काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक पूर्वाधार विकासमा नेपाल असाधारण ढंगले अघि बढ्न थालेको बताएका छन् । देशमै पहिलोपटक सातवटै प्रदेश समेट्ने गरी कूल २१० स्थानीय तहलाई केन्द्रसँग जोड्ने सडक निर्माण शुभारम्भ गर्दै प्रधानमन्त्रीले पूर्वाधार विकासमा तीब्रता आएको र अब थप तीब्रता पाउने प्रष्ट पारे । ‘मानिसलाई विश्वासै गर्न गाह्रो हुने गरी पूर्वाधार विकास […]
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी संग्रहालयभित्र रहेको सिनेमा हल सञ्चालनमा आउने भएको छ । दरबार हत्याकाण्ड भएको १९ वर्षपछि अर्थात् आगामी वैशाखदेखि यो सिनेमा हल सर्वसाधारणका लागि खुला गर्न लागिएको जनाइएको छ । २०५८ सालदेखि बन्द रहेको सिनेमा हल सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालन गर्न लागिएको बताइएको छ। दरबारभित्रको यस सिनेमा हलमा सर्वसाधारणले […]
विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शेर्पा समुदायको महान चाड ग्याल्बो ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश दिदैँ उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगति र उन्नतिको कामना गरेका छन् । आफन्त भेटघाट, साँस्कृतिक मनोरञ्जन तथा धार्मिक […]
बिर्तामोड । तपाईं आफ्नो जन्मदिन कसरी मनाउनु हुन्छ ? साथीभाइसँग पार्टी गरेर ,घुम्न र रमाइलो गर्दै भोज खुवाएर लाखौं रुपैयाँ खर्च गरेर मनाउनु हुन्छ होला । तर, झापा बिर्तामोड–४ आनन्दगजका युवा राजनीतिज्ञ एवम् सामाजिक अभियन्ता सीपी कडरियाले भने भूमिदान गरेर आफ्नो जन्मदिन मनाएका छन् । क्षितिज नाट्य समूहको अगुवाईमा बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, […]
काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय […]
काठमाडौं । पशुपतिमा महाशिवरात्रि पर्वका लागि भारतलगायत नेपालका विभिन्न स्थानबाट थरीथरीका बाबा आइपुगेका छन् । हरेक वर्ष महाशिवरात्रिका लागि पशुपति दर्शनका लागि भारतका स्थानका प्रमुख धार्मिक स्थलबाट जोगी र बाबाहरु आउने गरेका छन् । यतिबेला पशुपति मन्दिर क्षेत्रमा बाबाहरुको उपस्थिति देख्न सकिन्छ । तर गत वर्षको तुलनामा यो वर्ष पशुपतिमा आउने बाबाहरुको संख्या भने कम […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसी आजदेखि २८औं वर्षमा प्रवेश गरेको छ । २०५० साल फागुन २४ गते संस्था दर्ता भई काँकरभिट्टाको एयटा सानो कोठाबाट कारोबार सुरु गरेको एनएमसीले झापा जिल्लाभर सेवा विस्तार गरेको छ भने भर्खरैमात्र छिमेकी जिल्लामा पनि सेवा केन्द्र खोलेर कारोबार गर्ने अनुमति पाएको छ । संस्था स्थापना दिवसको अवसरमा आज […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका क्षेत्रमा सौन्दर्यकला गरिरहेका व्यवसायीहरुको प्रथम अधिवेशन आज सम्पन्न भएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश १ का अध्यक्ष आशाकुमारी लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि लिम्बूले महिलाहरुलाई आत्मानिर्भर हुनको लागि सौन्दर्यकर्मी पेशाले निकै महत्वपूणर् भूमिका खेलेको बताइन् […]
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट छिट्टै सम्बन्धन दिलाउने आश्वासन दिएका छन् । आज झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बी एण्ड सी अब छिट्टै मेडिकल कलेज बन्ने बताएका हुन् । अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उनी हिम्मत भएको मान्छेसमेत भनेका […]