बिर्तामोड । युवा नागरिक समाज झापाले बिर्तामोड नगर कमिटी घोषणा गरेको छ । समाजका सल्लाहकार, समाजसेवी तथा शिक्षासेवी कनकाई फाउण्डेसनका अध्यक्ष जयनारायण ढुंगानाको प्रमुख आतिथ्यमा बिर्तामोडमा शनिबार आयोजित कार्यक्रममा नगर कमिटी घोषणा गरिएको हो । पुष्पराज प्रसाईको अध्यक्षतामा गठित २१ सदस्यीय नगर कमिटीको वरिष्ठ उपाध्यक्षमा सरोज खड्का (मिलन), उपाध्यक्ष अमित प्रसाई, सचिव रोजन भेट्वाल, सहसचिव […]
बिर्तामोड । आधारभूत तहमा अध्ययन गर्ने बालबालिकाहरुमा सांस्कृतिक पर्वको महत्व दर्शाउँदै गैर शैक्षिक क्षमता अभिवृद्धि गराउने उद्देश्यले बिर्तामोडस्थित न्युटन्स एजुकेशन एकेडमीले आज तिहार विशेष सांस्कृतिक कार्यक्रम गरेको छ । अभिभावकहरुको उपस्थितिमा कक्षा १ र २ मा अध्ययनरत नानी बाबुहरुको गीत, नृत्य एवम् देउसीभैलोको प्रस्तुति मार्फत् उनीहरुमा सांस्कृतिक चेत भर्न कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल देवेन्द्र […]
झापा । प्रतिनिधिसभा सदस्य पदका लागि झापा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका भद्रप्रसाद नेपाल (स्वागत)ले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेका छन् । उनले आफ्नो घोषणापत्रमा स्वास्थ्य, शिक्षा, आवास निःशुल्क उपलब्ध गराउने बाचा गरेका छन् । यसको कार्यान्वयनका लागि आफूसँग प्रस्ट दृष्टिकोण र कार्यक्रमहरु रहेको उनको दावी छ । ‘आफूले नै […]
कमल । उद्यमशील महिला जागरण केन्द्रले आफ्नो चौथो वार्षिक साधारण सभा बिहबिार सम्पन्न गरेको छ । जनचेतनाको अभावका कारण समाजमा देखिने बिकृति र विसंगती, महिला हिंसा, बाल हिंसा, यौन शोषण, लागुपदार्थ दुव्र्यसनी झैझगडा लगायतका समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले २०७४ सालमा सो संस्था स्थापना भएको थियो । यस्ता समस्याहरु समाधानका लागि गरिने तालिम, गोष्ठी तथा सेमिनारले […]
नेपालको कम्युनिष्ट आन्दोलनमा इमान्दार र सादगी नेताको रुपमा आफूलाई उभ्याउनु भएका देवराज घिमिरेको जन्म २०१३ साल जेठ १३ गते भएको हो । ताप्लेजुङ जिल्लाको साविक सिकैंचा गाविस वडा नं. ६ हाल श्रीजंघा गाउँपालिका वडा नं. ३ निवासी पदमप्रसाद र भिमकुमारी घिमिरेको माइलो छोराको रुपमा उहाँको जन्म भएको हो । राजनीतिक रुपमा उहाँ अहिले नेपाल कम्युनिष्ट […]
अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले अधुरा रहेका विकासको काम पूरा गर्न नेकपा एमालेको आवश्यकता रहेको बताएका छन् । झापाको अर्जुनधारा नगरपालिका वडा नं. २ मा आयोजित नेकपा एमाले र राप्रपाको वडास्तरीय संयुक्त कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै एमाले नेता घिमिरेले विकासका काम पूरा गर्न एमालेलाई मत […]
चिन्तन पाठकको नामले नेपालको राजनीतिक सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका उनको वास्तविक नाम तिलचन पाठक हो । बुवा देवीप्रसाद र आमा लक्ष्मीदेवी पाठकको काईंलो छोराका रुपमा चिन्तनको जन्म वि. सं. २०२३ साल कात्तिक १७ झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. २ मा भएको हो । अहिले नेपाल कम्युनिष्ट पार्टी एमाले १ नम्बर प्रदेश कमिटीको सचिवको […]
बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरलाई उत्कृष्ट अनुसन्धानकर्ता प्रहरीको रूपमा पुरस्कृत गरिने भएको छ । ६७औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले देशभरमा भएका प्रहरी अधिकृतहरुको अनुसन्धान कार्यसम्पादन लगायतका विषयलाई अध्ययन गरी डीएसपी कुँवरलाई उत्कृष्ट ठहर गरेपछि पुरस्कृत गर्न लागेको हो । डिएसपी कुँवरले अर्जुनधारामा भारतीय नागरिकको हत्यामा संलग्न आरोपीलाई […]
चन्द्रगढी । झापा निर्वाचन क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्य पदका लागि स्वतन्त्र रुपमा हिराप्रसाद पोख्रेलले उम्मेद्वारी दिएका छन् । निर्वाचनमा जेब्रा चुनाव चिन्ह लिएर प्रदेश सभाका सदस्यका लागि चुनावमा होमिएका छन् । दलहरुको प्रतिश्पर्धा चलिरहेका बेला उनले प्रदेश (ख) बाट स्वतन्त्र उम्मेद्वारी दिएर आम प्रदेश बासी नागरिकको मन जितेर मत आफ्नो पक्षमा […]
विराटनगर । प्रदेश १ को रानी–विराटनगर–इटहरी सडक खण्डमा डिजाइन स्वीकृत भएको स्थानमा बाहेक अन्यत्र खुल्ला गरिएका डिभाइडरहरू बन्द गरिने भएको छ । आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको सडक सुरक्षा सम्बन्धी छलफलमा खुल्ला डिभाइडर बन्द गरिने निर्णय भएको हो । सडक सुरक्षाका सन्दर्भमा प्रदेश सरकारले गम्भीर भएर काम गरिरहेको र जथाभाबी खुल्ला गरिएका डिभाइडरले […]