Sajhamanch Archive

झापा २ को सत्तारुढ गठबन्धन चुनावी बैठकमा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on झापा २ को सत्तारुढ गठबन्धन चुनावी बैठकमा.

बिर्तामोड । नेपाली कांग्रेस प्रदेश नं. १ का सभापति उद्वव थापाले नेपालको इतिहासमा राजनीतिक परिवर्तनका लागि विभिन्न चरणमा गठबन्धनको अभ्यास भएको स्मरण गराएका छन् । ब्यवस्था परिवर्तनका लागि भएका आन्दोलनहरुमा गठबन्धन दलको सहकार्यबाट नै राजनीतिक परिवर्तन सम्भव भएको बताउँदै सभापति थापाले अहिलेको गठबन्धन पनि चुनाव केन्द्रित मात्रै नभएको जिकिर गरेका हुन् । लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त […]

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न, प्रदेश १ र मधेश प्रदेशमा आज सार्वजनिक बिदा

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न, प्रदेश १ र मधेश प्रदेशमा आज सार्वजनिक बिदा.

झापा । बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यो वर्षको छठपर्व विधिवत रुपमा सकिएको छ । जलासय किनारमा पूजा सामग्रीसहित ब्रतालुले आदिदेव सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो । हिजो आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । चार दिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको आज अन्तिम दिनलाई ‘पारन’ भन्ने गरिन्छ । सन्तान एवं पारिवारिक […]

गुजरातको मोरबी पूल चुडिंदा १३७ जनाको मृत्यु, १०० जना घाइते, ५० जना बेपत्ता

Published: in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, विश्व समाचार, समाज by . Leave a Comment on गुजरातको मोरबी पूल चुडिंदा १३७ जनाको मृत्यु, १०० जना घाइते, ५० जना बेपत्ता.

नयाँदिल्ली। गुजरातमा पुल चुडिंदा १३७ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पूल चुडिएको हो । घटनामा १३७ जनाको मृत्यु भएको र १०० जना घाइते भएको सञ्चार माध्यमहरुमा खबर छ । समाचार अनुसार अझै ५० जना जति सम्पर्कमा छैनन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् […]

छठपूजा : अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on छठपूजा : अस्ताउँदो सूर्यलाई अर्घ दिइयो.

झापा । झापाका विभिन्न नदी तथा खोलाको किनारमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा गरिएको छ । प्रदेश १ मा नै सर्वाधिक जनसहभागिता रहने छठपूजा स्थलको पहिचान बनाएको भद्रपुरस्थित मेची नदी, दोस्रो ठूलो घाटस्थल बिरिङ, मेची, निन्दा, कनकाई, कमल, अन्धुवा लगायत खोला र नदीमा भव्यरूपमा छठपूजा गरिएको हो । छठपूजा तराइबासीको महत्वपूर्ण पर्व मानिए […]

‘नेताहरू विकाउ धन्दामा लाग्दा देशको अवस्थामा सोचेजस्तो परिवर्तन ल्याउन सकिएन’ : ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘नेताहरू विकाउ धन्दामा लाग्दा देशको अवस्थामा सोचेजस्तो परिवर्तन ल्याउन सकिएन’ : ओली.

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिको नेतृत्व गर्ने नेता नै बिकाउ भएका कारण विकास सोचे अनुरुप अघि बढ्न नसकेको आरोप लगाएका छन् । देश गरिव भए पनि नेता बिकाउ धन्दामा नलागेको भए चाँडै विकास योजनाले गति लिने थियो तर नेताहरु देश बनाउनेभन्दा आफू बन्ने सोचले बिकाउ धन्दामा लागेका कारण मुलुकले दुःख पाएको […]

२,३६,८०,५०० मतपत्र छपाइ, ८ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न, ५१ वटामा जारी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on २,३६,८०,५०० मतपत्र छपाइ, ८ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न, ५१ वटामा जारी.

काठमाडौं । निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ । आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० गरी कूल २ करोड ३६ लाख […]

भद्रपुरमा भव्य छठपूजा स्थल, तयारी पूरा

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा भव्य छठपूजा स्थल, तयारी पूरा.

भद्रपुर । प्रदेश १ कै सर्वाधिक ब्रतालु तथा अवलोकनकर्ता भेला हुने नेपाल–भारतको सीमानाकासँग जोडिएको भद्रपुरस्थित मेची नदी किनारमा छठ पूजाको तयारी पूरा भएको छ । आज आइतबार बेलुका अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै मनाइने मिथिलाञ्चलबासीको मुख्य चाड छठपर्वका लागि भद्रपुर ५ स्थित मेची नदी किनारमा तयारी पूरा भएको हो । धार्मिक, साँस्कृतिक […]

राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीको उम्मेदवारी अयोग्य

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीको उम्मेदवारी अयोग्य.

काठमाडौं । निर्वाचन आयोगले ललितपुर निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारीलाई अयोग्य कायम गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले आज साँझ विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को देहाय (ङ) […]

माओवादी केन्द्र शिवसताक्षी नगर उपाध्यक्ष सहित ४० जनाको सामुहिक राजीनामा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on माओवादी केन्द्र शिवसताक्षी नगर उपाध्यक्ष सहित ४० जनाको सामुहिक राजीनामा.

शिवसताक्षी । आउदो मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा माओवादी केन्द्र शिवसताक्षी नगर उपाध्यक्षसहितको टोलीले पार्टीबाट राजिनामा दिएका छन् । पार्टीमा फरक मत राख्दै आएको नगर उपाध्यक्ष प्रेमयाम्फु राई, वाइसीयल नगर अध्यक्ष इन्द्र न्यौपाने, वडाध्यक्ष नेत्र नेम्वाङ्ग, नगर वाइसीयल उपाध्यक्ष गोपाल नेयोङ (जिएन), वाइसीयल नगर उपाध्यक्ष संजिव राईसहित ४० जनाले […]

‘नेपाली जनतालाई मेची–महाकाली रेल चढाएरै छाड्नेछु’ : पूर्वप्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘नेपाली जनतालाई मेची–महाकाली रेल चढाएरै छाड्नेछु’ : पूर्वप्रधानमन्त्री ओली.

दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम रेलमार्ग निर्माण सम्पन्न गरी नेपाली जनतालाई रेल चढाएरै छाड्ने प्रतिवद्धता गरेका छन् । झापा निर्वाचन क्षेत्र नं ५ प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओलीले आफू प्रधानमन्त्री भएका बेला रेलमार्ग बनाउनका लागि पूर्व पश्चिम क्षेत्रमै सर्भे सम्पन्न गरी मुआब्जा दिएर काम सुरु गर्ने बेलामा सत्ताबाट […]