विश्व स्वास्थ्य संगठनले बच्चाको अनुकुल स्वास्थ्य एवं राम्रो वातावरणको विकास गराउने तमाम प्रयास बेकार भएको बताएको छ । विभिन्न देशका सरकारको गैरजिम्मेवारीपना र बेवास्ताका कारण यस्ता तमाम प्रयास असफल भएको बताएको हो । उसले युनिसेफ र द लान्सेट पत्रिकाको सहयोगमा तयार पारेको सो रिपोर्टमा जलवायु परिवर्तनसँग जोडिएको तमाम चेतावनीका बाबजुद कुनै पनि देश यस सकारात्मक […]
कोरोना भाइरसका कारण विगत आठ महिनादेखि फिल्म क्षेत्र ठप्प छ । दशैंदेखि केही फिल्मको छायांकन सुरु भए पनि सिनेमा हल बन्दै छन् । सिनेमा हल खोल्दा कोरोना संक्रमण फैलिने भयले फिल्म क्षेत्रमा लगाइएको प्रतिबन्ध फुकुवा भएको छैन । सरकारले फिल्म छायांकनका लागि पनि अनुमति भने दिएको छैन । तर, निर्माताहरु सावधानीपूर्वक छायांकन गरिरहेका छन् । […]
चलचित्र ‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्म आइपुग्दा, निर्माता तथा कलाकार दिपकराज गिरीले असफलता भोग्नु परेन । ‘छक्का पन्जा’का तिन सिरिजले उनलाई नेपालको सर्वाधिक सफल र कमाई गर्ने निर्माता पनि बनाइदियो । दिपकले अब यो सफलता आफ्नै गाउँमा खर्च गर्ने तयारी गरेका छन् । उनले, चन्द्रागिरी नगरपालिका दहचोकमा फार्म हाउस खोल्ने तयारी गरेका छन् । […]
बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति रेवतीरमण नेपालको निधनप्रति नेपाली काँग्रेस झापाले गहिरो दुःख व्यक्त गर्दै आजदेखि तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । नेपाली काँग्रेस झापाका जिल्ला सदस्य, लोकतान्त्रिक आन्दोलनका योद्धा, हल्दिबारी माविका पूर्व शिक्षक तथा नेपाल शिक्षक संघ झापाका जिल्ला सदस्य नेपालको हिजो सोमबार राति कोभिड–१९ का कारण नोबेल […]
झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका पूर्व सभापति तथा नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य रेवतीरमण नेपालको गएराति निधन भएको छ । झापाको हल्दिबारी गाउँपालिका वडा नं ४ निवासी नेपाल रेडक्रसकर्मीसँगै शिक्षक एवम् सामाजिक अभियन्ता थिए । झापाली रेडक्रसकर्मीहरुका लागि कुशल अभिभावक नेपालको कोभिड–१९ संक्रमणबाट निधन भएको जनाइएको छ । नेपाल रेडक्रस सोसाइटी झापाका […]
अर्जुनधारा । इलाम जिल्लाको नामसालिङमा जन्मी हुर्की त्यही स्थानलाई कर्मथलो बनाएका जयधर्म र चन्द्रकला रिमालका सन्तानले उहाँहरुको स्मृतिमा जयचन्द्र प्रतिष्ठान गठन गरेका छन् । हाल झापाको अर्जुनधारा ६ मा बसोबास गर्ने रिमाल बन्धुहरुले आफ्ना हजुरबुवा हजुरआमाको नाममा जयचन्द्र प्रतिष्ठान २०६८ सालमा स्थापना गरिएको हो । प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा गर्न ढिलाई हुँदा यसको औपचारिक […]
विराटनगर । प्रदेश १ मा आज ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, तेह्रथुम, भोजपुर र खोटाङमा २–२, ओखलढुङ्गाका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ बाहिर ठेगाना रहेका १५ जना पनि संक्रमित छन् । मन्त्रालयका अनुसार […]
गोरखा । दरौंदी खोलाको पानी गोरखा नगरपालिकामा पुर्याउन सुरु भएको बृहत पम्पिङ खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा पुगेको छ । खानेपानी मन्त्रालय अन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजनाको भौतिक प्रगति करिव ९८ प्रतिशत सकिएको जनाएको हो । दरौदी गोरखा बृहत पम्पिङ खानेपानी तथा सरसफाई आयोजना नामाकरण गरेर नगरपालिकाको ३ नम्बर वडादेखि […]
बिर्तामोड । प्रदेश १ कै गहनाका रुपमा परिचय बनाउँदै लगेको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज टिचिङ अस्पतालले मुटु रोगीको सम्पूर्ण उपचारका लागि क्याथल्याव सेवा सञ्चालनमा ल्याएको छ । अस्पताल प्रशासनले शनिबार पत्रकार सम्मेलन गरेर यसै हप्तादेखि क्याथल्याव सेवा सञ्चालनमा ल्याइएको र ५–६ जनाको उपचार पनि सुरु गरिएको जनाएको हो । अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा उमेश यादवले […]
मेचीनगर । परिवारसँगै बसेर रमाउने रहर कसलाई हुँदैन ? पैसा कमाउँछु र परिवारलाई सुखसँग राख्छु भन्ने सपना बोकेर हजारौं युवा विदेश पलायन हुनेक्रम कायमै रहेको छ । सोचेजस्तो कहाँ हुँदो रहेछ र ! अर्काको भूमिमा गएर पैसा कमाउन । मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीका डिल्लीराज उप्रेती पनि होटेल म्यानेन्जमेन्ट विषय पढ्दा पढ्दै स्कूल त्यागेर खाडी […]