Sajhamanch Archive

कोटिहोमको पिसिआर ल्याब प्रदेश प्रमुख प्यासीद्वारा उद्घाटनः १००० परीक्षण पूरा, मेची अस्पतालको ल्यावमा किट अभाव

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on कोटिहोमको पिसिआर ल्याब प्रदेश प्रमुख प्यासीद्वारा उद्घाटनः १००० परीक्षण पूरा, मेची अस्पतालको ल्यावमा किट अभाव.

कनकाई । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना गरिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर प्रयोगशालाको आज उद्घाटन गरिएको छ । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले कनकाई कोटिहोमस्थित समर्पण भवनमा स्थापना भएको प्रयोगशालाको उद्घाटन गरेका हुन् । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट स्थापित प्रयोगशाला प्रदेश सरकारअन्तर्गत मेची प्रादेशिक अस्पताल मातहतमा रहनेछ […]

पूर्वेली साप्ताहिक पत्रिका छैटौं वर्षमा प्रवेश

Published: in लोकप्रिय, समाज by . Leave a Comment on पूर्वेली साप्ताहिक पत्रिका छैटौं वर्षमा प्रवेश.

बुद्धशान्ति । झापाको बुद्धशान्तिबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको पूर्वेली साप्ताहिक पत्रिकाले आफ्नो प्रकाशनको पाचौं वर्ष पूरा गरि छैटौं वर्षमा प्रवेश गरेको छ। बुद्धशान्ति मिडिया हाउस प्रालीद्वारा प्रकाशित पत्रिका वि. स.२०७१ सालमा विधिवत रूपमा दर्ता भएको थियो । पूर्वेली प्रेस काउन्सिल नेपालद्वारा स्थानीय ‘ख’ श्रेणीको वर्गीकृत पत्रिका हो । झापा जिल्लाका विभिन्न स्थानीय तहमा तथा […]

विश्व हिन्दु महासंघलाई बुढाथोकीले दिए ५१ हजार

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on विश्व हिन्दु महासंघलाई बुढाथोकीले दिए ५१ हजार.

बिर्तामोड । विश्व हिन्दु महासंघ झापाको भवन निर्माणका लागि युवा व्यवसायी प्रकाश बुढाथोकीले आर्थिक सहयोग गरेका छन् । बिर्तामोड नगरपालिका वडा नं.३ बिराट पोखर परिसरमा निर्माण भएको महासंघको भवनलाई बिर्तामोड नगरपालिका वडा नं.९ उज्यालो चिन्तन चौतारीका सञ्चालक समेत रहेका बुढाथोकीले ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् । बिर्तामोडमा आज आयोजीत एक कार्यक्रमका बिच युवा व्यवसायी […]

कालिस्थान माविमा वाटर ट्रिटमेन्ट प्लान्टको शिलान्यास

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कालिस्थान माविमा वाटर ट्रिटमेन्ट प्लान्टको शिलान्यास.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.९ स्थित कालिस्थान माविमा वाटर ट्रिटमेन्ट प्लान्ट (खानेपानी प्रशोधन केन्द्र) को शुक्रबार एक कार्यक्रमका बीच  शिलान्यास गरिएको छ । विद्यालयका विद्यार्थी र आसपासका स्थानीयबासीमा शुद्ध पानीको पहुँच पु¥याउने उद्देश्यले वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गर्न लागिएको हो । उक्त प्लान्टको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले शिलान्यास गरेका छन् । गैर […]

सब्जीको बजारभाउ आकाशियो, कसले ल्याउने सन्तुलनमा !

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on सब्जीको बजारभाउ आकाशियो, कसले ल्याउने सन्तुलनमा !.

झापा । विश्वभर फैलिएको कोरोना भाइरसका कारण आम मानिसको जनजीवन प्रभावित भएको छ । चीनको वुहानबाट सुरु भएको यो भाइसरले विश्वमा लाखौंको ज्यान लिइसकेको छ । नेपालमा पनि तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ । यस्तो माहामारीको बेलामा सबैको आम्दानी खुम्चिइरहेको छ । यस्तो सँकटको घडीमा महंगीले झनै समस्या पारिरहेको छ । एकातिर कोरोना अर्काेतिर […]

चाँदनी सडकमा खोलो बग्दै, स्थानीय दुखित

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on चाँदनी सडकमा खोलो बग्दै, स्थानीय दुखित.

भद्रपुर । दुई वर्षयता स्तरीकरणको काम अलपत्र परेपछि भद्रपुर १० चाँदनी टोलको सडक हिड्न नसकिने भएको छ । पटक पटक नगर सरकारसँग गिटी बालुवा लगाइदिन गरिएको अनुरोध नसुनिएपछि पानी पर्दा खोलाजस्तै सडकमा पानी बग्ने गर्दा सास्ती सहनु परेको पीडितहरूको गुनासो आएको हो । स्थानीय किशोर पौडेलका अनुसार सो सडक स्तरीकरणका लागि दुई वर्षयता गरिएको प्रयास […]

सञ्चालनमा आयो बुद्धशान्तिमा बाँस उद्योग

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on सञ्चालनमा आयो बुद्धशान्तिमा बाँस उद्योग.

बुद्धशान्ति । बाँसबाट बन्ने विभिन्न सामग्री उत्पादन गर्न बुद्धशान्तिमा बाँस उद्योग सञ्चालनमा आएको छ । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल लगायत स्थानीय समाजसेवीको उपस्थितीमा बुद्धशान्ति गाउँपालिका वडा नं.१ स्थित होक्सेमा आज उद्योगको उद्घाटन गरिएको हो । तीनजनाको लगानीमा सञ्चालनमा ल्याइएको उद्योगबाट सुरुवाती चरणमा बाँसको पानी खाने बोतल, कप, गिलास, जग लगायतका सामग्रीहरु बनाइने र यो […]

मिक्लाजुङका गायत्री कुलुङलाई लकडाउन बन्यो अवसर

Published: in लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on मिक्लाजुङका गायत्री कुलुङलाई लकडाउन बन्यो अवसर.

मोरङ । विश्व यतिबेला कारोना भाइरस (कोभिड- १९) सँग जुधी रहेको छ । चीनबाट फैलिएको सङ्क्रमणले विश्वलाई नै आतंकित बनाइरहेको छ । यसमा नेपाल पनि अछुतो रहेन । नेपालमा पनि सङ्क्रमित हुने र मृत्यु हुनेको अनुपात बढ्दो क्रममा छ । कोरोना सङ्क्रमण फैलिने क्रममा सरकारले बन्दाबन्दी निर्विकल्प ठान्यो र बन्दाबन्दी  घोषणा ग¥यो । बन्दाबन्दी लागेपछि […]

मेचीनगरको सहरेडाँगीमा ६८ जनाले गरे रगत दान

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on मेचीनगरको सहरेडाँगीमा ६८ जनाले गरे रगत दान.

मेचीनगर । कोरोना भाइरस सङक्रमणका कारण झापामा रगतको अभाव देखिन थालेपछि मेचीनगरको सहरेडाँगीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विचार चौतारी युवा क्लब र मेचीनगर नगरपालिका वडा नं.१२ को संयुक्त आयोजना एवं डाइनामिक युथ क्लबको सह-आयोजना तथा नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । मेचीनगर नगरपालिका वडा नं.१२ […]

इटाभट्टामा सञ्चालनमा आयो साई सुमिरन मेडिकल हल

Published: (Updated: ) in लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on इटाभट्टामा सञ्चालनमा आयो साई सुमिरन मेडिकल हल.

मेचीनगर । झापाको मेचीनगरको केन्द्रबिन्दु इटाभट्टामा साई सुमिरन मेडिकल हल एण्ड क्लिनिक सञ्चालनमा आएको छ । मेचीनगर नगरपालिका वडा नं.७ इटाभट्टास्थित गोकुल मार्गमा एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याबसहितको सुविधा सम्पन्न मेडिकल तथा स्वास्थ्य क्लिनिकले आफ्नो  सेवा सोमबारबाट सुरु गरेको हो । उक्त क्लिनिकका सञ्चालक टेकेन्द्रप्रसाद कोइरालाका अनुसार क्लिनिकबाट जटिल बाहेक आकस्मिक सबै रोगको उपचारका […]