Sajhamanch Archive

सहारा नेपाल साकोसः २८औं स्थापना दिवस विद्यार्थीलाई शैक्षिक सामग्री

Published: in लोकप्रिय, शिक्षा, समाज, सहकारी by . Leave a Comment on सहारा नेपाल साकोसः २८औं स्थापना दिवस विद्यार्थीलाई शैक्षिक सामग्री.

कनकाई । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दुर्गापुर सेवा केन्द्रले एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । सहारा दुर्गापुर सेवा केन्द्रले संस्थाको २८औं स्थापना दिवसको अवसरमा सोमबार आज कनकाई नगरपालिका वडा नम्बर २ मा अवस्थित सरस्वती माद्यमिक विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो […]

प्रविधिमैत्री सहकारी कारोबार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी, by . Leave a Comment on प्रविधिमैत्री सहकारी कारोबार.

नेपाली मुद्राको छपाईमा बर्सेनी अर्बौं रुपैयाँ खर्चंदै आएको नेपाल राष्ट्र बैंकले ‘गो क्यासलेस’को नारा दिएर बैंक तथा वित्तीय संस्थाहरुलाई ‘डिजिटल्ली’ वित्तीय कारोबार गर्न सुझाएको छ । यही नारालाई सार्थकता प्रदान गर्दै बैंकहरुले डिजिटल कारोबार गर्न थालेका हुन् । पछिल्ला केही वर्षदेखि नेपालका सहकारी संस्थाहरुले पनि अत्याधुनिक प्रविधि अंगालेका कारण पैसाको कारोबार गर्न अझ सजिलो बनाएका […]

कस्ता सहकारी बनाउने, कस्तो सदस्य बन्ने ?

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, शिक्षा, समाज, सहकारी, by . Leave a Comment on कस्ता सहकारी बनाउने, कस्तो सदस्य बन्ने ?.

कुनै पनि व्यक्ति वा संस्थाको जीवनमा समस्या देखिनु कुनै अनौठो र कहिल्यै कसैलाई नभएको कुरा होइन । सामान्यतया प्रगति गर्दै अगाडि बढिरहेका व्यक्ति, परिवार वा संघसंस्थामा समस्या आइरहन्छन् । साधारण भाषामा भन्दा यस्ता समस्याहरुको कुशलतापूर्वक समाधान गर्दै जाँदा नै विकास हुन्छ । अहिले सहकारी संस्थाहरुमा देखिएको समस्या पहिला पनि थियो र पछि पनि यस्ता समस्या […]

राहत हस्तान्तरणमा बिर्तामोड २ को अनुशरणयोग्य तत्परता

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on राहत हस्तान्तरणमा बिर्तामोड २ को अनुशरणयोग्य तत्परता.

बिर्तामोड । दैवी तथा प्राकृतिक विपत्ती जहिले पनि जसलाई पनि पर्न सक्दछ । यसले धनी गरिब छुट्याउँदैन । शुक्रबार साँझ आएको असिना सहितको वर्षात् र हावाहुरीले पनि झापाका धेरै परिवारको बिचल्ली बनाएको छ । असिनाले मकैका बोट, सागसब्जी लगायत पुरानो टिनको छानो छिया छिया बनाई दिएको छ । आँधी हुरीसहित आएको वर्षातका कारण स्टिल इण्डष्ट्रिजमा […]

आराध्य साकोसको स्वास्थ्य शिविरमा ३०० ले आँखा जँचाए

Published: in लोकप्रिय, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on आराध्य साकोसको स्वास्थ्य शिविरमा ३०० ले आँखा जँचाए.

मेचीनगर । झापाको मेचीनगरमा आयोजित एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा ३०० जनाले आँखा परीक्षण गराएका छन् । मेचीनगर–७ स्थित मदनबस्तीमा प्रधान कार्यालय रहेको आराध्य बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको एकदिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा ३०० जनाले आँखा जाँच गराएका हुन् । मेची नेत्रालय काँकरभिट्टाको दृश्य विशेषज्ञसहितको प्राविधिक सहयोग रहेको आँखा शिविरमा […]

छानो उडाउँदा पाथीभरा स्टिल इण्डष्ट्रिजमा ठूलो क्षति

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on छानो उडाउँदा पाथीभरा स्टिल इण्डष्ट्रिजमा ठूलो क्षति.

बिर्तामोड । आँधी हुरीसहित आएको वर्षातका कारण पाथीभरा स्टिल इण्डष्ट्रिजमा ठूलो क्षति भएको छ। शुक्रबार साँझ आएको आँधी हुरीसहितको वर्षातले बिर्तामोड नगरपालिका वडा नम्बर २ मा रहेको सो उद्योगमा करोडौंको क्षति भएको सञ्चालकले जनाएका छन् । उद्योगमा एसीबी २ थान, ५०० एचपी मोटर, ७ एमएम टोकरीको प्यानल र मोटरसहित सेड, पुसरको प्यानल र मोटर, भट्टी […]

बालबालिकामा पोषण बृद्धि सम्बन्धी नगरपालिकामा छलफल

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बालबालिकामा पोषण बृद्धि सम्बन्धी नगरपालिकामा छलफल.

बिर्तामोड । नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । आधारभूत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक संजीव लामा घिसिङले नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरुमा कुपोषण धेरै भएको बताए […]

बिर्तामोडमा क्याम्ब्रिज कोर्स अध्यापनका लागि तक्षशीला र क्याम्ब्रिजबीच सम्झौता

Published: in प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा क्याम्ब्रिज कोर्स अध्यापनका लागि तक्षशीला र क्याम्ब्रिजबीच सम्झौता.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ६ मा रहेको तक्षशीला एजुकेशन फाउन्डेसनले आगामी शैक्षिक सत्र २०८० देखि क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन गराउने भएको छ । शनिबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा तक्षशीलाका प्रिन्सिपल रोहित ढुंगेलले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई क्याम्ब्रिजको अंग्रेजी कोर्स अध्यापन गराइने जानकारी दिएका हुन् । […]

२०७९ को एसईई परीक्षामा झापाका १५ हजार ८५८ परीक्षार्थी सहभागी

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on २०७९ को एसईई परीक्षामा झापाका १५ हजार ८५८ परीक्षार्थी सहभागी.

झापा । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ का लागि झापाका १५ हजार ८५८ परीक्षार्थी सहभागी भएका छन् । शिक्षा समन्वय इकाई झापाको विवरण अनुसार झापामा १२६ सामुदायिक र २३९ संस्थागत विद्यालयका विद्यार्थी एसईईमा सहभागी भएका हुन् । एसईई परीक्षाका लागि झापामा ५६ वटा परीक्षाकेन्द्र रहेका छन् । सामुदायिक विद्यालयतर्फ १२७ वटा र सस्थागततर्फ २३९ गरी […]

पहिचानवादीद्वारा पालिका र वडाहरुमा तालावन्दी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on पहिचानवादीद्वारा पालिका र वडाहरुमा तालावन्दी.

झापा । कोशी प्रदेश नामकरणको विरोध जनाउँदै आन्दोलनमा उत्रिएका पहिचानवादीहरुले शुक्रबार झापाको कमल गाउँपालिका, मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका कार्यालय तथा केही वडाहरुमा तालाबन्दी गरेका छन् । प्रदेश १ को पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आव्हानमा उनीहरुले घोषित आन्दोलनको कार्यक्रम अनुसार पालिकाको कार्यालयमा तालावन्दी गर्नुका साथै कोशी लेखिएका कार्यालयका कागजातहरु जलाएका छन् । विभिन्न ठाउँबाट सहभागी […]