक्छ । शासन शब्दको अगाडि सु जोडिएर सुशासन भएको हो । सु भन्नाले असल, राम्रो हुनुपर्ने अर्थ लगाइन्छ । सुशासन एकदमै चल्तीको शब्द हो । परिवार, संस्था, समाज, समुदाय, संघ, संगठन, देश सबैमा शासनको अभ्यास […]
भद्रपुर । आर्थिक अवस्था कमजोर भएका गरिब व्यक्ति मात्र उपचारका लागि आइपुग्ने मेची अञ्चल अस्पतालले पार्किङ शुल्क असुलेको भन्दै नेपाली काँग्रेस झापा क्षेत्र नं ३ ले अस्पताल व्यवस्थापन समितिलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुखले व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा आए लगत्तै सञ्चालन समितिको निर्णयले अस्पताल हाताबाट सवारी शुल्क असुल्ने निर्णय भएको […]
सरकारले उद्यमी–व्यवसायीमैत्री वातावरण बनाएको भनेर दावी गरे पनि बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरले उद्योग व्यवसाय थलिएको छ । बैंकहरूको लगातारको चर्को ब्याजदरले लागत बढेर प्रतिस्पर्धात्मक क्षमता गुमेकोले उद्योगी–व्यवसायी ब्याज घटाउन माग राख्दै सडकमा उत्रनुपर्ने अवस्था आएको छ । बैंकहरुबीच अस्वाभाविक रुपमा ब्याजदर वृद्धिको प्रतिस्पर्धा चलेको छ । वर्षमा चार पटकसम्म ब्याज बढेको छ । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौंदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दूमा आइपुगेको दावी गरेका छन् । ६९औं प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, वर्तमान सरकार समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यका साथ आर्थिक एवम् सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको । “निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी […]
बिर्तामोड । झापामा पहिलो पटक बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)को सञ्चालक समितिको बैठक बस्ने र सहकारी सञ्चालनका विभिन्न विषयहरुमा अभियान चलाइने भएको छ । यही फागुन १० देखि १२ गतेसम्म साकोस अभियान सञ्चालन गर्ने गरी तयारी व्यवस्थापन भइरहेको आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको व्यवस्थापनमा […]
इलाम । झापाका स्थानीय तहहरुले पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिने गरेको पाइएको छ । जिल्ला समन्वय समिति झापाले आयोजना गरेको एक कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले आ—आफ्नो स्थानीय तहको प्रगति प्रस्तुत गर्ने क्रममा अधिकांशले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको पाइएको हो । पदभार ग्रहण गरेपछि आफ्नो पालिकामा गरेका विकास निर्माण लगायत कामका बारेमा आफूलाई मन परेका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधारहरु पुर्याएर डोल्पालाई सरकारले सुगम बनाउने उद्घोष गरेका छन् । डोल्पो समाजले आज काठमाडौंमा आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छुदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्नति गरिने र डोल्पामा सधैं यातायात सञ्चालन गरिने बताएका हुन् । “डोल्पामात्र होइन […]