काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ। उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ गते सञ्चालन गरेको परीक्षामा मर्यादा विपरीत कार्य गरिएकाले एक जनालाई बर्खास्त गरिएको र अन्य दुई जनालाई सचेत गराएर छाडिएको जनाएको छ। काठमाडौँको मित्रपार्कस्थित टेक्सास इमावि […]
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनैपनि दबाबमा पछि नहट्ने बताएका छन्। मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा सरकार कसैको दबाबमा पछि नहट्ने बताएका हुन्। उनले यस प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरीकन काम गर्न निर्देशन दिइएको भन्दै अहिले […]
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आङटावा शेर्पा हिरासतकै शौचालयमा लडेर घाइते भएका छन् । आज मंगलबार शौचालयमा लडेका उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते शेर्पालाई ट्रमा सेन्टरमा लगेर उपचार गरेको प्रहरीले जनाएको छ । शेर्पाको टाउकोमा नौ टाँका लगाइएको छ । हाल उनको अवस्थामा सामान्य रहेको र उपचारपछि […]
फाइल तस्वीर काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठकमा भनाभन भएपछि बैठकको माहोल बिथोलिएको छ । बैठकमा आफ्नो धारणा राख्ने क्रममा एक केन्द्रीय सदस्यले अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले यसअघि भनेको ‘चोर नेता’कै पछि लागेको आरोप लगाएपछि बैठकको माहोल बिथोलिएको हो । हिजो सोमबारदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको केन्द्रीय समिति बैठकमा आज आफ्नो […]
शिवको सनातनको परिधिभित्र ओशोको प्रवचनले होस् या बुद्धको सन्यासले अर्थात श्रीपादको भक्तीले अथवा किरातको मुन्धुमले मेरो समाज कर्तव्यपरायण बनोस् संस्करित बनोस् । एकै रङ्गको खुन र एउटै आकृतिभित्र कहाँ सैतान खोज्छ मानिस ? कस्लाई आतंकी र काफिर देख्छ मानिस ? मेरो र उसको धर्ती एउटै मेरो र उसको आकाश एउटै वायु एकै प्राण दिने पानी […]
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको नवनिर्वाचित कार्यसमितिले आइतबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । विराटनगरस्थित इस्टर्न स्टारको सभाहलमा आयोजित पदस्थापन समारोहका बीच नवनिर्वाचित अध्यक्षलगायत कार्यसमितिका पदाधिकारी–सदस्यले सपथसँगै पदभार ग्रहण गरेका हुन् । महासंघ कोशी प्रदेशका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित पहिलो सत्रको कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै निर्वाचन समितिले नवनिर्वाचित अध्यक्ष […]
फाइल फोटो झापा । सहकारी भन्ने वित्तिकै सबैलाई एउटै डालोमा राखेर हेर्ने अनि एउटामा समस्या उत्पन्न भए सबैलाई खराब देख्ने प्रवृत्तिको अन्त्य गराउन झापाका सहकारीहरु ध्रुविकरण हुन थालेका छन् । सहकारी संस्थाहरु स्वनियमनमा चल्ने विश्वब्यापी मान्यताको फाइदा उठाउँदै कतिपय संस्थाका सञ्चालक र कर्मचारीहरुले मनोमानी ढंगबाट वित्तीय सन्तुलन बिगारेका कारण सहकारी अभियान माथि नै प्रश्न चिन्ह […]
हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. १, गोलधापस्थित सरस्वती माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पगोस् भन्ने ध्येयले सिम्रिक साकोसले शैक्षिक सामग्री प्रदान गरेको छ । वैशाख ३१ गते विद्यालय प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गरी संस्थाले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई ५० थान स्कूल ब्याग, २१५ थान टाई र २२० थान बेल्ट प्रदान गरेको हो । हल्दिबारी […]
काठमाडौं। प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोप लागेपछि उनी पक्राउ परेका हुन्। आइतबार नै उनी पक्राउ परेको भएपनि त्यस सम्बन्धी सूचना संसद सचिवालयले औपचारिक रुपमा प्राप्त नगरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । ‘सूचना प्राप्त भएपछि प्रतिनिधिसभामा सुनाइन्छ’ प्रवक्ता […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ । आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई आज अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने काठमाडौं प्रहरी परिसर स्रोतले बतायो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ […]