दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मत परिणामले मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको बताएका छन् । निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आशा गरिए पनि त्यसो हुन नसकेको उनको टिप्पणी छ । आज झापा क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित […]
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा निर्वाचन क्षेत्र नं. ३ बाट दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । नेकपा एमालेको सहयोगमा पहिलो पटक २०७४ सालमा निर्वाचित भएका लिङ्देन यसपटक पनि एमालेकै सहयोगमा काँग्रेस उम्मेदवार कृष्ण सिटौलालाई हराउँदै सांसद बनेका हुन् । एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट […]
भद्रपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र लिन र विजय उत्सवमा सहभागी हुन आज झापा आइपुगेका छन् । भद्रपुर विमानस्थल हुँदै अहिले दिउँसो ओली झापा आइपुगेका हुन् । उनलाई स्वागत गर्न झापाका नेताहरु विमानस्थल पुगेका थिए । झापा क्षेत्र नं. ५ को निर्वाचन […]
शिवसताक्षी । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेद्वार लालप्रसाद साँवा लिम्बु विजयी भएका छन् । गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेद्वार देउमान थेवेलाई ६८६७ फराकिलो मत अन्तरले पछि पार्दै साँवा विजयी भएका हुन् । साँवाले २९३१५ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देउमान थेवेले २२४४८ मत प्राप्त गरेका छन् । […]
दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतान्तरसहित विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम मत परिणाम अनुसार अध्यक्ष ओलीले ५२ हजार ३१५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी गठबन्धन दलका उम्मेदवार खगेन्द्र अधिकारीले २३ […]
बिर्तामोड । झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार देवराज घमिरिे निर्वाचित भएका छन् । आज साँझ सम्पन्न मतगणनाको परिणाम अनुसार २८ हजार ५९६ मत प्राप्त गरी घिमिरे विजयी भएका हुन् । घिमिरेले निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २२५६ मतको अन्तरले पराजित गरेका हुन् । स्वतन्त्र उम्मेदवार नेपालले २६ […]
झापा । मंसीर ४ गते सम्पन्न निर्वाचनको मतगणना जारी छ । मतदान भएको चार दिन अपरान्ह ५ बजेसम्म प्रतिनिधिसभाका १६५ मध्ये ३३ जना उम्मेदवारहरुले विजय हासिल गरेका छन् । जसअनुसार नेपाली कांग्रेसबाट १४ जना, नेकपा एमालेका ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना, माओवादी केन्द्रका ३ जना उम्मेदवारहरु निर्वाचित भएका छन् । यस्तै, नागरिक उन्मुक्ति […]
अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका तिलचन पाठक (चिन्तन) भारी मतान्तरले विजयी भएका छन् । नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत रहेका पाठकले २० हजार १८४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिष्पर्धी सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत प्राप्त गरे । नेपाली कांग्रेसका […]
झापा । प्रतिनिधिसभा सदस्य पदमा ताप्लेजुङ जिल्लाबाट नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई विजयी भएका छन् । प्रतिनिधिसभाका लागि ताप्लेजुङ जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र छ । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतले पराजित गर्दै भट्टराईले दोस्रो कार्यकालका लागि सांसद निर्वाचित भएका हुन् । भट्टराईले २१ हजार ९४३ मत प्राप्त गर्दा क्षेत्रीले २१ […]
झापा । मंसीर ४ मा भएको निर्वाचनको मतगणना चलिरहँदा झापा निर्वाचन क्षेत्र नं. ५ को हालसम्मको मत परिणाम भर्खरै सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त आधिकारिक तथ्याङ्कअनुसार प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार केपी शर्मा ओलीले सूर्य चिह्नमा ४४ हजार ८०५ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले रुख […]