झापा । जिल्ला निर्वाचन कार्यालय झापाले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया गर्दै निर्वाचनका लागि आवश्यक तयारी चरणवद्धरुपमा गरिरहेको जनाएको छ । आज बिहीबार भद्रपुरमा आयोजित निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले मतदान केन्द्रहरुमा आवश्यक पर्ने निर्वाचन सामग्री ९५ प्रतिशत प्राप्त भइसकेको र […]
भद्रपुर । झापा निर्वाचन क्षेत्र नं. ३ (१) मा प्रदेशसभा सदस्य पदलाई जनअनुमोदन गर्दै निरन्तर विरासत कायम राख्ने दाउमा नेकपा एमालेका बसन्तकुमार बानियाँ अग्रसर छन् । नयाँ अनुहारका रूपमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भूमिप्रसाद राजवंशी चाहिँ जीतको झण्डा गाडेर दक्षिणी झापाको मुहार फेर्ने मनोकांक्षाका साथ मत मागिरहेका छन् । विद्यार्थी जीवनमा अनेरास्ववियुका विभिन्न जिम्मेवारी सम्हालेदेखि […]
कनकाई । झापा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बूले कर्मचारीलाई तलब खुवाउन नसक्ने गठबन्धन सरकारसँग जोडिएका उम्मेदवारले देश बनाउनै नसक्ने ठोकुवा गरेका छन् । निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका एमाले नेता साँवाले चुनावी घरदैलो अभियानका क्रममा कनकाई वडा नं. ७ स्थित दुर्गापुर बजारमा भएको कोणसभालाई सम्बोधन […]
झापा । माओवादी पार्टीको खासै जनमत नभएर नेपाली कांग्रेसको मतले निर्वाचन जित्ने भर परेका झापा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकुमार रानाले सोचेजस्तो सहयोग नपाउने अवस्था रहेको प्रतिदिनमा खबर छ । सत्तारुढ गठबन्धनको प्रमुख घटक कांग्रेसभित्रको अन्तरविरोधसँगै कांग्रेसले टिकट नपाउँदाको असन्तुष्टिका कारण माओवादीका उम्मेदवार रानाले अपेक्षा गरेको सहयोग नपाउने भएका हुन् । चुनावी […]
समृद्ध नेपाल, सुखी नेपाली ll सुशासन, विकास, समृद्धि र समानता ll पाँच वर्ष : एमालेले गर्छ ! प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९, नेपाल कम्युनिस्ट पार्टी (एमाले) को घोषणा पत्र खण्ड- क अध्यक्षको अपिल आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ! आगामी २०७९ मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका अवसरमा नेकपा (एमाले) यहाँहरूलाई हार्दिक अभिवादन […]
कम्युनिस्ट किल्लाको रुपमा परिचित झापा–१ मा यसपटक राष्ट्रिय राजनीतिका प्रभावशाली राजनीतिज्ञ, संविधान र दर्जनौं कानूनका मस्यौदाकार, शालीन, बौद्धिक, विकासप्रेमी एवम् लोकप्रिय व्यक्तित्व नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल प्रतिनिधिसभाको साझा उम्मेद्वार हुनुहुन्छ । चुनावी सेरोफेरोमा उहाँसँग पत्रकार अम्बिका भण्डारीले लिएको अन्तरवार्ता प्रस्तुत छ– मतदातासँग कस्तो प्रतिवद्धता लिएर जाँदै हुनुहन्छ ? स्थानीय आवश्यकता र समस्यामा […]
अर्जुनधारा । बसोबासमा देखिएका समस्या, गरिबी उन्मुलन तथा भूमि सम्बन्धी समस्याको समाधानमा आफ्नो पार्टी सदैब लाग्ने नेकपा एमाले स्थायी कमिटीका सदस्य देवराज घिमिरेले बताएका छन् । झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार घिमिरेले आज अर्जुनधारा नगरपालिका वडा नं. १० मा आयोजित चुनावी घरदैलो कार्यक्रममा उक्त धारणा राखेका हुन् । पछिल्लो […]
शिवसताक्षी ।नेकपा एमाले झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभाका उम्मेद्वार एलपी साँवा लिम्बुले एमाले मात्रै देश विकास गर्ने इच्छा शक्ति भएको पार्टी रहेको बताएका छन् । चुनावी घर दैलोका क्रममा उनले एमालेको सरकारले छोटो समयमा देशका प्रमुख कामहरु गरेको बताए । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला धरहरा, रानी पोखरी, गौतबुद्ध विमान […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी दोहोर्याएका छन् । आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज काठमाडौंमा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले उक्त दावी गरेका हुन् । अध्यक्ष ओलीले अहिले १५० सिट जित्ने गरी एमाले चुनावी अभियानमा होमिएको बताए । उनले भने, ‘बहुमत […]
बिर्तामोड । यहाँस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्थाको सतासी डिपार्टमेन्ट स्टोरले ग्राहक आकर्षण गर्न दशैं तिहारमा वितरण गरेको कुपनको आज लक्की ड्र गरी विजेता छानिएको छ । नेपालीहरुको भर्खरै सकिएको महत्वपूर्ण चाडपर्वहरु दशैं, तिहार, छैठ तथा नेपाल सम्वतको अवसरमा सो डिपार्टमेन्टमा दुई हजार रुपैयाँको सामान खरिद गर्ने ग्राहकलाई एउटाका दरले कुपन वितरण गरेको थियो । उक्त […]