महोत्तरी । जन्मसिद्ध नागरिकका सन्तानलाई महोत्तरीमा आजैबाट नागरिकता वितरण सुरु भएको छ। सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार निरन्तरता नदिने आदेश दिएपछि शुक्रबारदेखि नागरिकता वितरण सुरु गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिए । उनका अनुसार नागकिरता वितरणका लागि वडा कार्यालयलाई सिफारिस गरिदिन जिल्ला […]
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्गा गाउँपालिका वडा नं ६ मेहेलेको भालुखोपमा गएको पहिरोमा परी बेपत्ता एकाघरका तीन सदस्यको खोजीका लागि शुक्रवार बिहानबाट पहिरो पन्छाउन थालिएको छ। उनीहरुको घर रहेको सम्भावित स्थललाई केन्द्रमा राखी त्यहाँको पहिरो पन्छाएर खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरी बल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका सशस्त्र डिएसपी बिनोद थापाले जानकारी दिए। नेपाली सेना,नेपाल […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् । उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । अनशन स्थगितबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलन गर्न लागेका छन् । चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने त्यसको विरोधमा […]
कनकाई । हेमकला-टिकाराम निरौला रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार तीर्थराज खरेललाई प्रदान गरिएको छ । रोटरी क्लव अफ सुरुङ्गाले रोटरी स्थापना दिवसको अवसरमा पत्रकार खरेललाई पुरस्कृत गएरेको हो । कनकाई खबर साप्ताहिक एवं कनकाई खबर डटकमका सम्पादक तथा प्रकाशक राम निरौलाको परिवारले उक्त पुरस्कार स्थापना गरेको हो । पुरस्कारको राशी नगद १५ हजार रुपैयाँ र […]
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई मेचीनगर क्षेत्रमा रहेको जग्गा तत्काल उपलब्ध गराउन पुनः ताकेता गरेका छन् । सम्झौता भए अनुसारको बिक्री गर्नुपर्ने जग्गा बिक्री र सार्वजनिक प्रयोजनका जग्गाहरु निःशुल्क रुपमा तत्काल उपलब्ध गराउन असार ४ गतेको मितिमा राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई नगरप्रमुख बुढाथोकीले पत्रचार गरेका हुन् । लामो समयदेखि […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । हिजो हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो । काठमाडौं महानगरपालिकाका नगरप्रमुख राजु पाण्डेले भने, ‘नेपाली जनताले बहिष्कार गरेपछि हामी हलमा फिल्म बन्द गर्न बस्नै परेन, त्यही भएर […]
कनकाई । झापा गाउँपालिका वडा नं. ३ का कृषक चन्द्रप्रसाद बस्नेत १ लाख रुपैयाँ राशीको पुरस्कारसहित राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज काठमाडौंमा आयोजित राष्ट्रिय युवा प्रतिभा सम्मान समारोहमा कृषक बस्नेतलाई उक्त सम्मान प्रदान गरिएको हो । व्यवसायिक केराखेती मार्फत कृषि क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली […]
फिदिम । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले पाँचथरका बाढी पिडीतहरुको राहतका लागि आधा लाख रुपैयाँभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ । केही दिनअघि पाँचथर जिल्लाभर नै अविरल वर्षाका कारण आएको बाढीले सयौं घर परिवार विस्थापित भएका थिए । उक्त घटनामा केही मानिसहरु अझै बेपत्ता छन् । बाढी पहिरोबाट […]
कमल । झापाको कमल गाउँपालिकास्थित केर्खा क्याम्पा सडक खण्ड अन्तर्गत केराधापमा आज दिउँसो ४ बजे भएको सवारी दुर्घटनामा परेर ७ वर्षीय एक बालकको मृत्यु भएको छ । केर्खाबाट बैगुनधुरा जाँदे गरेको मे १ ख १५१८ नम्वरको यात्रुबसले ठक्कर दिएपछि घाइते भएका बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् । उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अदालतले आदेश दिएको केहीबेरमा नै सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले भारतीय फिल्मको प्रदर्शन हुन […]