पाल्तु कुकुरले झैं स्वामीभक्ति देखाउन पुच्छर हल्लाए झैं ठूला पदमा आसिन थुप्रैले अस्मिता लुटिँदा चुँसम्म बोलेनन् उस्ले केही खुवाएकोथ्यो होला र त ! मुख खोल्नै पर्नेले केही बोलेनन् ।। तल्ला गाउँको मिचाहा लवस्तराले हलो कोल्ट्याएर सिमाना कोतरेकोथ्यो झार तासेको मात्र हो भन्दै जङ्गेलाई अलिक ओर सारेथ्यो सुताहा शासकका कान र आँखा बन्द थिए र त […]
बिर्तामोड । अस्पताल रहँदा भएको उपचार खर्च भुक्तान गर्न नसकेर बन्दकजस्तै बनेकी कनकाई नगरपालिका ४ की एलीसा मगरको उद्धार गरिएको छ । बिर्तामोडमा स्थापित गंगामाया नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्थाले एलिशाको डिस्चार्जका लागि सहयोगी मनहरुसँग हात पसारेर रकम संकलन गरी अस्पतालबाट डिस्चार्ज गराएको हो । गंगामाया नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्थाका अध्यक्ष भूपाल […]
नारी तिमीलाई हुने गरेका पिडा र हिंसा, युगले छरेका तारा, अहिल्या अनि द्रौपदीका संघर्षको त्यो इतिहास हाम्रो ।। हार्दोछ दुस्सासन चिर वस्त्र तिम्रो खुला केश बनेछ अस्त्र अन्यायको दोहन गर्नु जुद्धै प्राचीनमा द्रौपदीले गरे झैं ।। सीता र गार्गीहरुले हिंडेको बाटो खुलेको नव चेतनाको बोलौं समाएर मसाल आफैं पासाङ्ग ल्हामु भृकुटीहरु झैं ।। सेवा गराई […]
झापा । सूचना प्रणलीको उचित उपयोग गर्न नसक्दा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमले झापालीलाई आकर्षण गरेको पाइएको छैन । वितरण सुरू गरिएको चार महिना पूरा भए पनि राष्ट्रिय परिचयपत्र बनाउने झापालीको सहभागिताले फड्को मार्न सकेको छैन । यो अवधिसम्म आइपुग्दा नागरिकको चहलपहल भने घट्दै गएको देखिन्छ । नागरिकले यसको महत्व चाल नपाएर र प्रचार प्रसार पनि […]
मेचीनगर । सिद्धिखोला सिंचाई जल उपभोक्ता संस्था मेचीनगरको चौथो साधारणसभाले निलकण्ठ तिवारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । साविक बाहुनडाँगी गाउँ विकास समिति अन्तरगत बनेको मेचीनगर नगरपालिका वडा नम्वर १, २, ३ र ४ को १७ सय हेक्टर जमिनमा सिंचाईको व्यवस्थापन गर्ने गरी सञ्चालित सिंचाई जल उपभोक्ता संस्थाको सबै पदमा सर्वसम्मत नेतृत्व निर्वाचित गरिएको हो […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ शान्तिनगरस्थित ठुटेबरमा लाग्दै आएको प्रसिद्ध ठुटेबर मेला यो वर्ष यही कात्तिक २१ गते बिहीबारदेखि २७ गते बुधबारसम्म लाग्ने भएको छ । प्रत्येक वर्षको कात्तिक पूर्णिमा र वैशाख पूर्णिमाको दिन लाग्दै आएको मेला त्यो स्थानको पहिचान र विकासका लागि स्थानीयले लगाउन शुरु गरेका हुन् । ठुटेबर मेला ऐतिहासिक, धार्मिक, […]
सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्न सक्दछ । फट्यांग्रा पिँधेर बनाइएको धुलो मिसाइएको पिठोबाट तयार गरिने पाउरोटी किन्नका लागि मानिसहरुको तछाडमछाड हुन्छ ।यो फिनल्याण्डको खबर हो । त्यहाँको एक खाद्य कम्पनी फेजर बेकरीले आटामा सुख्खा फट्यांग्रा पिँधेर बनाइएको धुला मिसाएको पिठोबाट मानिसले खाने ब्रेड उत्पादन गर्ने गरेको छ । फट्यांग्रा मिसाएको पिठो उक्त कम्पनीले नेदरल्याण्डबाट आयात […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत महिला सशक्तिकरण समितिले सञ्चालन गरेको ४५ दिने एड्भान्स ब्युटीसियन तालिम आज सम्पन्न भएको छ । संस्थाले विगतमा सञ्चालन गरेको तीन महिने ब्युटीसियन तालिममा सहभागी भएर उत्कृष्ट भएका महिलालाई लागत सहभागितामा ४५ दिनको एड्भान्स ब्युटीसियन तालिम दिएको समितिका संयोजक हेमा सिटौलाले बताइन् । समितिका संयोजक सिटौलाको अध्यक्षता तथा […]
शिवसताक्षी । मेघा बैंक नेपाल लिमिटेड शिवसताक्षी एक्सटेन्सन काउन्टरले २०७५ चैत्र ११ गते सवारी दूर्घटनामा परेर मृत्यु भएकी सुजना शेर्माको परिवारलाई ७ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । स्वास्थ्य चौकी शिवगंजमा कार्यरत रहेकी शेर्माले उक्त बैंकमा कर्मचारी बचत खाता खोलेकी थिइन् । कर्मचारी बचत खाता अनुसार खातावालाको आकस्मिक मृत्यु भएमा ७ लाख रुपैयाँ […]
नेपालमा गाई र भैंसी नै दूधका मुख्य स्रोत हुन् । त्यसैले दूध उत्पादनका लागि गाईभैंसी पाल्ने चलन छ । दूधको उपभोग सबै उमेर समूह र सबै समुदायले गर्ने गरेका कारण यसको महत्व उच्च छ । पौष्टिकताका लागि नै दूधको उपभोग गरिन्छ । दूधबाट अनेक परिकार बनाइन्छ । दूध पूर्ण आहार हो पनि भनिन्छ । त्यसैले […]