Sajhamanch Archive

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध.

भरतपुर । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आज बिहान पनि सोही ठाउँमा […]

ताप्लेजुङ पहिरो प्रभावितलाई इन्द्रेणीको सहयोग

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on ताप्लेजुङ पहिरो प्रभावितलाई इन्द्रेणीको सहयोग.

ताप्लेजुङ । कलाकार कृष्ण कडेंल नेतृत्वको इन्द्रेणी टोली सहयोग रकम समेत लिएर ताप्लेजुङको पहिरो प्रभावित क्षेत्र सिदिङ्वा गाउँपालिका पुगेको छ। सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेले र वडा नं ३ आङ्खोपका पहिरो पीडित १३ घर परिवारलाई इन्द्रेणी टोली ४ लाख २० हजार रकम हस्तान्तरण गरेको कडेंलले जानकारी दिए। यो टोलीले मेहेलेका पहिरो प्रभावित बासिन्दाहरुसंग साक्षात्कार […]

आन्दोलनमा उत्रिए ढुवानीसम्वद्ध यातायात व्यवसायी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on आन्दोलनमा उत्रिए ढुवानीसम्वद्ध यातायात व्यवसायी.

काठमाडौँ । साना यात्रुबाहक सवारी, ढुवानीसम्वद्ध यातायात व्यवसायी र चालकले आआफ्ना सवारी साधन बोकेर प्रदर्शन गरेका छन्। बिहीबार काठमाडौँको सितापाइलामा भेला भएर उनीहरुले सवारीसाधनको प्रदर्शनसहित रिङरोड परिक्रमा गर्ने बताएका छन् । रातो नम्बर प्लेटका सवारी साधनलाई यात्रु ओसारपसार गर्न निषेध गर्ने, अनलाइन ट्याक्सी बुकिङ बन्द गर्नेलगायतका माग राख्दै आन्दोलन गरिएको राष्ट्रवादी यातायात व्यवसायी महासंघका इन्चार्ज […]

चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीमा रोक

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीमा रोक.

चितवन । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको हो । यससँगै डुङ्गा सञ्चालनजस्ता पर्यटकीय गतिविधिमा […]

मन्त्री राजभण्डारीलाई ५ दिनभित्र अदालतमा जवाफ पेश गर्न आदेश

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on मन्त्री राजभण्डारीलाई ५ दिनभित्र अदालतमा जवाफ पेश गर्न आदेश.

मोरङ । उच्च अदालत विराटनगरले कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्विकुमार राजभण्डारीलाई ५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ। मन्त्री राजभण्डारीविरुद्ध परेको ‘अदालतको अवहेलना’ मुद्दामा बुधबार उच्च अदालतले मन्त्री आफैँ उपस्थित भएर लिखित जवाफ र बयान दिन आदेश गरेको हो। कायम मुकायम मुख्य न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले अदालतको अवहेलना […]

झापामा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on झापामा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन.

झापा । झापा जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ। योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन्। गौरादह नगरपालिका–२ र अर्जुनधारा नगरपालिका–३ मा टिस्यु कल्चर प्रविधिबाट जी–नाइन, विलियम हाइव्रेड र मालबोक जातका केराको बिरुवा उत्पादन गर्न थालिएको हो। झापा जिल्लामा उत्पादित केराका बिरुवा यहाँको वातावरणमैत्री रहेकाले केरा […]

उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा.

छेन्दु । पाँच दिने चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा आइपुगेका छन् । छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा आज उनलाई सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गरे। उपप्रधानमन्त्री श्रेष्ठलाई विमानस्थलमा चिनियाँ बालबालिकाले स्वागत गरेका थिए। उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन […]

गुणस्तरहीन भएको भन्दै धनुषामा स्थानीय बासिन्दाले रोके सडक ढलान

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on गुणस्तरहीन भएको भन्दै धनुषामा स्थानीय बासिन्दाले रोके सडक ढलान.

जनकपुरधाम। धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा मापदण्ड पालनै नगरी सडक ढलान गरेपछि स्थानीय वासिन्दाले काममा रोक लगाएका छन्। गाउँपालिका कार्यालय अगाडिको सडक ढलान गर्दा ग्राभेल नओच्छ्याई माटोमाथि नै ढलान गरेको र अत्यधिक माटो मिसिएको गिटी प्रयोग गरेको देखेपछि स्थानीय वासिन्दाले काममा रोक लगाएका छन्। सोमबार मापदण्ड अनुसार ढलान नगरेपछि विरोध गरेका स्थानीयले मंगलबार पनि त्यस्तै काम गरेपछि […]

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई अदालत लगिँदै

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on ललिता निवास प्रकरणमा पक्राउ परेकालाई अदालत लगिँदै.

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई हिरासतमा राख्ने अनुमति लिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेको छ । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका उनीहरुलाई हिरासतमा राख्ने अनुमति लिन बुधबार जिल्ला अदालतमा पेश गर्दैछ । त्यसको तयारी स्वरुप बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा […]

हेवा खोलामा बाढी, मेची राजमार्ग पुनः अवरुद्ध

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on हेवा खोलामा बाढी, मेची राजमार्ग पुनः अवरुद्ध.

पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्‍याएपछि यातायात पुनः अवरुद्ध बनेको हो । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी […]