Sajhamanch Archive

शिक्षासेवी प्रसाईंकाे अमेरिकामा निधन

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on शिक्षासेवी प्रसाईंकाे अमेरिकामा निधन.

झापा । झापाकाे बिर्तामोडका शिक्षासेवी हरिकुमार प्रसाईंकाे आज बिहान अमेरिकामा निधन भएको छ। बिर्तामोड ५ स्थित न्यूटन्स एजुकेशन एकाडेमीका संस्थापक    प्रसाई क्यान्सरजस्ताे घातक राेग लागेर लामो समयदेखि अस्वस्थ थिए । उपचारकै क्रममा आज बिहान अमेरिकामा उनकाे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । प्रसाईले झापाकाे अर्जुनधारामा सञ्चालन भई हाल बन्द रहेकाे दीपज्योति विद्यामन्दिरकाे स्थापनामा […]

आदिवासी महिलाहरु अझै पनि लैंङ्गिक हिंसाबाट पीडित !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आदिवासी महिलाहरु अझै पनि लैंङ्गिक हिंसाबाट पीडित !.

बिर्तामोड । चेतनाको अभावमा आदिवासी महिलाहरु अझै पनि लैंङ्गिक हिंसाबाट पीडित हुनु परिरहेको आज शनिबार आयोजित एक कार्यशालाका सहभागीले बताएका छन् । बिर्तामोडमा संवाद समूह झापाले आयोजना गरेको आदिवासी महिलासँग लैंङ्गिक हिंसा तथा शान्ति निर्माण विषयक कार्यशालामा सहभागीले शिक्षा र चेतनाको कमीले आदिवासी समुदायमा लैंङ्गिक हिंसाका घटना अझै कायम रहेको बताएका हुन् । उनीहरुले समुदायगत […]

क्यान झापाको अध्यक्षमा घिमिरे, सर्वसम्मत नयाँ नेतृत्व चयन

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on क्यान झापाको अध्यक्षमा घिमिरे, सर्वसम्मत नयाँ नेतृत्व चयन.

झापा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, झापा शाखाको आज सम्पन्न जिल्ला अधिवेशनले कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । घिमिरे निवर्तमान कार्यसमितिमा सचिव थिए । बिर्तामोडमा आज आयोजित आठौं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो । क्यानको विधानले शाखाको पहिलो बैठकबाट पदाधिकारीहरु तोक्ने तथा सदस्यहरु […]

कर्णाली साकोसको सेयर बोनस ८+६ प्रतिशत, सदस्य सुविधामा २ करोड ६९ लाख खर्च

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोसको सेयर बोनस ८+६ प्रतिशत, सदस्य सुविधामा २ करोड ६९ लाख खर्च.

बिर्तामोड । तरलता अभावका कारण लक्ष्यअनुरुप निक्षेप तथा कर्जा प्रवाह गर्न नसकेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले ८ प्रतिशत सेयर बोनस र संरक्षित पूँजी फिर्ता कोषबाट कारोबारी सदस्यलाई थप ६ प्रतिशत लाभांश दिने भएको छ । कर्णाली साकोसले २२औं वार्षिक साधारण सभाको प्रतिवेदन सार्वजनिक गर्दै आज सो बारे जानकारी गराएको हो । प्रस्तुत […]

युवापंक्ति राजनीतिमा आएसँगै मुलुकले नेतृत्व परिवर्तन खोजेको कांग्रेस नेता शिवाकोटीको धारणा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on युवापंक्ति राजनीतिमा आएसँगै मुलुकले नेतृत्व परिवर्तन खोजेको कांग्रेस नेता शिवाकोटीको धारणा.

बिर्तामोड । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले संगठनमा केही विचलन देखिएकाले पुनर्संरचना जरुरी रहेको धारणा राखेका छन् । नेपाली कांग्रेस झापा जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न गाउँ–नगर सभापति एवं वडा सभापतिहरुसँगको निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै शिवाकोटीले यस्तो धारणा राखेका हुन् । निर्वाचनमा प्राप्त मत परिणाम र युवापंक्ति राजनीतिमा आएसँगै मुलुकले नेतृत्व परिवर्तन खोजेको […]

राजदुत पौडेलद्वारा मलेसियाका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस, राजा अब्दुल्लाहको सगरमाथा हेर्ने चाहना

Published: in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राजदुत पौडेलद्वारा मलेसियाका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस, राजा अब्दुल्लाहको सगरमाथा हेर्ने चाहना.

क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष बिहिबार आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । क्वालालम्पुरस्थित राजदरबारमा आयोजित विशेष समारोहमा राजा सुल्तान अब्दुल्लाह समक्ष राजदूत पौडेलले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । राजा सुल्तान अब्दुल्लाहले मलेसियाका लागि राजदूत नियुक्त भएकोमा पौडेललाई बधाई दिएका छन् । ओहोदाको प्रमाणपत्र […]

झापा २ का विजयी उम्मेदवारहरु मतदातालाई आभार प्रकट गर्दै फेरि वडावडामा पुग्दै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on झापा २ का विजयी उम्मेदवारहरु मतदातालाई आभार प्रकट गर्दै फेरि वडावडामा पुग्दै.

बिर्तामोड । झापा क्षेत्र नं. २ बाट विजयी उम्मेदवारहरु मतदातालाई धन्यवाद तथा आभार प्रकट गर्न वडा वडामा आयोजित सभाहरुमा पुगिरहेका छन् । मतदान पहिले आफ्ना एजेण्डा लिएर गाउँगाउँ पुगेका उम्मेदवारहरु निर्वाचनबाट मत परिणाम सार्वजनिक भए पछि फेरि विजयी प्रतिनिधि बनेर गाउँगाउँ पुगिरहेका हुन् । सोही क्रममा बिहीबार बिर्तामोड वडा नं. ४ ले नेकपा एमाले झापा […]

पूर्वाधार विकासका कामलाई अधुरो छाड्ने निर्माण कम्पनीलाई कडाईका साथ खबरदारी गर्ने सांसद साँवाको प्रतिबद्धता

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on पूर्वाधार विकासका कामलाई अधुरो छाड्ने निर्माण कम्पनीलाई कडाईका साथ खबरदारी गर्ने सांसद साँवाको प्रतिबद्धता.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाले आफ्नो क्षेत्रका अधुरा रहेका विकाश निर्माणको कामलाई पुरा गर्न पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । झापाको पर्यटकीय क्षेत्र दोमुखामा आज निर्वाचिन भएपछिको पहिलो पत्रकार भेटघाटका क्रममा उनले क्षेत्र नं. ४ मा विभिन्न कारणले रोकिएर रहेका विकास निर्माणका कामलाई पुरा गर्न निर्माण […]

झापाका कारागारमा पुग्यो एबीसी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापाका कारागारमा पुग्यो एबीसी.

भद्रपुर । एबीसी नेपालले आज जिल्ला कारागार भद्रपुरमा बन्दी जीवन बिताइरहेका महिला तथा बालबालिकालाई कपडा तथा पुस्तक प्रदान गरेको छ । हिंसा पीडित महिला हक अधिकारका क्षेत्रमा काम गर्दै आएको संस्थाले महिलाका लागि साडी, बालबालिकाका लागि न्यानो कपडा र जीवनोपयोगी पुस्तक प्रदान गरेको हो । एबीसी नेपालको संयोजनमा र भद्रपुर नगरपालिका, कानूनी परामर्स केन्द्र (ल्याक), […]

सांसद लिङ्देनद्वारा एकैदिन तीनवटा पूलको शिलान्यास

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on सांसद लिङ्देनद्वारा एकैदिन तीनवटा पूलको शिलान्यास.

हल्दीवारी । झापा क्षेत्र नं. ३ बाट नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले बुधबार एकैदिन तीनवटा पूलको शिलान्यास गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका लिङ्देनले हल्दीबारी गाउँपालिकामा निर्माण हुन लागेका ३ वटा पक्की पूलको शिलान्यास गरेका हुन् । लिङ्देनले शिलान्यास गरेका पूलहरुमा वडा नं. १ र ५ जोड्ने भुतेनी खोलामा ४२ दशमलव ७ मिटर […]