झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्की (जङ्गे)लाई उच्च अदालत विराटनगरको इलाम इजलासले ६ महिना जेल सजाय गर्ने जिल्ला अदालत झापाले गरेको फैसला सदर गरेको छ। वडाध्यक्ष कार्कीसहित सोही प्रकृतिको मुद्धामा विपक्षी रहेका भवकृष्ण न्यौपाने, पुष्प अधिकारी, सूर्यबहादुर खड्का, शनिलाल राजवंशीको पनि सुरु फैसला सदर भएको हो । न्यायाधीशद्वय लोहितचन्द्र शाह […]
ताप्लेजुङ । ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पुर् याइएको छ। सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो। कोशी प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री र टेन्ट तथा रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराएका त्रिपाल, कम्बल, भाँडाकुँडासहितका सामग्री पठाइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ । सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो । मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा आधा झुकाइनेछ । गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते […]
काठमाडौं । वसन्तकालीन मौसममा हिमाल आरोही र पदयात्री बोक्न वायुसेवा कम्पनीलाई भ्याइनभ्याई भएको छ । आरोहण र ट्रेकिङको मौसममा लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दिनमै चार सयभन्दा बढीसम्म ‘फ्लाइट मुभमेन्ट’ भएका हुन् । आरोही र पदयात्री बढेपछि लुक्लामा हवाईजहाज र हेलिकोप्टरबाट दिनमै ४१२ पटकसम्म उडान–अवतरण भएको विमानस्थल प्रमुख महेश श्रेष्ठले बताए । २ मे २०२३ मा लुक्लामा ‘फ्लाइट मुभमेन्ट’ […]
असार ६ गते द्रोणाचार्य क्षत्रीलाई सम्झने दिन हो । २०५० साल असार ६ गते द्रोणाचार्य क्षेत्रीको निधन भएको हो । उहाँलाई सम्झने दिन आजभन्दा चार वर्ष अगाडि नै लेखेको यो लेख, लेखकको अनुमतिमा प्रकाशन गरिएको छ । द्रोणाचार्यका असल बिचार र व्यवहार अहिले बीउका रूपमा छर्नु र हुर्काउनु पर्ने बेला भएको छ। यति बेला द्रोणाचार्य […]
झापा । द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालसमेतको समन्वयमा पहिलोपटक वितरण गर्न लागिएको द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार यसपटक प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेललाई प्रदान गरिने भएको छ । उनी रेडियो भिजनका प्रबन्ध निर्देशक हुन् । उक्त पुरस्कारबाट पूर्व पुरस्कृत माधव बिद्रोहीको संयोजकत्वमा गठित छनोट समितिले सो निर्णय गरेको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले जनाएका […]
बिर्तामोड नगरपालिका वडा नं. २ मा वडास्तरीय बाल भेला तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ को आयोजनामा भएको भेलाबाट बालबालिकाले आगामी वर्षको लागि बालमैत्री वडा निर्माणको योजना तर्जुमा गर्दै सम्पन्न भएको हो । आइतबारदेखि सुरु भएको कार्यक्रममा योजना छनोट, नेतृत्व विकास तथा बालमैत्रीका विषयमा प्रशिक्षण गरिएको थियो । जिल्ला बाल […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तयार गर्दै गरेको युवा उद्यमशिलता नीतिको सारसंक्षेप माथि मंगलबार पोखरामा छलफल गरिएको छ । नेपालमा युवा उद्यमशिलताको अवधारणा, अवस्था र प्रवृत्ति एवं उद्यमशिलता प्रवर्धनमा रहेको चुनौति, बाधा र असहजता पहिचान गरी समाधानका व्यवहारिक र उपयुक्त रणनीतिक उपाय पहिल्याउने उद्देश्यले यो नीति तयार गर्न लागिएको हो । नीति निर्माणका लागि […]
धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका […]
विराटनगर । कोशी प्रदेश सकारले बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बाढी पहिरोमा परी मृत्यु भएका प्रत्येक परिवारलाई एक लाख र घाइतको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रूपैयाँका दरले उपचार खर्च राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेश […]