Sajhamanch Archive

बिर्तामोड नगर कार्यपालिकाका निर्णयहरुः सिरुवा पर्वमा स्थानीय विदा दिइने

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगर कार्यपालिकाका निर्णयहरुः सिरुवा पर्वमा स्थानीय विदा दिइने.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी बैशाख ३ गते आइतबार सिरुवा पर्वको अवसरमा स्थानीय विदा दिनेलगायत आधा दर्जन रचनात्मक काम गर्ने निर्णयहरु गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले सिरुवा पर्वको अवसरमा उक्त दिन विदा दिने निर्णय गरेको हो । बैठकले बैशाख ३ गते नियमितरुपमा सिरुवा पर्वको स्थानीय दिने […]

जहाज चार्टर गरेर नेपाल घुम्न आए चिनियाँ पर्यटक, विमानस्थलमा मन्त्रीले गरे स्वागत

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on जहाज चार्टर गरेर नेपाल घुम्न आए चिनियाँ पर्यटक, विमानस्थलमा मन्त्रीले गरे स्वागत.

काठमाडौं । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ । चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले खादा माला लगाइदिएर स्वागत गरे । आज बिहान १८१ जना चिनियाँ पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा […]

अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९को अडिसन सुरु

Published: in गीत/संगीत/मनोरञ्जन, प्रदेश तह, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९को अडिसन सुरु.

अर्जुनधारा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को अडिसन सुरु भएको छ । प्रतियोगिताको अडिसन आज बुधबारबाट सुरु भएको हो । पहिलो चरणमा अर्जुनधारा १, २ र ३ नम्बर वडाका लागि अडिसन सम्पन्न भएको हो । खुदुनाबारी बजारस्थित जनता माध्यमिक बिद्यालयको सभाहलमा भएको पहिलो चरणको अडिसनबाट २६ जना प्रतियोगी दोस्रो चरणका लागि छनोट भएका छन् । […]

खाद्य सुरक्षा र कृषि क्षेत्रको सम्वद्र्धनका लागि दक्षिण एशियाली मुलुकहरु बीच सहकार्यको खाँचोः एमाले अध्यक्ष ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on खाद्य सुरक्षा र कृषि क्षेत्रको सम्वद्र्धनका लागि दक्षिण एशियाली मुलुकहरु बीच सहकार्यको खाँचोः एमाले अध्यक्ष ओली.

झापा । ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खाद्य सुरक्षा र कृषि क्षेत्रको सम्वद्र्धनका लागि दक्षिण एशियाली मुलुकहरु बीच सहकार्यको खाँचो रहेको बताएका छन् । अखिल नेपाल किसान महासंघले झापाको शिवसताक्षीमा आयोजना गरेको दक्षिण एशियाली किसान सम्मेलनलाई सम्बोधनका क्रममा उनले कुनै एक देशको प्रयास र पहलले मात्र कृषिको उत्पादकत्व वृद्धि र खाद्य सुरक्षा कायम […]

रास्वपाबाट सांसद ढाकाकुमार श्रेष्ठ निष्काशित, कंसाकारलाई सांसद बनाउने, आरोपित श्रेष्ठ चुप लागेर नबस्ने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on रास्वपाबाट सांसद ढाकाकुमार श्रेष्ठ निष्काशित, कंसाकारलाई सांसद बनाउने, आरोपित श्रेष्ठ चुप लागेर नबस्ने.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न २ करोड रुपैयाँ मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको छ । यससँगै उनको सांसद पद जाने भएको छ । आज बुधबार बसेको बैठकले श्रेष्ठलाई पार्टीले कारबाही गरेको हो । श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा […]

नाइ संघको अध्यक्षमा मनोज

Published: in राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on नाइ संघको अध्यक्षमा मनोज.

बिर्तामोड । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध घटक नेपाल नाई संघ झापाको सातौं जिल्ला अधवेशनले मनोज ठाकुरको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बिर्तामोडमा सम्पन्न अधिवेशनले ठाकुरको सभापतित्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजकपुर ठाकुर र विश्वनाथ ठाकुर, सचिवमा विजय ठाकुर, सहसचिवमा मौजुलाल ठाकुर र कोषाध्यक्षमा मुकेश ठाकुर चयन भएका […]

बैंकर्स संघले बैशाख १ बाट निक्षेपको ब्याजदर एकल अंकमा झार्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on बैंकर्स संघले बैशाख १ बाट निक्षेपको ब्याजदर एकल अंकमा झार्ने.

काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा ल्याएका छन् । बुधबार बिहान बसेको बैंकर्स संघको बैंठकले १ वैशखबाट लागू हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बताएका छन् । १ वैशाखबाट व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९ दशमलव ९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर […]

नेपाल उवा महासंघमा मतदान जारीः नयाँ कार्यसमिति चयन गरिने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on नेपाल उवा महासंघमा मतदान जारीः नयाँ कार्यसमिति चयन गरिने.

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन भइरहेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको मतदान कार्य बिहान ८ बजेदेखि सुरु भएको छ भने अपराह्न ४ बजेसम्म मतदान जारी रहनेछ । महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति […]

खुदुनाबारीमा दुई दिवसीय पशुपालन व्यवस्थापन तालिम सम्पन्न

Published: in अर्थतन्त्र, लोकप्रिय, शिक्षा, समाज, सहकारी by . Leave a Comment on खुदुनाबारीमा दुई दिवसीय पशुपालन व्यवस्थापन तालिम सम्पन्न.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ३ स्थित खुदुनाबारीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजना र साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड बिर्तामोडको सहयोगमा पशु व्यवस्थापन तथा उपचार सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष कृष्ण दंगालले उद्घाटन गरेको तालिममा ५० जना किसान सदस्यहरुको सहभागिता रहेको थियो । […]

नेपालसहित दक्षिण एशियाका हजारौं किसानहरु झापामा भेला हुँदै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on नेपालसहित दक्षिण एशियाका हजारौं किसानहरु झापामा भेला हुँदै.

झापा । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलन तथा दक्षिण एशियाली किसान सम्मेलन आयोजनाको तयारी पूरा भएको छ । चैत २९ गते दक्षिण एशियाली किसान सम्मेलन र चैत ३० गते अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलन समुद्घाटन हुने गरी तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष बेनुप्रसाद […]