Sajhamanch Archive

दुधे माविमा प्रअ विवादः भित्र नगरप्रमुखसँग सहमति, वाहिर नेविसंघको आन्दोलन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज by . Leave a Comment on दुधे माविमा प्रअ विवादः भित्र नगरप्रमुखसँग सहमति, वाहिर नेविसंघको आन्दोलन.

शिवसताक्षी । झापा शिवसताक्षी रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा प्र.अ. विवाद प्रकरणमा आज नेपाली कांग्रेस सम्बद्ध नेविसंघले शिवसताक्षी नगरपालिकामा आन्दोलन गरेको छ । नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले नियम र कानुन परिधि भित्र रही यस विषयमा ७ दिन भित्र सरोकारवाला निकायहरुसँग छलफल गर्ने बताए पछि नेविसंघले सहमति जनाएको छ । यता नेविसंघका जिल्ला सभापति […]

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाको असाधारण समर्थन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाको असाधारण समर्थन.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधि सभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । कुल २७० जनाले मतदान गरेकोमा २६८ मत प्रचण्डको पक्षमा परेको हो । नेपाली काँग्रेसबाट निर्वाचित टेकबहादुर गुरुङ्ग निलम्बित छन् भने कांग्रेसका अरु ३ जना सांसद बैठकमा अनुपस्थित भए […]

मनकामना कलेजमा अन्तर संकाय भलिबल प्रतियोगिता सम्पन्न

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, शिक्षा, समाज by . Leave a Comment on मनकामना कलेजमा अन्तर संकाय भलिबल प्रतियोगिता सम्पन्न.

बिर्तामोड । यहाँस्थित मनकामना कलेज तथा माद्यमिक विद्यालयमा आयोजित अन्तर संकाय भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । पुष २४ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । कक्षा ११ देखि स्नातक तह चौथो वर्षसम्मका छात्रहरुको ८ वटा टिम र छात्राहरुको ४ वटा टिमबीच अलग अलग प्रतियोगिता गरिएको हो । प्रतियोगितामा छात्रतर्फ कक्षा १२ कम्प्युटर […]

बिर्तामोडमा विपन्न नागरिक सहयोग कोष स्थापना, दाताहरुबाट सहयोग जुट्तै

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा विपन्न नागरिक सहयोग कोष स्थापना, दाताहरुबाट सहयोग जुट्तै.

झापा । असहाय तथा विपन्न नागरिकहरुको सामाजिक सुरक्षामा सहयोग गर्ने उद्देश्यले बिर्तामोडमा विपन्न नागरिक सहयोग कोष नामक गैरसरकारी संस्थाको सुरुवात गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ मा कार्यालय रहने गरी सोही वडाबासीको अग्रसरतामा बिर्तामोड नगरलाई कार्यक्षेत्र बनाएर सेवा गर्ने गरी संस्था स्थापनाको भएको हो । संस्थाको प्रारम्भिक खाका बनाई तदर्थ समिति गठन गरिएको […]

झापामा बालमैत्री स्थानीय तह निर्माण गर्न ११ बुँदे प्रतिवद्धता

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on झापामा बालमैत्री स्थानीय तह निर्माण गर्न ११ बुँदे प्रतिवद्धता.

झापा । बालमैत्री स्थानीय तह निर्माण गर्न झापाका पालिका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले ११ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार बिर्तामोडमा सम्पन्न जिल्लास्तरीय अन्तरक्रियामा सहभागी पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधिले नेपाल सरकारको लक्ष्य अगावै बालमैत्री स्थानीय तह निर्माणमा जुट्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनीहरुले आआफ्नो स्थानीय तहमा बालबालिका सम्बन्धी ऐन, […]

प्याब्सन झापाको कार्यक्रममा चलचित्र नायक राजेश हमालको प्रवचन

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on प्याब्सन झापाको कार्यक्रममा चलचित्र नायक राजेश हमालको प्रवचन.

भद्रपुर । प्याब्सन दिवसको अवसरमा झापा प्याब्सनले भद्रपुरमा सञ्चालन गरेको जिल्ला स्तरीय बृहत साँस्कृतिक प्रतियोगिता सोमबार सम्पन्न भएको छ । पुष २४ र २५ गते दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट भएका गीत तथा नृत्यबीच प्रतिष्पर्धा गर्दै नेपाली चलचित्रका नायक राजेश हमालको विशेष प्रस्तुतिसहित साँस्कृतिक कार्यक्रम सम्पन्न भएकोे हो । कार्यक्रमलाई सम्बोधन […]

कर्णाली साकोस माइन्युट प्रमाणित सभा सम्पन्न

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोस माइन्युट प्रमाणित सभा सम्पन्न.

झापा । प्रदेश १ को तीनवटा जिल्लामा कार्यक्षेत्र विस्तार भएको झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारणसभा अन्तरगत आज अन्तिम माइन्युट प्रमाणित सभा गरिएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा बिर्तामोडमा सम्पन्न भेलामा सातवटा एकाई साधारणसभाबाट छानिएर आएका प्रतिनिधिहरुले माइन्युट प्रमाणित गरेका हुन् । संस्थाका अध्यक्ष टसबहादुर प्रधानको […]

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त.

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं प्रदेश १ का सहइन्चार्ज हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेशसभाका ६० सांसदहरूको समर्थनसहितको दावी प्रस्तुत गरेका कार्कीलाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्की प्रदेश १ को चौथो मुख्यमन्त्री भएका छन् । यसअघि नेकपा एमालेका […]

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले प्रदेश प्रमुख समक्ष पेश गरे दाबी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले प्रदेश प्रमुख समक्ष पेश गरे दाबी.

मोरङ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेश गरेका हुन् । प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका ५ बजेबाट सकिँदैछ । […]

हिक्मत कार्की आजदेखि प्रदेश १ को मुख्यमन्त्री बन्दै

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हिक्मत कार्की आजदेखि प्रदेश १ को मुख्यमन्त्री बन्दै.

विराटनगर । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति भएको छ । अब नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्यक्रम रहेको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरे बमोजिम समय सीमाभित्रै सरकारको […]