बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापा र फैसला कार्यान्वयन झापाको टोलीले बैंंंंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरी आज झापा जिल्ला अदालतको आदेशमा जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी राकेश थापाले इमेल मार्फत् सम्प्रेषण गरेको जानकारी अनुसार बिर्तामोड वडा नं. ५ का ३६ वर्षीय नरेन्द्र […]
डेढवर्ष अघि चीनको बुहानबाट पहिचान गरिएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएर महामारीको रुप लिएको छ । कोभिड–१९ नाम दिइएको यो भाइरसले अहिले पूरै विश्वलाई आक्रान्त पनि बनाएको छ । हरेक मानिस कोभिड संक्रमणको उत्तिकै जोखिममा छन् । अझ हामीजस्तो ‘फ्रन्टलाइनर’ जोखिमको उच्च सूचीमा रहेका छौं । यस सम्बन्धी पूर्ण सचेत भएर सावधानी अपनाउँदा अपनाउँदै आफू […]
बिर्तामोड । विश्वव्यापी कोरोना महामारीका कारण देश बन्दाबन्दीको अवस्थामा रहँदा काम गर्न नपाएका स्थानीय बासिन्दालाई बिर्तामोड नगरपालिका वडा नं. ८ का अध्यक्ष अजय कार्की राहत वितरणमा जुटेका छन् । उनी आफैं संलग्न भएर राहत बितरण गरिएको हो । आफ्नो व्यक्तिगत रकमबाट वडाका करिब २०० परिवारलाई बिहान बेलुकाको गर्जो टार्न चामल वितरण गरेको वडाध्यक्ष कार्कीले बताएका […]
भद्रपुर । झापा प्रहरीले बैङ्किङ कसुर र चोरी मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरी झापा कारागार भद्रपुर चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी तथा सूचना अधिकारी राकेश थापाले दिएको जानकारी अनुसार कारागार चलान गरिएकाहरुमा भद्रपुर ७ निवासी ३२ वर्षीय सुदिप भट्टराई र वडा १ निवासी ३८ वर्षीय मदन सुब्बा योङहाङ रहेका छन् […]
झापा । नेपाल चलचित्रकर्मी संघले प्रदेश १ सरकारलाई १२ वुँदै ज्ञापनपत्र बुझाएको छ । आइतबार संघका अध्यक्ष केवल तामाङले प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री उषाकला राई र आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ्ग (लिम्बु)लाई सम्बन्धित मन्त्रालयमै पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा प्रदेश सरकारले आगामी बजेटमा […]
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सबैको मायाको बलले आफूले कोरोनालाई जितेको बताएका छन् । कोरोना संक्रमण पुष्टी भएपछि दुई पटक अस्पताल भर्ना भएका मदनकृष्ण एक साताअघि घर फर्किएका थिए । घर फर्किएको एक सातापछि उनले मंगलबार ‘कृतज्ञता ज्ञापन’ भन्दै फेसबुकमा स्टाटस लेखेका छन् । ‘मलाई माया, शुभेक्षा र आर्शिवाद वर्षाउँदै, मेरो स्वास्थ्यप्रति चिन्ता व्यक्त […]
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा ‘महामारीमा नकारात्मक तथा भ्रामक समाचारको प्रभाव र तथ्य जाँच’ विषयक प्रशिक्षण भर्चुअल रुपमा गरिएको छ । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यमा साउथ एशिया चेकका सम्पादक दीपक अधिकारीले सहजीकरण गरेका हुन् । पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको प्रशिक्षणमा झापासहित प्रदेश १ का विभिन्न […]
भद्रपुर । भद्रपुरस्थित मेची अस्पतालको मातहतमा रहेको कोरोना उपचार केन्द्र व्यवस्थापकीय कमजोरीले दुर्गन्धित भएर बस्न नसकिने भएको छ । उपचारका लागि अस्पताल पुगेका विरामीले भिडियोमार्फत फोहोरको डंढुरले भरिएको अस्पतालको दृश्य सार्वजनिक गरेका हुन् । कोभिड–१९ संक्रमणले सिकिस्त भएका बिरामी मात्र उपचारका लागि पुग्ने गरेको कोरोना विशेष अस्पताल व्यवस्थापकीय लापरवाहीले दुर्गन्धित हुँदा बस्न नसकिने अवस्थामा पुगेको […]
झापा । कोरोना महामारीबाट बालबालिकालाई बचाउनका लागि विशेष ध्यान दिन बालबालिका तथा शिक्षा संचार मञ्च नेपालले जिल्ला प्रसासन कार्यलय झापाको ध्यानाकर्षण गराएको छ । मञ्चले भर्चुअल माध्यमबाट मंगलबार आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना समक्ष बाल बचाउका लागि विशेष पहलकदमी लिन आग्रह गरिएको हो । मञ्चको आयोजनामा सम्पन्न बालमैत्री कोभिड अस्पताल तथा आईसोलेसन […]
बिर्तामोड । छठ महिला मञ्च बिर्तामोडले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि कोरियन मास्क प्रदान गरेको छ । छठ समाज सेवा समिति बिर्तामोडको समन्वयमा मंगलबार बिर्तामोडमा छठ महिला मञ्चले उक्त मास्क प्रदान गरेको हो । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई छठ महिला मञ्चकी अध्यक्ष हेमलता चौधरीले एक हजार पाँच सय थान […]