काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिंदै गर्दा काठमाडौं उपत्यकाका नाकाहरुमा गाउँ फर्किनेहरुको चहलपहल बढेको छ । अघिल्ला दिनको तुलनामा काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या केही बढेको देखिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा गाउँ फर्किने यात्रुहरुको चहलपहल अघिल्ला दिनको तुलनामा बढी देखिएको ट्राफिक प्रहरीको विश्लेषण छ […]
मलेसिया । मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरु कार्यरत रहेको शहरमै दुतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदुत डिल्लीराज पौडेलले जानकारी दिएका हुन् । बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदुत पौडेलले अस्थायी घुम्ती […]
मेचीनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन राष्ट्रियता चाहने कि देशघाती, विकास चाहने कि विनास अनि स्थिरता कि अस्थिरता चाहनेका बीच हुने बताएका छन् । यस अघिका निर्वाचनभन्दा ४ मंसिरको निर्वाचन निक्कै महत्वपूर्ण भएकाले जनताले राष्ट्रियता, विकास र स्थिरता चाहने नेकपा एमालेका सबै उम्मेदवारलाई विजयी गराउनु […]
शिवसताक्षी । झापा निर्वाचन क्षेत्र नं. ४ का विविध समस्याहरुको समाधानका लागि एलपी साँवा लिम्बु दोस्रो पटक प्रतिनिधिसभा सदस्यका रुपमा रही जीतका लागि दौडिएका छन् । अघिल्लो निर्वाचनमा निर्वाचित भएर आफुले थालनी गरेका कामहरु कोरोना र सरकारले पाँच वर्ष काम गर्न नपाएका कारण पुरा नभएका योजनाहरु पुरा गर्न मतदाताका माझमा फेरी परीक्षाको घडिमा रहेका छन् […]
काठमाडौ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट मौन अवधि सुरु हुँदैछ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि निर्वाचको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई मौन अवधि भनिन्थ्यो । यसपटक भने आयोगले यो अवधिलाई स्थिर समय भनेको छ । यो अवधि […]
मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमाले नेतृत्वको सरकार बन्ने दाबी गरेका छन् । आज मोरङको विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको आयु मंसिर ४ सम्म रहेको जिकिर गरे । चुनावपछि गठबन्धनको काम सकिने भन्दै उनले भने, ‘गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि फुट्छ । चुनावपछि […]
झापा । एउटा यस्तो ठाउँ, जहाँ पहिला कोही मान्छे पनि जाँदैनथे । दिउँसै अँध्यारो हुने त्यो स्थान अहिले मानिसहरूको आकर्षणको केन्द्र बनेको छ । त्यो स्थान हो, झापाको अर्जुनधारा नगरपालिका ९ मा रहेको सालबारी झिल । सुखानी शहीद स्मृति उद्यान (सालबारी झिल)मा साँझपख पुग्दा अति मनमोहक दृश्य देख्न पाइन्छ । म्युजिकल कलर फाउन्टेन जडान गरिएपछि […]
मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदका मुख्य प्रतिष्पर्धी उम्मेदवारहरुले मतदाता फकाउन अनेकन गुलिया मन्तब्यहरु पस्किइरहेका छन् । वर्षौंदेखि भारतीय भूमिबाट नेपाल पसेर दुःख दिइरहने जंगली हात्तीको समस्या समाधानका लागि क्षेत्र नम्बर १ का जनतालाई उनीहरुले गुलिया आश्वासन बाँडिरहेको पाइन्छ । नेपाली कांग्रेसका महामन्त्री तथा कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार विश्वप्रकाश […]
मेचीनगर । झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले सरकारको तलव भत्ता खाइरहेका व्यक्तिले निर्वाचन आचारसंहिता उल्लघंन गरेको पाइए कारवाही हुने बताएका छन् । मुख्य निर्वाचन अधिकृत ज्ञवालीले राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, झापा अध्यक्ष तिलक पाण्डे र शिक्षक तेजप्रसाद चौलागाईले निर्वाचन आचारसंहिता उल्लघंन गरी मत प्रभावित गर्न खोजेको पुष्टि भए कारवाही हुने बताएका […]
बिर्तामोड । झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले एक करोड रुपैयाँको लक्ष्यसहित स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ६४ लाख रुपैयाँ जम्मा भएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा घाइते भएको अवस्थामा उपचार खर्चसमेत उपलब्ध गराउन थालिएको महासंघ झापाले जनाएको छ । सहारा नेपाल साकोससहित विभिन्न सहकारी संस्था, विद्यालय, सामाजिक […]