बिर्तामोड । राष्ट्रिय सहकारी महासंघले सार्वजनिक गरेको देशभरबाट छानिएका ३०० वटा सहकारीको सूचिमा झापाको हाम्रो नेपाल साकोस पनि परेको छ । देशभरका २८ हजार ५८६ सहकारी संस्थाहरु मध्येबाट झापाका ११ वटा संस्था सो सूचीमा परेको जनाइएको छ । आज अपरान्ह हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार […]
झापा । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सात वटै प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेश प्रमुखको कार्यालयमा अलग अलगरूपमा प्रतिवेदन बुझाएको […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको ३०औं वार्षिक साधारणसभा आजबाट सम्पन्न भएको छ । संस्थाले मंसिर १० गते प्रतिवेदन सार्वजनिक गरेर सुरुवात गरेको साधारणसभा प्रक्रिया अन्तरगत मंसिर १८ गतेदेखि ६ वटा एकाईका ५४ सेवा केन्द्रहरुमा उपएकाइगत साधारणसभा सम्पन्न गरी आज अन्तिम माइन्युट प्रमाणिकरण सभा गरेको हो । प्रदेश १ का भूमि व्यवस्था, […]
बिर्तामोड । सार्वजनिक सडकको क्षेत्रमा निर्माण गरिएका संरचनाहरु हटाएर खाली गर्न बिर्तामोड नगरपालिकाले सूचना प्रकाशन गरेको छ । पुष १ गते सूचना जारी गर्दै नगरपालिकाले वडा नम्बर ३ स्थित सैनिकमोड चोकदेखि पूर्व मेची आँखा अस्पतालसम्मको भागमा सडकको क्षेत्र खाली गर्न निर्देशन गरेको हो । नगरपालिकाले सडकको केन्द्रबाट १५ मिटर सडक र ६ मिटर सेटव्याकसहित दायाँबायाँ […]
हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयमा आज स्वर्ण महोत्सव समुद्घाटन गरिएको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको साताव्यापी महोत्सवको प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले समुद्घाटन गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार राईको अध्यक्षतामा आयोजित समारोहलाई सम्बोधन […]
काँकरभिट्टाबाट २०७९ मंसिर १७ गते शनिबार बराहक्षेत्र अवलोकन गर्न हिडियो । इटहरीबाट पश्चिम झुम्का बजारको कान्छी चोकबाट उत्तरतर्फ लागियो । र बराहक्षेत्र पुगियो । त्यहाँ घुम्ने क्रममा सुनसरीको चक्रघट्टी बजार, बाङ्गे बजार, नडहा, चतरामा रहेको बालसन्त आश्रम हेर्दै श्रीराम शान्तिकुञ्ज महिला सेवा आश्रम पुगियो । सुनसरी जिल्लाको बराह क्षेत्रमा रहेको प्राचीन हरिद्वार चतरा धामको व्यवस्थापक […]
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी गरेको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा साताव्यापी महोत्सव आयोजना गरिने आज आयोजित पत्रकार भेटघाटमा बताइएको हो । विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिनका अनुसार २०२९ साल पुस १ गते हल्दिबारी निम्न माध्यमिक विद्यालयका नाममा स्थापित […]
शिवसताक्षी । झापाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र सताक्षीधामको धार्मिक तथा पर्यटन विकास समितिमा तीन जनाको प्रतिश्पर्धा हुने भएको छ । झापाको शिवसताक्षी ११ मा रहेको पूर्वकै पौराणिक इतिहास बोकेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको नेतृत्वका लागि अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । जसमा तुला बोखिम, रुद्रमणी भट्टराई र प्रसाद सुब्बा रहेका छन् । […]
काठमाडौ । निर्वाचन आयोग नेपालले २०७९ मङ्सीर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेको हो । प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले नेपालको संविधान जारी भएपछि […]
शिवसताक्षी । शिवसताक्षीको दूधेमा महिलाहरुका लागि नेतृत्व तथा व्यक्तित्व विकास तालिम सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ को संयोजन सतासीधाम जेसीजको आयोजनामा महिलाहरुको क्षमता विकासका लागि दुई दिवशीय नेतृत्व तथा व्यक्तित्व विकास तालिमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले महिलाहरुले पनि आफ्नो क्षमता विकास […]