काठमाडौं । विसं २०२८ सालमा भएको झापा विद्रोहको चर्चा अहिले पनि उस्तै छ । त्यतिवेला झापा आन्दोलनको नेतृत्व गर्नेमध्येका एक हुन् एमाले अध्यक्ष केपी शर्मा ओली । दुई पटक देशको प्रधानमन्त्री बनिसकेका ओली अहिले देशको नेतृत्वदायी भूमिकामै स्थापित छन् । उनीमात्रै नभएर देशको संघदेखि प्रदेश केन्द्रका संवैधानिक र राजनीतिक मुख्य पदमा अहिले झापालीको वर्चश्व देखिएको […]
काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आज शीतल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट घिमिरेले शपथ लिएका हुन् । शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी थिए । सपथग्रहण पछि आज नै सभामुखको कार्यकक्षमा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे हिजो सभामुख निर्वाचित भइसकेका छन् । उपसभामुखमा आज उम्मेदवारी […]
माघ, झापा। बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो । बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ । उक्त विमान काठमाडौं आइपुग्दा […]
मोरङ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका मन्त्रीहरूको कार्यविभाजन आगामी सोमबार हुने बताएका छन् । मुख्यमन्त्री कार्कीले आज सञ्चारकर्मीसँग भेटघाटमा हालसम्म बिना विभागीय रहेका सबै मन्त्रीले सोमबारदेखि आफ्नो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने जानकारी दिएका हुन् । “बिना विभागीय मन्त्रीका रूपमा रहेका सबै मन्त्रीले सोमबारबाट सम्बन्धित मन्त्रालयबाट कार्य सुरु गर्नुहुने छ” मुख्यमन्त्री कार्कीको भनाई […]
काठमाडौं । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली गीत संगीतमा विशिष्ट योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मानित गरेकी छन् । सङ्गीतकार तथा गायक शम्भुजीत बास्कोटा, मौलिक देउडाका अग्रज गायक तथा सङ्गीतकार संस्कृतिविद् नन्दकृष्ण जोशी र समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ रास्ट्रपतिबाट सम्मानित भएका हुन् । कर्णाली कलाकार समाज तथा कनका सुन्दारी फिल्मस प्रालिद्वारा काठमाडौंको सभागृहमा आयोजित रारा राष्ट्रिय म्यूजिक अवार्ड– २०७९ […]
५ माघ, काठमाडौं । सत्ता साझेदार दलहरूका तर्फबाट सभामुखको उम्मेदवार बनेका नेकपा एमालेका नेता देवराज घिमिरेले नेपाली कांग्रेसलाई आफ्नो भूमिका स्पष्ट पार्न आग्रह गरेका छन् । ‘सभामुख पदमा त सहमति हुनुपर्ने हो । तर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख पदमा चुनाव चाह्यो’, अनलाइनखबरसँग घिमिरेले भने । आज हुने सभामुख पदको चुनावमा घिमिरेविरुद्ध कांग्रेसले ईश्वरी […]
काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल अन्तर्राष्ट्रिय बजार निर्देशक रहेको श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिले ठगी गरेको भन्दै क्षतिपूर्तिको लागि वैदेशिक रोजगार विभागमा उजुरी परेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मनालाल महतासहित ७ जनाले मलेसियामा रोजगारीमा जाँदा ठगिएको भन्दै श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसविरुद्ध क्षतिपूर्तिका लागि उजुरी गरेका थिए […]
काठमाडौँ । प्रतिनिधि सभाको सभामुख पदमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता भएसँगै जीत कसको हुने भन्नेमा लगभग प्रष्ट देखिन्छ । भरखरै बनेको एमाले नेतृत्वको गठबन्धनमा १६० सांसद रहेकाले गठबन्धनका उम्मेदवार घिमिरेको जीत पक्काजस्तै भएको छ । उम्मेदवारी मनोनयन प्रक्रियामा दुईजना उम्मेदवार बनेपछि भोलि मतदानबाटै टुङ्गो लाग्ने भए पनि जोड […]