बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ५७ जना ज्येष्ठ सेयर सदस्यहरुलाई तीन दिवसीय तीर्थ भ्रमण गराएको छ । संस्थाले आफ्ना ज्येष्ठ सदस्यहरुलाई चितवनको देवघाट, नवलपरासीको साश्वत धाम र जनकपुर नगरीको जनकपुरधाममा धार्मिक भ्रमण गराउने तथा अन्य पर्यटकीय क्षेत्रको अवलोकन गराउने कार्यतालिका बनाएर मंगलबार विदा गरिएको हो । […]
कमल । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित आदिवासी रङ्गशाला निर्माणका लागि छिटो प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने बताएका छन् । रङ्गशाला निर्माणका लागि प्रदेश सरकारबाट विनियोजन भएको एक करोड रुपैयाँले पहिलो चरणमा रङ्गशालाको डिपिआर बनाएर प्रवेशद्वार र घेराबारा गर्न निर्देशन दिने मुख्यमन्त्री कार्कीको भनाई छ । […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले १० वटै वडाको जग्गा वर्गीकरण कार्य सम्पन्न गरेको छ । नगरप्रमुख एवं स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा मंगलबार बसेको बैठकले बाँकी रहेको वडा नम्बर ६ को पनि वर्गाीकरण कार्य सम्पन्न गरेको हो । बैठकले वडा नम्बर ६ मा रहेको गिरीवन्धु टी–स्टेटको नाममा दर्ता श्रेस्ता कायम रहेको जग्गा सट्टापट्टाका […]
काठमाडौं । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । करिब एक दर्जन घाइते भएका छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको गान्तोकका अधिकारीहरुले जनाएका छन् । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् । स्थानीय समय […]
कनकाई । झापाको कनकाई १ दुर्गापुरमा भौतिक संरचना निर्माण साथै अक्षयकोष वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञबाट लक्ष्यभन्दा बढी आर्थिक संकलन भएको छ । श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिको आयोजनामा चैत ८ देखि १६ गतेसम्म संचालन गरिएको महायज्ञको आयव्यय विवरण सार्वजनिक गर्दै आयोजक समितिले महायज्ञबाट अनुमान गरिएकोभन्दा बढी […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा सञ्चार प्रतिष्ठान गठन भएको छ । पत्रकार शिशिर चम्लागाईको अध्यक्षतामा ९ सदस्यीय मेचीनगर सञ्चार प्रतिष्ठान गठन भएको हो । मेचीनगरले पालिकास्तरमा कोशी प्रदेशमा नै पहिलोपटक सञ्चार प्रतिष्ठान गठन गर्दै नगरलाई सञ्चारमैत्री बनाउने अभियान थालेको छ । नगरपालिकाले अब सञ्चार क्षेत्रका सम्पूर्ण काम कार्वाही पत्रकारहरू कै माध्यमबाट सञ्चार प्रतिष्ठान मार्फत गर्ने […]
बिर्तामोड । सहारा हाफ म्याराथनको उपाधि सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीले जितेका छन् । चारपानेमा आज बिहान सम्पन्न हाफ म्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् । त्यस्तै, सशस्त्र प्रहरी बल नेपालकी भण्डारीले १ घण्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन […]
झापा । चैत २० गते राष्ट्रिय सहकारी दिवसको दिन आज झापाका एक हजार हाराहारी सहकारीकर्मीलाई बिर्तामोडमा उत्प्रेरणात्मक सहजीकरण गरिएको छ । देशभर आर्थिक मन्दीले ब्यापार व्यवसाय चौपट्ट भएको कारण सहकारीमा पनि तरलता संकट उत्पन्न हुँदा सहकारीकर्मीहरु चिन्तित बनेका कारण सो को न्यूनीकरणका लागि मनोवैज्ञानिक उपचारस्वरुप उत्प्रेरणात्मक तालिम दिइएको हो । झापा जिल्ला सहकारी संघले ६६औं […]
झापा । देशकै अग्रणी सहकारी संस्थाको रूपमा परिचित झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) का अधिकृत कर्मचारीहरुले पश्चिममा रहेका सहकारी संस्थाहरूको अवलोकन भ्रमण गरेको छ । चैत १३ देखि १८ गतेसम्म संस्थाको कर्पाेरेट व्यवस्थापन समूहको टोलीले अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीको नेतृत्वमा संस्थाका कर्पाेरेट विभागीय प्रमुख, […]
भद्रपुर । भद्रपुर नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायको स्वास्थ्य उपचारका लागि निःशुल्क बीमाको व्यवस्था गरिदिएको छ । नगरपालिकामा कार्यक्रमको आयोजना गरी नगर कार्यपालिकाले नगर क्षेत्रमा रहेका ६३४ सन्थाल परिवारका लागि २२ लाख १९ हजार रुपैयाँको चेक स्वास्थ्य बीमा महसुल कार्यालयलाई प्रदान गर्दै निःशुल्क उपचारको प्रबन्ध गरिदिएको हो । नगरप्रमुख गणेश पोखरेलको नेतृत्वमा नगर […]