काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई शपथ गराएकी हुन् । प्रचण्डले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीको शपथ लिएका छन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट–पाइन्टमा […]
काठमाडौं। नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ । पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ । जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ । संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो […]
काठमाडौँ । नेकपा एमाले–माओवादीसहितको नयाँ सत्ता गठबन्धनको बैठक संसद भवनमा जारी छ । केहीबेरअघि सुरु भएको बैठकमा दलहरुबीच मन्त्रालय बाँडफाँडका विषयमा छलफल भइरहेको जनाइएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा सहभागी नहुने भएकाले मन्त्रीको भागबण्डा सम्बन्धी बैठकमा सहभागी नभई निस्केको जनाएका छन् […]
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठ राष्ट्रिय सभा सदस्य हुन् । श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगिन बाँकी छ । बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले भने, ‘चार बजे शपथ छ, हाम्रो पार्टीका तर्फबाट […]
देवचुली । नेपालको लाइफलाइन मानिएको पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणघाट–बुटवल सडक खण्ड निर्माण केही दिनदेखि रोकिएको छ । करिब तीन महिनादेखि निर्माण कम्पनीले मजदूर र कामदारहरुलाई तलब नदिएको भनी मजदूरले रोड प्रोजेक्टमा धर्ना दिएका छन् । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले उक्त सडक खण्डको निर्माण ठेक्का पाएको हो । प्रस्तुत भिडियो र दृश्य कभर गर्दा […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । आज (आइतबार) साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्ड नेकपा एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति […]
काठमाडौँ । नेकपा एमालेलगायतका दलले नयाँ सत्ता समीकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले प्रचण्डलाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ । बैठकमा सहभागी माओवादी नेता वर्षमान […]
काठमाडाैं । नेकपा एमालेकाे समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना रहेकाे छ । एमाले अध्यक्ष केपी ओली निवास बालकाेटमा सम्पन्न दलहरूकाे बैठकले १६६ सांसदकाे समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेकाे समाचार बाहिरिएकाे छ ।
काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो । यसैगरी मन्त्रालयले भौतिक दूरी समेत कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता […]
बिर्तामोड । सहारा नेपालले २६ औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार प्रतिवेदन सार्वजनिक गर्ने क्रममा बोल्दै अध्यक्ष हरिबहादुर राजवंशीले आर्थिक कारोवार, सदस्य संख्या र सामाजिक उत्तरदायित्वका हिसावले संस्था देशकै ठुलो भएको बताएका छन् । उनले सदस्यहकै कारण संस्थाले फड्को मार्दै केहि वर्षयता संस्था निरन्तर मुलुकको ठुलो संस्थाको रुपमा स्थापित भएको बताए । […]