झापा । सहकारी संस्थाहरुले बचत तथा ऋणको कारोबार गर्दा कस्तो ब्याज लिन्छन् वा दिन्छन् भन्ने कुरालाई अब सदस्यहरुले गौण राख्न थालेका छन् । सदस्यहरुले संस्थाबाट के कस्तो सुविधा पाउँछन् भन्नेतर्फ यतिबेला सबैको ध्यान केन्द्रित हुन थालेको छ । शेयर सदस्यको परिवारमा नवजात शिशुको जन्मदेखि परिवारका जो कसैको मृत्युसम्मको सुख दुःमा सहकारीले कुनै न कुनै रुपमा […]
विराटनगर । प्रदेश १ मा आज ३६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५६, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा ८, धनकुटा र इलाममा २–२, पाँचथर, भोजपुर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमामात्र १२० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि […]
इलाम । विश्वकै महँगो फूलका रूपमा परिचित केशरको व्यावसायिक उत्पादन इलाममा सुरु गरिएको छ । औषधीय गुण भएको केशरको व्यावसायिक उत्पादन इलामस्थित माइजोगमाई गाउँपालिकाको जौबारीमा सुरु गरिएको हो । १० लाख रुपैयाँ प्रतिकिलो पर्ने केशरको विगत वर्षमा परीक्षण उत्पादन भएको थियो । यस वर्षसमेत यसको उत्पादन सुरु भएको छ । व्यावसायिक उत्पादन गर्ने गरी इलाममा […]
विराटनगर । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र भोजपुरमा १–१ जना तथा प्रदेश १ बाहिरका २४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको बिराटनगरमा संक्रमण पुष्टि भएकाहरु ५३ महिला र […]
बिराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको दावी गरेका छन् । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उनको कथन छ । विराटनगरमा निजी क्षेत्रको सक्रियता एवम् साझेदारीमा प्रदेश सरकार र विराटनगर महानगरपालिकाले कोशी कोभिड अस्पताल परिसरमा निर्माण गरिरहेको आइसोलेसन केन्द्रको अनुगमन गर्दै […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आमा मिथिला पाण्डेको हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन् । राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुसुम, उमेश थापा, अभिषेक यादव तथा दुई नातिनी लगायत उनका परिवारलाई टीका लगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसैगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएकी […]
झापा । भुटानी शरणार्थी शिविर तथा आसपासको नेपाली समुदायका अभिभावकविहीन ३८ जना बालबालिकालाई दशैंमा नयाँ लुगा, जुत्ता र १० हजार रुपैयाँका दरले सहयोग प्रदान गरिएको छ । दमक नगरपालिका ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा शनिबार एक कार्यक्रमको आयोजना गरी अशक्त, असहाय एवं अभिभावक नभएका बालबालिकालाई सहयोग वितरण गरिएको हो । बेलडाँगी शिविरमा रहेको फ्रेन्ड्स क्लब […]
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा सर्वप्रथम म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । बडा दशैं लगायतका हाम्रा चाडपर्वहरु यत्तिकै प्रचलनमा आएका होइनन् । विभिन्न ऐतिहासिक पृष्ठभूमिका आधारमा हाम्रा चाडवाडहरुको विकास भएको छ । समाज निर्माण हुने […]
पाकिस्तानले लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । अश्लीलता फैलाएको आरोपमा टिकटकमाथि केही हप्ताअघि मात्र प्रतिबन्ध लगाएको पाकिस्तान सरकारले त्यस्तो प्रतिबन्ध फुकुवा गरेको हो । आफ्ना अकाउन्टमा अश्लील भिडियो राख्ने वा अनैतिक चीजहरुको प्रसार गर्ने सबै प्रयोगकर्ताको अकाउन्ट टिकटकले ब्लक गरिदिएसँगै पाकिस्तानले यस्तो कदम चालेको बताइएको छ । टिकटकले पाकिस्तान सरकारका शर्तहरु पालना […]
गौरादह । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) गौरादह नगर समितिले सम्झौता अनुसार विद्यालय सञ्चालकहरूले तलब दिन आनकानी गरेपछि अनिश्चितकालीन विद्यालय बन्द गरेको छ । इस्टु जिल्ला कार्य समितिसँग प्याब्सन झापाले गरेको सम्झौता कार्यान्वयन गर्न विद्यालय सञ्चालकहरूले अटेर गरेपछि गौरादह नगारपालिका क्षेत्रका संस्थागत विद्यालय अनिश्चितकालीन बन्द गरिएको हो । संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूका माग बिरूद्ध […]