धरान । खानेपानीको चरम अभाव भोगिरहको धरानमा मेयर हर्क साम्पाङले श्रमदान अभियान चलाएर करिब ४२ किलोमिटर दुरीबाट कोकाहा खोलाको पानी ल्याउन सफल भएका छन्। श्रमदान अभियान शुरु गरेको ९८ औं दिनमा गएको मध्यराती कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको हो। राजनीतिक दल, दलका नेताहरु एवं मेयर साम्पाङका आलोचकहरुले निरन्तर आलोचना […]
झापा । सहकारी अभियानलाई फरक ढंगबाट पनि संरक्षण गर्न सकिन्छ भन्ने ध्येय लिएर काम सुरु गरेको कोअपरेटिभ एलाइन्स अफ झापामा आवद्ध सहकारीहरुले आफ्नो संस्थालाई गुणस्तरीय र मापदण्डयुक्त बनाउने प्रतिवद्धता जनाएका छन् । हालै दमकमा सम्पन्न एलाइन्सको बैठकमा सहभागी २५ भन्दा बढी प्रारम्भिक सहकारी संस्थाका सञ्चालक, कर्मचारी र प्रतिनिधिहरुले सो प्रयोजनका लागि खराब ऋणीहरुको विवरण एकापसमा […]
वडा नं. ५ को वडाध्यक्ष विजयी हुनुभएको एक वर्ष बित्यो । वडाको विकासका लागि कस्ता कार्यक्रम ल्याउनु भएको छ ? विशेषगरी हामीले भौतिक पूर्वाधारलाई मात्र विकास भनिरहेका छैनौं । अभौतिक र व्यक्तित्व विकास पनि यसै अन्तरगत राखेका छौं । हामीले वडाको बजेटमा विभिन्न सीपमूलक कार्यक्रहरु सञ्चालन गरिरहेका छौं । वडाबासी युवा, महिला, दलित, आदिबासी, जनजाति […]
झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आइतबार जिल्लाको महाभारा र ढ्याङ्ग्रीका दुईवटा विद्यालय एवम् विद्यार्थीहरुलाई पंखा, छात्तवृत्ति रकम तथा स्कूल ब्याग प्रदान गरेको छ । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको साझेदारीमा कर्णाली साकोसले गौरीगञ्ज र कमल गाउँपालिकाका दुईवटा विद्यालयमा उक्त सहयोग गरेको हो । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले कोशी प्रदेशका मोरङ […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को एनएमसी चिया ब्यवसायले सिटिसी चिया बजारमा ल्याएको छ । आफ्नै ब्राण्डमा प्याकेजिङ उद्योग सञ्चालन गरी संस्थाले ५०० ग्राम र २०० ग्रामको उपभोक्ता पाउच तथा ६ केजीको ब्यवसायिक झोला बजारमा ल्याएको हो । आज आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी एनएमसी चिया उद्योगले एनएमसी टी ब्राण्डमा चियाको प्याकेट बजारमा […]
झापा । नेपाल पत्रकार महासंघ झापा कार्यसमितिका सदस्य अच्युतराज सुवेदीले सदस्यता शुद्धिकरणका नाममा कार्यदल पूर्वाग्रही बनेको पाइएको जनाउँदै शनिबारको बैठकले गरेको उक्त निर्णयमा असहमति प्रकट गरेको जनाएका छन् । आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै शाखा कार्य समितिका सदस्य सुवेदीले महासंघको केन्द्रीय कार्यसमितिको सदस्यता शुद्धिकरण मापदण्ड २०७९ लाई लत्याउँदै आफूखुसी नियम बनाएर झापा शाखाको कार्यदलले […]
उदयपुर । प्रदेश १ को नाममाकरण पहिचान विरोधी राखिएको विरोधमा सांस्कृतिक विद्रोह गर्दै सुरु भएको किराँती समुदायको यस वर्षको साकेला उभौली (धिरीनामा ५०८३) विधिबत रुपमा समापन हुदैछ। वैशाख पूर्णिमाको दिन औपचारिक सुरु भएको उभौली १ महिनासम्म मनाएर समापन गर्ने गरिन्छ। यस वर्षको उभौली सुरुदेखि अन्त्यसम्म प्रदेश नामांकन खारेज गरी पुनः नामाकरण गर्न माग गर्दै आन्दोलनको […]
झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक खेलका कारण साँच्चैका खेलहरू ओझेलमा परेको बताएका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमी झापाद्वारा बिर्तामोडमा आयोजित प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिता २०८० उद्घाटन गर्दै सभामुख घिमिरेले विगतमा प्रतिकूल परिस्थितिमा पनि खेल क्षेत्रलाई उचाइमा पुर्याउने खेलाडीहरूको उच्च सम्मान हुन नसकेको बताए। उनले भने, ‘हिजोको प्रतिकूल परिस्थितिमा भूमिगत भएर […]
झापा । नेकपा एमालेको जनसंगठन अनेरास्ववियु झापाको २१औं जिल्ला अधिवेशनको तयारी पूरा भएको संगठनले जनाएको छ । शनिबार अपरान्ह जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी यही जेठ २९ गते बिर्तामोडमा हुने अनेरास्ववियूको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो । बिर्तामोडको सिटी सेन्टरमा अधिवेशन स्थल निर्धारण गरिएको, प्रमुख अतिथिका रुपमा संगठनका केन्द्रीय अध्यक्ष […]
इलाम । यु -२० राष्ट्रिय रग्वी सेभेन्सको उपाधि कर्णाली रग्वी क्लब र हेटौडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका -४ शुक्रबारे खेल मैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णालीले १५-५ अन्तरले कटारी रग्वी क्लब र महिलातर्फ हेटौडाले १४-५ ले हिमालयन टाइगर रग्वी क्लबलाई हराउँदै उपाधि जितेको हो । विजेता दुवै टोलीले ५० हजारसहित ट्रफी, मेडल र […]