बिर्तामोड । रामजानकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणीकरण सभा आज बिर्तामोडमा सम्पन्न भएको छ । संस्थाको कार्यक्षेत्र भित्रका सेवा केन्द्रहरुमा असोज ११ गते इकाई साधारणसभा सम्पन्न गरी चुनिएर आएका प्रतिनिधिहरुको सहभागितामा आज अन्तिम माइन्युट प्रमाणीकरण सभा गरिएको हो । रामजानकी साकोसका अध्यक्ष दलबहादुर कार्कीको अध्यक्षता तथा झापा […]
बिर्तामोड । पर्यटन प्रवर्धन अभियानमा गरेको योगदानको कदर गर्दै प्रदेश सरकारले झापाको बिर्तामोडस्थित होटल हिकोला हेरिटेजका सञ्चालक एवम् हिमालयन टुर एण्ड ट्राभल्स (अनुपमा)का प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर प्रदेश १ सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले विराटनगरमा आयोजित समारोहका बीच व्यवसायिक क्षेत्रका अगुवा श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको हो […]
मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको हिजोदेखि सुरु भएको १२औं वार्षिक साधारणसभा अन्तरगत दोस्रो इकाइगत सभा आज धुलाबारीमा सम्पन्न गरिएको छ । इकाइगत साधारणसभाको उद्घाटन मेचीनगर नगरपालिका वडा नं. १० का वडाध्यक्ष नारायणप्रसाद खनालले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष खनालले संस्थाको सेयर वृद्धि र सदस्य संख्या वृद्धिको अनुपात राम्रो लागेको बताउँदै […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका बजार अनुगमन गर्न सुरु गरेको छ । आज बुधबार नगरको शिवगञ्ज र जनता बजारमा छड्के अनुगमन गरेको हो । अनुगमनको क्रममा शिवगञ्ज अधिकांश किराना, मासु पसल तथा होटलहरुमा मूल्य सूची नराखिएको पाइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ। शिवगञ्ज बजारको एक होटलमा बेकरी खाद्य सामग्री सडेको अवस्थामा भेटिएको शिवसताक्षी नगरका राजश्व […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची तयार गर्दा एकलौटी रूपमा तयार पारेको भन्दै असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ। समानुपातिक बन्द सूची सच्याउनुपर्ने, पार्टीमा न्यायोचित पूर्ण रुपमा टिकट वितरण गर्नुपर्ने लगायतको माग राख्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले पार्टी कार्यालयमा धर्ना दिएको हो […]
मलेसिया । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् । गैरआवाशीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ–संस्थाहरुले आयोजना गरेको स्वागत कार्यक्रममा राजदुत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्वन्धित समस्यालाई तत्काल समाधान गर्न २४सै घण्टा […]
भद्रपुर । झापाको अग्रणी सहकारी संस्थाहरु मध्येको एक बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १२औं वार्षिक साधारणसभाको इकाइगत सभा मंगलबारदेखि शुरु गरेको छ । संस्थाले जिल्ला सदरमुकाम भद्रपुरबाट १२औं साधारणसभा शुरु गरेको हो । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीले गरेकी थिइन् । […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको १०औं साधारण सभा सोमबार सम्पन्न भएको छ । संस्थाले साधारण सभाको अवसरमा विभिन्न विधामा ३७ जनालाई सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईं, विशेष अतिथि बिर्तामोडका सहकारी अधिकृत डिल्ली दाहाल, संस्थाका अध्यक्ष सुब्रत न्यौपाने लगायतले सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरुलाई नगदसहित सम्मान–पत्र, […]
बेलबारी । इलाका प्रहरी कार्यालय बेलबारीको नवनिर्मित कार्यालय भवनको आज उद्घाटन गरिएको छ । मङ्गलबार एक कार्यक्रमका बीच प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले भवनको उद्घाटन गरिदिएका हुन् । भवन उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित […]
झापा । नेकपा एमालेको कान्छो भगिनी संस्था रिटर्नी फेडरेशन नेपालले झापाका ५ वटै निर्वाचन क्षेत्रमा काम गर्ने गरी आज चुनाव परिचालन कमिटी घोषणा गरेको छ । विश्वका अनेकन मुलुकमा गएर श्रम र पसिना खर्चेर हाल स्वदेशमा आई सीप एवम् पुँजी परिचालन गरिरहेका नेकपा एमालेसँग आस्था राख्ने कर्मशीलहरुको संगठन नै रिटर्नी फेडरेशन हो । बिर्तामोडमा आज […]