बिर्तामोड । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा अन्तर्गत माइन्युट प्रमाणित सभा शनिबार सम्पन्न भएको छ । गत पुस ४ गतेदेखि २१ गतेसम्म सातवटा इकागत साधारणसभाबाट सझाव संकलन गरी अन्तिम माइन्युट प्रमाणिकरण गरिएको हो । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य बन्दना झाँगडको प्रमुख आतिथ्यता थियो […]
बिर्तामोड । दुईपटक मुलुककै सर्वोत्कृष्ट खानेपानी संस्थाको रुपमा पुरस्कृत भएको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २०औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका पूर्वअध्यक्ष टोरुप प्रसाईको प्रमुख आतिथ्यमा आज साधारणसभा गरिएको हो । साधारणसभामा अध्यक्ष जलकुमार गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष शारदा रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी […]
बिर्तामोड । झापाको निजी शैक्षिक प्रतिष्ठान मध्येको एउटा अग्रणी र पुरानो गोमेन्द्र बहुमुखी महाविद्यालयले आगामी शैक्षिक सत्रदेखि पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको एमबीए र एमसीए–आइटीको कक्षा सञ्चालन गर्ने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी गोमेन्द्रले एमबीए र एमसीए–आइटीको अध्यापनको अनुमति पूर्वाञ्चल विश्वविद्यालयले दिएपछि कार्यक्रम सुरु गर्न लागिएको जनाएको हो । शैक्षिक सत्र २०७९/०८० देखि नै […]
नेपाल सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम प्रस्तावना प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९ मा अभिव्यक्त सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको जनादेशलाई उच्च सम्मान गर्दै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने प्रातः स्मरणीय महान् शहीदहरूप्रति श्रद्धासुमन, आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरूप्रति उच्च सम्मान र बेपत्ता परिवार, घाइते, अपाङ्ग र आन्दोलनमा अमूल्य योगदान दिनुहुने आम जनसमुदायप्रति हार्दिक […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सरकार गठनको अभ्यास नगरेको भन्दै आफूहरूले ‘नजाने गाउँको बाटो’ सोधेर आफ्नो भूमिकामा अलमल नगर्ने बताएका छन् । ‘अहिले बाहिर जे चर्चा भइरहेको छ, त्यो बिल्कुलै अफवाह मात्रै हो । कांग्रेसले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन । कांग्रेस नजाने गाउँको बाटो सोध्दैन, कांग्रेसले आफ्नो भूमिका बिर्सिएको छैन’ उनले […]
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका विभिन्न विकास निर्माणका योजनाहरूको स्थलगत अनुगमनलाई तिब्रता दिएका छन् । यसै क्रममा आज नगरप्रमुख बुढाथोकीले मेचीनगर १ स्थित मेची नदीको डिल्लीगौंडा दक्षिणमा निर्माण कार्य भइरहेको जनताको तटबन्ध कार्यक्रमको स्थलगत अनुगमन गरेका हुन् । आर्थिक बर्ष २०७९/०८० को करिब दुई करोड रुपैयाँको लागतमा ३५० मिटर […]
काठमाडौँ । सरकारको हरेक अंग र निकायको आधारभूत उद्देश्य नागरिकको जीवनस्तर उकास्ने नीति, योजना तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने हो । त्यसका निम्ति मुलुकको जनसंख्या प्रमुख आधार मानिन्छ । जनसंख्याको सवालमा अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिंकनले भनेका थिए, ‘हामी कहाँ छौं र कता लाग्दै छौं भन्नेमात्र थाहा पायौं भने पनि हामीले के गर्ने र कसरी गर्ने […]
काठमाडौं । सैनिक शासन चलिरहेको म्यानमारको एउटा दैनिक पत्रिकामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा प्रेशित नै नभएको शुभकामना सन्देश प्रकाशित भएको छ । म्यानमारको सरकारपक्षीय दैनिक पत्रिका ‘म्यान्मा अलिनो’ मा बुधबार म्यानमारको ७५औं स्वतन्त्रता दिवसको अवसरमा भनेर शुभकामना सन्देश प्रकाशित भएको हो । म्यानमारको सञ्चार मन्त्रालयले प्रकाशित गर्ने ‘म्यान्मा अलिनो’ पत्रिकामा नेपालका राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले विद्यालय विकास प्रस्ताब माग गरी प्रधानाध्यापक नियुक्ति प्रकृया बढाउन श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयलाई परिपत्र गरेको छ । शिवसताक्षी ११ स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको प्रअ नियुक्ति विवाद चुलिदै जाँदा आज नगर कार्यपालिकाको बैठकले सात दिन भित्र नियमानुसार प्र.अ. नियुक्ति प्रकृया अगाडी बढाउन विद्यालय व्यवस्थापन समितिलाई परिपत्र गरेको हो […]
झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा, इलाम र मोरङ जिल्लामा कार्यक्षेत्र विस्तारित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थामा आज सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । संस्थाको १०औं साधारणसभा अन्तरगत नयाँ नेतृत्व चयनका लागि गठित निर्वाचन समितिको सकारात्मक प्रयासबाट सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ । उम्मेदवारी मनोनयनका लागि तोकिएको बुधबार अपरान्ह ३ […]