Sajhamanch Archive

कनकाईमा फेला परेको शव कनकाई ४ का बाँस्तोलाको भएको पुष्टि

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on कनकाईमा फेला परेको शव कनकाई ४ का बाँस्तोलाको भएको पुष्टि.

शिवसताक्षी । झापा शिवसताक्षी १० ट्याक्रा स्थित कनकाई नदिको किनारमा फेला परेको शवको पहिचान खुलेको छ । फेला परेका व्यक्ति कनकाई –४ का पदमलाल बाँस्तोला रहेको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए । उनी इलुवाबारीमा आफन्तको घरमा बस्दै आएको बुझिएको छ । इलाम देउमाई नगरपालिका घर भई झापा सुरुङास्थित इलुवाबारीमा भाईको घर बस्दै आएका […]

शिवसताक्षी १० स्थित कनकाई नदिको किनारमा एक पुरुषको शव फेला

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज by . Leave a Comment on शिवसताक्षी १० स्थित कनकाई नदिको किनारमा एक पुरुषको शव फेला.

शिवसताक्षी । । झापाको कनकाई नदिको किनारमा एक पुरुषको शव फेला परेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० ट्क्रामा स्थित कनकाई नदिको किनारमा अन्दाजी ४५ वर्ष उमेरको शव फेला परेको झापा प्रहरीले जनाएको छ । उत्तानो परेको अवस्थामा शव फेला परेको छ, घटनास्थलमा खटिएका एक प्रहरीले भने – ‘हामीले घटनास्थल सुरक्षित गरेर राखेका छौं […]

शिवसताक्षी नगरपालिकामा न्युनतम रोजगार कार्यक्रम सुरु

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकामा न्युनतम रोजगार कार्यक्रम सुरु.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गरेको छ । नगरपालिकाले आ.व. २०७९÷८० का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गर्दै लाभग्राही श्रमिकहरुलाई दुई दिने अभिमुखीकरण तालिमको आज उद्घाटन गरेको हो । उद्घाटनका क्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले श्रमिकहरुले काम सँगै सीप सिक्ने पन अवसर पाउँने भएकाले सोको सदुयोग गर्नु पर्ने बताइन् । […]

चौथो पटक संसदीय दलको नेता बनेका देउवाको छैटौ पटक प्रधानमन्त्री बन्ने बाटो खुल्ला

Published: in मुख्य समाचार by . Leave a Comment on चौथो पटक संसदीय दलको नेता बनेका देउवाको छैटौ पटक प्रधानमन्त्री बन्ने बाटो खुल्ला.

काठमाण्डौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक पार्टीको संसदीय दलको नेता बनेका छन् । हाल पाँचौँ पटक प्रधानमन्त्री रहेका देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै अब छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । प्रतिनिधिसभामा ठूलो दलका रूपमा रहेको कांग्रेसका सभापति देउवा अब वर्तमान सत्ता गठबन्धनमा बहुमतको गणित पुर्‍याएर प्रधानमन्त्री बन्ने […]

ब्याजदरविरुद्ध  मोरङ सुनसरीका  उद्योगी व्यवसायी सडकमा

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on ब्याजदरविरुद्ध  मोरङ सुनसरीका  उद्योगी व्यवसायी सडकमा.

मोरङ्ग ।बैंकको चर्को ब्याजदरविरूद्ध विराटनगरका उद्योगी व्यवयासीले आन्दोलन घोषणा गरेका छन् । ब्याजदरका कारण उद्योग व्यावसाय बन्द हुने अवस्थामा पुगेको बताउँदै उद्योगी व्यावसायीले बिहीबारबाट आन्दोलन घोषणा गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जन बढी बस्तुगत विभिन्न संघसंस्थाको एकबद्धतामा बिहीबारदेखि यहाँका उद्योगी […]

‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रम शुभारम्भ

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रम शुभारम्भ.

चितवन । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ ।कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते चितवनको सौराहामा आयोजित समारोहका बीच उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । अध्यक्ष शर्माले उद्घाटन मन्तव्यमा कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्न लागेको बताए । समाजमा पिछडिएका तथा आर्थिक […]

देउवाविरुद्ध गगनले उम्मेदवारी दिने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on देउवाविरुद्ध गगनले उम्मेदवारी दिने.

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवा विरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो । सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो । सो छलफलमा […]

दमकका भूमिहीनलाई धनिपूर्जाको निस्सा वितरण

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on दमकका भूमिहीनलाई धनिपूर्जाको निस्सा वितरण.

दमक । दमक नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनिपूर्जाको निस्सा वितरण सुरु गरेको छ । भूमिहीनहरुलाई निस्सा वितरण गर्दै नगरप्रमुख रामकुमार थापाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचारसंहिताका कारण निस्सा वितरणमा केही ढिलाई भएको प्रष्ट पार्दै अब निरन्तर प्रक्रियामा लगेर चाँडै नै धनिपूर्जासमेत वितरण सम्पन्न गर्ने बताए । स्थानीय तहमा आफूहरु निर्वाचित […]

दमक अस्पतालमा एकीकृत उपचार कक्षको सुरुवात

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दमक अस्पतालमा एकीकृत उपचार कक्षको सुरुवात.

दमक । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले दमक अस्पतालमा उपेक्षित उष्णप्रदेशीय रोगहरुको एकीकृत उपचार कक्षको उद्घाटन गरेका छन् । फेयरमेडको सहयोगमा दमक अस्पतालमा स्थापना गरिएको एकीकृत उपचार कक्षको नगरप्रमुख थापाले उद्घाटन गरेका हुन् । पछिल्लो समय उपेक्षित उष्णप्रदेशीय रोगहरुका कारण बिरामाी बढ्न थालेपछि प्रभावकारी उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उपचार कक्षा सुरु गरिएको जनाइएको छ […]

मेचीनगरमा जंगली हात्ती नियन्त्रणका लागि पहल सुरु

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा जंगली हात्ती नियन्त्रणका लागि पहल सुरु.

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा जंगली हात्ती नियन्त्रणका लागि पहल सुरु भएको छ । लामो समयदेखि भारत तथा नेपालको अन्य क्षेत्रबाट आएका जंगली हात्तीको समस्या झेल्दै आएका मेचीनगरबासीको समस्यालाई मध्यनजर गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको समन्वयमा मेचीनगर क्षेत्रभित्र हात्ती नियन्त्रणका लागि ‘इलेक्ट्रो फेन्सीङ’ तारबार लगाउने कार्य अगाडि बढेको हो । पहिलो चरणमा नगरको १५ किमि फेन्सीङ […]