Sajhamanch Archive

सुडानमा रहेका ८ जना नेपाली आज फर्किंदै, ५ जना भोलि आउने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on सुडानमा रहेका ८ जना नेपाली आज फर्किंदै, ५ जना भोलि आउने.

काठमाडौं । सुडानमा अलपत्र परेका नेपाली नागरिकको सुरक्षित उद्धारको प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट ३० अप्रिल २०२३ मा जेद्दा शहर पुर्‍याइएको छ। जेद्दा पुगेका १९ जनामध्ये ६ जना नेपाली मंगलबार रोजगारदाता कम्पनीको प्रबन्धमा दुवईस्थित सोही […]

चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत फेला

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत फेला.

चितवन । चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकस्थित आफ्नो अफिसको कोठाभित्र कँडेल झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी अनमोल फिड्सका सञ्चालक हुन् । कँडेल झुण्डिएको कोठामा सुसाइड नोटसमेत भेटिएको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । […]

ताप्लेजुङमा हिमपात

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on ताप्लेजुङमा हिमपात.

काठमाडौँ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो। ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ। हिमाल चाँदीजस्तै सेताम्य भएर टल्केका छन्। फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा नं ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको स्थानीयले बताएका छन्। घुन्साका टासी छिरिङ शेर्पाका […]

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार पक्राउ.

काठमाडौँ। नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको छ। मंगलबार बिहान जिल्ला प्रहरी परिसर ललितपुरको समन्वयमा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो। ललितपुरस्थित सुनकोठीबाट राई पक्राउ परेका हुन्। प्रहरीले राईसँग सोधपुछ सुरु गरेको […]

परराष्ट्रमन्त्रीको बेलायत भ्रमण स्वीकृत

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on परराष्ट्रमन्त्रीको बेलायत भ्रमण स्वीकृत.

काठमाडौं । सरकारले बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई स्वीकृत दिएको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले साउदको बेलायत भ्रणम स्वीकृत गरेको एकमन्त्रीले जानकारी दिए । चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन साउद वैशाख २१ गते बेलायत जाने मिति तय भएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा जाने तय भएको […]

बझाङमा हिमपहिरो, यार्सागुम्बा टिप्न गएकी महिला बेपत्ता

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on बझाङमा हिमपहिरो, यार्सागुम्बा टिप्न गएकी महिला बेपत्ता.

काठमाडौँ। बझाङमा हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् । जिल्लाको सुर्मा गाउँपालिका १ मा सोमबार राति हिमपहिरोमा जाँदा पुरिएर स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले यार्सागुम्बा टिप्न गएकी बोहरा हिमपहिरोमा पुरिएर बेपत्ता भएको जानकारी दिए । उनको खोजीका लागि प्रहरी […]

आज पनि देशका पहाडी भू–भागमा वर्षाको सम्भावना

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on आज पनि देशका पहाडी भू–भागमा वर्षाको सम्भावना.

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य […]

धनुषामा टिपरको ठक्करबाट बालकको मृत्यु, बालिका गम्भीर घाइते

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on धनुषामा टिपरको ठक्करबाट बालकको मृत्यु, बालिका गम्भीर घाइते.

जनकपुरधाम । धनुषामा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । एक बालिका गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर सिर्काटोलका ७ वर्षीय रियान्स कुमार दनुवार छन् । सोमबार दिउँसो विद्यालयबाट घर फर्किरहेका बालक र बालिकालाई प्रदेश–२–०३–००१ क १६२१ नम्बरको टिपरले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । टिपरको ठक्करबाट सोही […]

कञ्चनपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on कञ्चनपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु.

धनगढी । कञ्चनपुरमा सडकमा रोकिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिका ५ को वनदेवी मन्दिर नजिकै सूपप्र ०२/००/४ प १८४६ नम्बरको मोटसाइकल र से१त २८२९ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार दुर्घटनामा मोटरसाइकल चालक सवार वेदकोट नगरपालिका १० का २८ वर्षीय तपेन्द्र […]

लुटपाटका लागि बीभत्स हत्या

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on लुटपाटका लागि बीभत्स हत्या.

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौं कपन सरस्वतीनगरकी निरु पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा एकजनालाई सार्वजनिक गरेको छ। ब्युरोले आइतबार पत्रकार सम्मेलन गरी निरु हत्या आरोपमा पक्राउ परेका झापाको मेचीनगर नगरपलिका–१० का ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो। हत्या भएको १० दिनपछि आरोपितलाई सार्वजनिक गरिएको हो। हत्यामा विश्वकर्मा एक्लैको संलग्नता […]