दमक । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले दमक अस्पतालमा उपेक्षित उष्णप्रदेशीय रोगहरुको एकीकृत उपचार कक्षको उद्घाटन गरेका छन् । फेयरमेडको सहयोगमा दमक अस्पतालमा स्थापना गरिएको एकीकृत उपचार कक्षको नगरप्रमुख थापाले उद्घाटन गरेका हुन् । पछिल्लो समय उपेक्षित उष्णप्रदेशीय रोगहरुका कारण बिरामाी बढ्न थालेपछि प्रभावकारी उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उपचार कक्षा सुरु गरिएको जनाइएको छ […]
बिर्तामोड । राष्ट्रिय सहकारी महासंघले सार्वजनिक गरेको देशभरबाट छानिएका ३०० वटा सहकारीको सूचिमा झापाको हाम्रो नेपाल साकोस पनि परेको छ । देशभरका २८ हजार ५८६ सहकारी संस्थाहरु मध्येबाट झापाका ११ वटा संस्था सो सूचीमा परेको जनाइएको छ । आज अपरान्ह हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार […]
मेचीनगर । बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर–५ स्थित घैलाडुब्बा शिवालय मन्दिरको सभाहलमा साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दशरथ खडियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख […]
बिर्तामोड । झापाको बिर्तामोडमा पर्ने सैनिकमोडदेखि हल्दिबारीको गोलधाप बजार जाने सडक खण्डमा भइरहेको कालोपत्रे निमार्णका क्रममा देखिएको विवाद छलफल पछि समाधान भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित सैनिकमोड चौकमा रहेको राजेश राजवंशीको घरमा जोडिएको लाछी सडक मापदण्ड अनुसार भत्काउनु पर्ने भएपछि जग्गा धनी र सरोकारवालाहरु विच विवाद भएको थियो । आज बिर्तामोड […]
झापा । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सात वटै प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेश प्रमुखको कार्यालयमा अलग अलगरूपमा प्रतिवेदन बुझाएको […]
हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयमा आज स्वर्ण महोत्सव समुद्घाटन गरिएको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको साताव्यापी महोत्सवको प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले समुद्घाटन गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार राईको अध्यक्षतामा आयोजित समारोहलाई सम्बोधन […]
फिदिम । पाँचथर जिल्लाको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले साना साना व्यवसायीहरुसँग छरिएर रहेको रकमलाई एकीकृत गरी आर्थिक टेवा पुर्याउने सहकारी अभियानको उद्देश्यप्रति सबै एकाकार हुनुपर्ने बताएका छन् । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले फिदिममा स्थापना गरेको सेवा केन्द्र उद्घाटन समारोहमा नगर प्रमुख काफ्लेको यस्तो भनाई आएको हो । […]
काठमाडौ । निर्वाचन आयोग नेपालले २०७९ मङ्सीर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेको हो । प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले नेपालको संविधान जारी भएपछि […]
शिवसताक्षी । शिवसताक्षीको दूधेमा महिलाहरुका लागि नेतृत्व तथा व्यक्तित्व विकास तालिम सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ को संयोजन सतासीधाम जेसीजको आयोजनामा महिलाहरुको क्षमता विकासका लागि दुई दिवशीय नेतृत्व तथा व्यक्तित्व विकास तालिमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले महिलाहरुले पनि आफ्नो क्षमता विकास […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९/८/२७ विज्ञापन नं. ३३ (२०७९।०८०) यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) र VARAHA CLIMATEAG PRIVATE LIMITED, HARIYANA, INDIA का बीचमा जलवायु परिवर्तनको प्रभाव र कार्बन उत्सर्जन न्यूनीकरणसँग सम्बन्धित साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको छ । यसै […]