काठमाडौं । दुई महिना पछि सञ्चालन गर्ने गरी यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरिएको छ । माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म हुने तालिकामा उल्लेख छ । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो […]
बिर्तामोड । सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सञ्चालनका लागि बिर्तामोडका सहकारीकर्मीलाई तालिम सुरु गरिएको छ । बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको सो तालिममा ६० जना सहभागी रहेका छन् । बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका प्रदेश र नगरपालिका मातहतका सहकारी संस्थाका प्रतिनिधिहरुलाई कोपोमिस तालिम दिइएको सहकारी शाखाका अधिकृत डिल्ली दाहालले जनाएका छन् । बिर्तामोडमा प्रदेश […]
मेचीनगर । मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । मेचीनगर १२ स्थित आफ्नै घरमा निर्मित खोरमा थुनिएर बाँच्न बाध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी उपचारका लागि चितवन पठाएइको हो । मानसिक रोगी हिंडडुलसमेत गर्न नसक्ने अवस्थाका राईलाई परिवारले घरमा नै सानो खोर बनाएर राखेका थिए । बाहिर राख्दा […]
भद्रपुर । नेपालको तराइमा पाइने रैथाने जातको मुर्राभैंसी संकटमा परिरहेको तथ्याङ्क सार्वजनिक गरेर राज्यको निकाय बसिरहेको छ । तर पनि सम्भवतः झापामा सञ्चालन गरिएको ठूलो मुर्राभैंसी फर्म राज्यको सानो सहयोगसमेत नपाएर संकटग्रस्त अवस्थामा छ । सुवेदी कृषि फर्म नाममा भद्रपुर १ साविकको पृथ्वीनगरको कमानसिंह मार्गमा ५४ वटा मुर्राभैंसी पालन केन्द्र रहेको छ । संकटपूर्ण अवस्थामा […]
झापा । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रेम आचार्यको परिवारलाई ५० लाख रुपैयाँ हाराहारीको दाबी भुक्तानी प्रदान गर्ने भएको छ । नयाँ वानेश्वरको संसद भवन अगाडि गत मंगलबार आत्मदाह गरेका आचार्यले २०७७ सालमा सन नेपालमा ५० लाख रुपैयाँ बीमाङ्कको धनन्जय जीवन बीमा पोलिसी खरिद गरेका थिए । आचार्यले आफ्नो सुसाइड नोटमा ‘बिर्तामोड झापा शाखाका मानिसहरुले […]
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । नागरिकतासम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने नागरिकताविहीन अवस्थामा सांसद रहन नसक्ने स्पष्ट पारेको हो । संवैधानिक इजलासको फैसलासँगै लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पदबाट समेत हटेका छन् । उनी गत ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति वडा नम्बर १ का अध्यक्ष अनिल वाग्लेले आफ्नो वडाका सामुदायिक विद्यालयका बाल कक्षालाई व्यवस्थित र सुविधायुक्त कक्षाका रुपमा विकास गर्ने कार्य सुरु भएको बताएका छन् । त्रिभुवन माविकोे ६६औँ वार्षिकोत्सवमा आज प्रमुख अतिथिका रुपमा मन्तव्य राख्दै वडाध्यक्ष वाग्लेले यस्तोे बताएका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग तिम्सिना पवनको सभापतित्वमा भएको कार्यक्रममा […]
बिर्तामोड । बिर्तामोड वडा नं. ४ स्थित कालिका टोलका ५० घर परिवारलाई ब्ल्याङ्केट बितरण गरिएको छ । स्थानीय बिलिभर्स ईस्टर्न चर्च बिर्तामोडले परिवारको आर्थिक अवस्थालाई हेरेर सामाजिक उत्तरदायित्व अन्तर्गत ब्ल्याङ्केट बितरण गरेको बताइएको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राहुल शर्मा, चर्चका भिखार जनरल रेभरेन फादर डाक्टर चित्रकुमार रुपाचा, स्थानीयबासी एवम् दलित […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएसंगै नगर भित्रहुने अवैध नदी दोहनमा कडाइ गरिएको छ । नगर प्रमुख बुढाथोकीको नेतृत्वले साउनयता मेची, निन्दा र हडिया खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनलाई पक्राउ गरी धमाधम कार्वाही भइरहेको हो । नगरपालिकाले सात महिनाको अवधिमा मात्रै अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा […]
झापा । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले पुरस्कृत कृति तथा प्रतिभा छनौट सम्पन्न गरी आज सार्वजनिक गरेको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बुधबार बसेको बैठकले २०७८ सालमा प्रकाशित कृतिहरु मध्येबाट बसन्त बस्नेतद्वारा लिखित ‘महाभारा’ लाई बर्षोत्कृष्ट कृतिका रुपमा छनौट गरेको हो । त्यस्तै विष्णुचन्द्र पद्मा विशेष प्रतिभा पुरस्कार कलाकार तथा प्राज्ञ पवन राजवंशीलाई […]