अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले न्याय सम्पादनमा नगरलाई उत्कृष्ट बनाउन आग्रह गरेका छन् । आम नागरिककै भूमिकाबाट न्याय सम्पादनमा नगरलाई उत्कृष्ट बनाउन सकिने उनले बताए । आइतबार तीन दिवसीय लेखनसीप सम्बन्धी कार्यशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गोम्देनले स–साना त्रुटिले धेरै नागरिकहरु अन्यायमा परेको जानकारी दिए । गाउँघरमा लिखतका क्रममा भएका […]
मेचीनगर । दूध उत्पादनमा सक्रिय साना किसान समक्ष नै पुग्नेगरी कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा अनुदान रकम वितरण गरेको छ । किसानले उत्पादन गर्ने दूधको परिमाणमा आधारित रहेर प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सो अनुदान वितरण गरेको हो । आइतबार मेचीनगर−१२ स्थित रितिका डेरी उद्योगमा एक […]
काठमाडौं । नेकपा (एमाले)ले आज सातै प्रदेशका आफ्नो पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्यहरूसँग भर्चुअल बैठक गरेको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सबै प्रदेशसभाका संसदीय दलका नेताहरूको प्रस्तुति सुनेर निर्देशन पनि गरेका छन् । आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकारहरूद्वारा प्रदेश सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटका विषयमा भर्चुअल बैठक […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा चालूआर्थिक वर्ष २०७९/०८० मा ३० किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरेको जनाइएको छ । भौतिक पूर्वाधारका क्षेत्रमा नगरपालिकाले उल्लेखनीय कामहरुमध्ये प्रदेश र संघीय सरकारबाट प्राप्त बजेटबाट यति धेरै सडक कालोपत्रे गरेको पाइएको हो । २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले भौतिक पूर्वाधारका क्षेत्रमा यस्तो उल्लेखनीय काम गरेका […]
ताप्लेजुङ । शनिबार रातिको भीषण बाढी र वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुममा जिल्लामा ठूलो जनधनको क्षति भएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण १ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका अनुसार शनिबार रातिको वर्षा, बाढी र पहिरोका कारण धेरै त्यस क्षेत्रका धेरै सडक […]
बिर्तामोड । बिर्तामोड नगरपालिका अन्तरगत सञ्चालित नगर अस्पतालमा बालरोग विशेषज्ञ सेवा थप गरिएको छ । असार १ गते शुक्रबारदेखि अस्पतालले बालरोग विशेषज्ञ सेवा सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म बालरोगका विशेषज्ञबाट सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. सुनिल अधिकारीले जानकारी […]
विराटनगर । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षति भएको छ । शनिबार राति आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् । शनिबार राति संखुवासभाको हेवा खोलामा […]
झापा । झापामा सञ्चालित सहकारी संघ–संस्थाका ब्यवस्थापक कर्मचारीहरुको नेतृत्वदायी संस्था कोअपरेटिभ्स म्यानेजर क्लब (सिएमसी)ले आज बिर्तामोडमा सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धी विज्ञ सम्मिलित कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी बैंकको प्रायोजनमा सो बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंको सहजीकरणमा सो कार्यशाला भएको हो । सहजकर्ता गुरागाईंले सहकारीमा देखिएका विद्यमान समस्याहरुलाई […]
अर्जुनधारा । झापाको अर्जुनधारामा तीन दिवसीय लेखनसीप सम्बन्धी कार्यशाला सुरु भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्कको सहजीकरणमा कार्याशाला सुरु भएको हो । अर्जुनधारास्थित पितृमोक्ष भवनमा आयोजित लेखनसीप कार्यशालामा नगर क्षेत्रका ४० जनाभन्दा बढीको सहभागिता रहेको छ । वडा कार्यालयहरुको सिफारिसमा सहभागीहरुलाई न्यायिक समिति सम्बन्धी लेखनसीप प्रदान गरिने अर्जुनधारा नगरपालिकाले जनाएको छ […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. २ ले सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाईमा चालु आ.व.को विकास आयोजनाहरुको प्रगति सार्वजनिक, वडाबासीका गुनासा र सहभागीहरुको सुझाब संकलन गरिएको हो । सार्वजनिक सुनुवाईमा वडाबासीहरुले शिवसताक्षी नगरपालिका वडा नं. २ मा अघिल्लो कार्यकालको भन्दा विकासका काममा केही प्रगति भएको बताएका छन् । उनीहरुले उपभोक्ता समिति र […]