हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. ३ की सामाजिक अभियन्ता ईश्वरा तिवारी र खड्ग तिवारीले १० लाख रुपैयाँ मूल्यको एक कठ्ठा जग्गा बाल संस्कार केन्द्र सञ्चालनका लागि दान गरेका छन् । तिवारी दम्पत्तिले सो जग्गा जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपाललाई दान गरेका हुन् । जग्गादाता तिवारी दम्पत्तिलाई प्रतिष्ठानले शुक्रबार एक कार्यक्रमबीच हल्दिबारीको पाराखोपीमा सम्मान […]
मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आफूले चर्चेको जग्गा आफ्नो नाममा दर्ता गराउन नगरपालिकालाई सिफारिस माग गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रतिष्ठानले भोगचलन गरेको जग्गाको प्रमाणपत्रहरु जुटाई मेचीनगर नगरपालिकाबाट सिफारिस लिई राष्ट्रिय आवास कम्पनीसँग जग्गा दर्ता गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा […]
इलाम । कोशी प्रदेश अन्तरगत इलाम जिल्लाको सदरमुकाममा रहेको इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । झापाको मेचीनगर नगरपालिका वडा नं. ३ बाहुनडाँगीका ३४ वर्षीय साइँला भनिने मनराज राई फरार भएका हुन् । इलाम कारागार देशकै नमूना सुधारगृहका रुपमा परिचित भए पनि यहीँबाट थुनुवा फरार भएकाले घटनालाई आश्चार्यको रूपमा लिइएको छ । हिजो बिहीबार […]
कमल । झापाको कमल गाउँपालिकाले औलो तथा कालाजार रोगथामका लागि विषादी छर्किने अभियान सुरु गरेको छ । वर्षा लाग्नासाथ लामखुट्टेको कारण मानिसमा औलो तथा कालाजार लगायतका विभिन्न महामारी फैलिन सक्ने भएकोले त्यसको रोगथामका लागि गाउँपालिकाले विषादी छर्किने अभियान सुरु गरेको हो । गाउँपालिका भित्र रहेका सबै बजारमा विषादी छर्किने अभियान सुरु भएको र यो अभियान […]
काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल देशभर १२३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार मात्रै १७ जना कोरोनाबाट संक्रमणमुक्त […]
काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । स्वर्णिमले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्नुपर्ने भन्दै २०८० सालको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा देखिने बताएका छन् । ‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आवद्ध नभएका स्वतन्त्रता […]
च्याट जीपीटीको उत्तर छः ‘च्याट जीपीटी तीव्र रूपमा परिष्कृत हुँदै गइरहेको छ । यसले बृहत् क्षेत्रमा काम गर्न सक्छ । तर यसले सबै अवस्थामा मान्छेका काम भने विस्थापित गर्न सक्दैन ।’ विज्ञ भन्छन्ः ‘एआईको सहयोगले आर्थिक फाइदालाई बढाउन र नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नीति निर्माताहरूले समाजका सबै पक्षको हितमा काम गर्नुपर्ने देखिन्छ ।’ काठमाडौँ । […]
मेचीनगर । पूर्वका विभिन्न पालिकालाई नेपाल चिया विकास निगमले कर नतिरेको विषयमा आज मेचीनगर नगरपालिकामा ६ वटा पालिकाका प्रमुखहरुको बैठक भएको छ । नेपाल सरकारले नेपाल चिया विकास निगम र संघाई ग्रुपका पुरुषोत्तम लाल संघईलाई भाडामा दिइएको ६ वटा चिया बगानबाट हालसम्म कुनै पनि स्थानीय तहलाई कर नबुझाएको पाइएको हो । कर असुलीका लागि झापाको […]
दुबई । आदिवासी जनजाति युवा महासंघ युएईको दोश्रो अधिवेशन दिपक थापा मगरलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ । उनी दोश्रो पटक अध्यक्षमा चयन भएका हुन् । नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिजया लक्ष्मी राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष तेज पुलामी मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । तीन वर्षे कार्यकालमा दुई […]
कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. १ दुर्गापुरस्थित श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिरमा सञ्चालन भएको महापुराणमा भक्तजनको उपस्थिति एवम् दाताहरुको सहयोगले अत्यन्तै उत्साहजनक बनाएको छ । भौतिक संरचना निर्माण गर्ने र अक्षयकोष वृद्धि गर्ने उद्देश्य लिएर सञ्चालन गरिएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञमा दिवाकालीन र रात्रीकालीन समयमा भक्तजनको घुइँचो हुने गरेको छ । […]