Sajhamanch Archive

झापा २ र ४ मा निर्वाचित उम्मेदवारहरुलाई विजयीको प्रमाणपत्र हस्तान्तरण

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापा २ र ४ मा निर्वाचित उम्मेदवारहरुलाई विजयीको प्रमाणपत्र हस्तान्तरण.

झापा । मंसीर ४ मा भएको मतदानको मत परिणाम आएसँगै निर्वाचन अधिकृतको कार्यालयहरुले विजयी उम्मेदवारहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका छन् । सोहीक्रममा झापा निर्वाचन क्षेत्र नं. २ र ४ मा शनिबार प्रमाणपत्र गरिएको हो । झापा निर्वाचन क्षेत्र नं. २ को कार्यालय रहेको अर्जुनधारा नगरपालिका कार्यालय र क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय […]

एनएमसीमा साधारणसभा सुरु, साढे ५ करोड शेयर बोनस बाँडिने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on एनएमसीमा साधारणसभा सुरु, साढे ५ करोड शेयर बोनस बाँडिने.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर धनीहरुलाई ५ करोड ६५ लाख २४ हजार ५९१ रुपैयाँ शेयर बोनस वितरण गर्ने भएको छ । संस्थाको ३०औं वार्षिक साधारणसभाको लागि तयार गरिएको वार्षिक प्रतिवेदन आज सार्वजनिक गर्दै उक्त जानकारी दिइएको हो । संस्थामा गत आव २०७८/०७९ को असार मसान्तमा १ लाख ३५ हजार शेयर सदस्य […]

काँग्रेस नेता सिटौला मतदाता शुभचिन्तकलाई धन्यवाद दिँदै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on काँग्रेस नेता सिटौला मतदाता शुभचिन्तकलाई धन्यवाद दिँदै.

कचनकवल । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा उपविजयी उम्मेदवार कृष्णप्रसाद सिटौलाले आफूलाई मतदान गर्ने मतदाताप्रति आभारसहित धन्यवाद प्रकट गरेका छन् । झापा क्षेत्र नम्बर ३ अन्र्तगत कचनकवनको बनियानीमा एक कार्यक्रम आयोजना गरी त्यहाँका मतदातालाई आभार प्रकट गर्दै धन्यवाद दिएका हुन् । सो क्रममा सम्बोधन गर्दै नेता सिटौलाले लोकतन्त्रको अभ्यासमा […]

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई कांग्रेसले धोका दिएकै हो !

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सत्तारुढ गठबन्धनका उम्मेदवारलाई कांग्रेसले धोका दिएकै हो !.

झापा । २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको चुनावमा झापामा निल भएको नेपाली कांग्रेसले यसपटक खाता खोलेको छ । २०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनावमा नेकपा (एमाले–माओवादी) र राप्रपाको गठबन्धनले झापा कव्जा गरेको थियो । झापा क्षेत्र नं. १ मा राम कार्की, २ मा पवित्रा खरेल, ३ मा राजेन्द्र लिङ्देन, ४ मा एलपी साँवा […]

सुजतालाई पराजित गर्दै मोरङ–२ मा एमालेका पोखरेल निर्वाचित

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सुजतालाई पराजित गर्दै मोरङ–२ मा एमालेका पोखरेल निर्वाचित.

बिराटनगर । मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालालाई पराजित गरेका हुन् । पोखरेल र कोइरालाको मतान्तर १२०८ छ । नेकपा (एमाले)का नेता पोखरेलले ३३ हजार १४८ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका कोइालाले ३१ हजार ९४० […]

आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु.

दमक । ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ देशैभर आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियान अन्तरगत दमक नगरपालिकासहित विभिन्न ३० वटा अधिकारवादी संघ–संस्थाहरुको सहकार्यमा दमकमा पनि कार्यक्रम सुरु भएको हो । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको अध्यक्षतामा भएको अभियान शुभारम्भ कार्यक्रमका वक्ताहरुले कुनै पनि प्रकारका […]

देव गुरुङले पृथ्वीलाई दिए बधाई, दुवै मिलेर वाम एकताको पहल गर्ने प्रस्ताव

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देव गुरुङले पृथ्वीलाई दिए बधाई, दुवै मिलेर वाम एकताको पहल गर्ने प्रस्ताव.

लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग वामपन्थी शक्ति एक हुनुको विकल्प नभएको बताएका छन् । उनले कांग्रेसजस्ता शक्तिले देशी विदेशीको इसारामा वाम शक्तिलाई कमजोर बनाउन खेल खेलेको संकेत पनि गरेका छन् । लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित एमाले उपमहाचिव गुरुङलाई प्रतिस्पर्धी माओवादी केन्द्रका गुरुङले बधाई दिँदै भने, ‘वाम एकताको पहल तपाईं […]

क्षेत्र नं. ४ का उम्मेदवारहरु कसले कति मत पाए ? विजयी साँवा भन्छन् : ‘५ वर्षमा नमूना क्षेत्र बनाउँछु’

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on क्षेत्र नं. ४ का उम्मेदवारहरु कसले कति मत पाए ? विजयी साँवा भन्छन् : ‘५ वर्षमा नमूना क्षेत्र बनाउँछु’.

कनकाई । झापा क्षेत्र नं. ४ लाई आगामी ५ वर्षमा नेपालको एक उत्कृष्ट र सबैले हेर्नलायक नमूना क्षेत्रको रुपमा विकास गर्ने प्रतिनिधि सभामा नवनिर्वाचित सदस्य लालप्रसाद (एलपी) साँवाले प्रतिवद्धता गरेका छन् । नेकपा एमाले प्रदेश १ कमिटीका सचिवालय सदस्यसमेत रहेका साँवाले निकटतम् प्रतिष्पर्धी सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका देउमान थेवेलाई ६ हजार ८६७ मतान्तरले पछि […]

झापा क्षेत्र नं. ४ (क) मा नेकपा एमालेका खनाल विजयी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, विविधा by . Leave a Comment on झापा क्षेत्र नं. ४ (क) मा नेकपा एमालेका खनाल विजयी.

शिवसताक्षी । झापा क्षेत्र नं ४ (क) मा नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनाल विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्दी गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेद्वार झलबहादुर मगरलाई १५७८ मतले हराउँदै खनाल विजयी भएका हुन् । खनालले १३९५१ मत प्राप्त गरेका छन् भने मगरले १२३७३ मत प्राप्त गरेका छन् । क्षेत्र नं. (क) मा ३३२५६ मत […]

एमाले अध्यक्ष ओलीको जगतगुरु बालसन्तद्वारा प्रशंसा, लिपुलेक र लिप्याधुराको व्याख्या शास्त्रीय हिसाबले पुष्टि गरेको दावी

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on एमाले अध्यक्ष ओलीको जगतगुरु बालसन्तद्वारा प्रशंसा, लिपुलेक र लिप्याधुराको व्याख्या शास्त्रीय हिसाबले पुष्टि गरेको दावी.

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आज नेकपा एमाले अध्यक्ष तथा झापा क्षेत्र नं. ५ बाट निर्वाचित केपी शर्मा ओली फरक किसिमले प्रस्तुत भएका छन् । अध्यक्ष ओलीले आफ्नो विजयी उत्सवका क्रममा झापा आउँदा सताक्षीधाममा गोलोक बोद्र्धन गौशालाले लगाएको पुराणको उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा अध्यक्ष ओली आफ्नो समय धार्मिक एकता […]