भद्रपुर । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको निर्माणाधीन भवन कमसल निर्माण सामग्री प्रयोग गरी बनाएको पाइएको छ । निर्माणकै क्रममा रहेको सो भवनमा वर्षादको पानी चुहेको भन्दै अस्पताल विकास समितिले निर्माण ठेकेदारलाई कारवाहीको माग गरेको हो । कन्टेक प्रालि नामक निर्माण कम्पनी मार्फत निर्मित अस्पताल भवन हस्तान्तरण प्रकृया रोकेर कमसल सामग्री हटाई स्तरीय सामग्रीको प्रयोग मार्फत […]
ताप्लेजुङ । सिमसिम पानी र धुम्मिदो मौसमको चुनौती चिर्दै ताप्लेजुङको पहिरो प्रभावित क्षेत्र मेहेलेमा बुधवार नेपाली सेनाको हेलिकोप्टरमार्फत औषधि र राहत सामग्री पुर्याइएको छ। मेहेलेमा रहेको स्वास्थ्य चौकी समेत पहिरोले बगाएपछि त्यहाँ औषधि समेतको अभाव रहेको थियो। केही औषधि पुरिएकै ठाउँबाट निकालेर घाइतेको प्राथमिक उपचार गरिएको थियो। औषधि, त्रिपाल,कम्बल,लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको जिल्ला […]
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्की (जङ्गे)लाई उच्च अदालत विराटनगरको इलाम इजलासले ६ महिना जेल सजाय गर्ने जिल्ला अदालत झापाले गरेको फैसला सदर गरेको छ। वडाध्यक्ष कार्कीसहित सोही प्रकृतिको मुद्धामा विपक्षी रहेका भवकृष्ण न्यौपाने, पुष्प अधिकारी, सूर्यबहादुर खड्का, शनिलाल राजवंशीको पनि सुरु फैसला सदर भएको हो । न्यायाधीशद्वय लोहितचन्द्र शाह […]
काठमाडौं । वसन्तकालीन मौसममा हिमाल आरोही र पदयात्री बोक्न वायुसेवा कम्पनीलाई भ्याइनभ्याई भएको छ । आरोहण र ट्रेकिङको मौसममा लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दिनमै चार सयभन्दा बढीसम्म ‘फ्लाइट मुभमेन्ट’ भएका हुन् । आरोही र पदयात्री बढेपछि लुक्लामा हवाईजहाज र हेलिकोप्टरबाट दिनमै ४१२ पटकसम्म उडान–अवतरण भएको विमानस्थल प्रमुख महेश श्रेष्ठले बताए । २ मे २०२३ मा लुक्लामा ‘फ्लाइट मुभमेन्ट’ […]
असार ६ गते द्रोणाचार्य क्षत्रीलाई सम्झने दिन हो । २०५० साल असार ६ गते द्रोणाचार्य क्षेत्रीको निधन भएको हो । उहाँलाई सम्झने दिन आजभन्दा चार वर्ष अगाडि नै लेखेको यो लेख, लेखकको अनुमतिमा प्रकाशन गरिएको छ । द्रोणाचार्यका असल बिचार र व्यवहार अहिले बीउका रूपमा छर्नु र हुर्काउनु पर्ने बेला भएको छ। यति बेला द्रोणाचार्य […]
झापा । द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालसमेतको समन्वयमा पहिलोपटक वितरण गर्न लागिएको द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार यसपटक प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेललाई प्रदान गरिने भएको छ । उनी रेडियो भिजनका प्रबन्ध निर्देशक हुन् । उक्त पुरस्कारबाट पूर्व पुरस्कृत माधव बिद्रोहीको संयोजकत्वमा गठित छनोट समितिले सो निर्णय गरेको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले जनाएका […]
धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका […]
विराटनगर । कोशी प्रदेश सकारले बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बाढी पहिरोमा परी मृत्यु भएका प्रत्येक परिवारलाई एक लाख र घाइतको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रूपैयाँका दरले उपचार खर्च राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेश […]
बझाङ । सुदूरपश्चिम सरकारका मन्त्री चढेको गाडी बझाङमा दुर्घटनामा परेको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो । दुर्घटनामा परी मन्त्री सिंहसहित ४ जना घाइते भएका […]
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज पौने १ बजेदेखि अमेरिकासँग खेल्दै छ। पहिलो खेलमा जिम्बावेसँग पराजित भएको नेपाललाई सुपर सिक्समा पुग्न अमेरिकासँगको खेल जित्नै पर्ने दबाब छ। नेपाल र अमेरिकाबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबको मैदानमा हुनेछ। खेल नेपाली समयानुसार मध्याह्न १२ः४५ बजेदेखि सुरु हुनेछ। पहिलो खेलमा […]