Sajhamanch Archive

शिवसताक्षीमा जारी फुटबल खेलः दुवै खेलमा वडा नं. ९ विजयी

Published: in खेलकुद by . Leave a Comment on शिवसताक्षीमा जारी फुटबल खेलः दुवै खेलमा वडा नं. ९ विजयी.

शिवसताक्षी । शिवसताक्षीमा जारी नगर स्तरीय अन्तर वडा भेट्रान र अन्डर १५ युथ फुटबल प्रतियोगिताका दुवै खेलमा वडा नम्बर ९ विजयी भएको छ । केएनके खेलमैदानमा भएको खेलमा वडा नम्बर ७ लाई पाखा लगाए सगै वडा नम्बर ९ अघिल्लो चरण प्रवेश गरेको हो। अन्डर १५ युथ तर्फ वडा नम्बर ९ ले वडा नम्बर ७ लाई […]

दूधेमा युवाका लागि आधारभूत पत्रकारिता तालिम सञ्चालनमा

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on दूधेमा युवाका लागि आधारभूत पत्रकारिता तालिम सञ्चालनमा.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको दूधेमा पाँच दिवसीय आधारभूत पत्रकारिता तालिम सञ्चालन गरिएको छ । साझामञ्च मिडिया प्रालिको आयोजनामा सञ्चालन गरिएको तालिममा शिवसताक्षी नगरपालिकाका सबै वडाबाट सिफारिस भइआएका युवा विद्यार्थीको सहभागिता रहेको छ । नगरप्रमुख मेगाहाङ थोप्राको प्रमुख आतिथ्य तथा उपप्रमुख नरमाया कार्कीको विशिष्ट आतिथ्यमा मंगलबार तालिमको उद्घाटन गरिएको हो । तालिम उद्घाटन समारोहलाई सम्बोधन […]

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय.

काठमाडौं। सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अब प्रत्‍येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । उनले भनिन्, ‘ शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको प्रस्तावमा अबदेखि प्रत्‍येक वर्ष असोज २ गते […]

नेप्से ५१ अंकले बढ्दा २१९ कम्पनीको सेयरमूल्य बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेप्से ५१ अंकले बढ्दा २१९ कम्पनीको सेयरमूल्य बढ्यो.

काठमाडौं । घट्दो ब्याजदरको प्रभाव सेयर बजारमा देखिएको छ । सोमबार नेपाल बैंकर्स संघले पत्रकार सम्मेलन गर्दै तरलता थप सहज हुने र ब्याजदर उल्लेख्य रुपमा घट्ने देखिएको बताएपछि मंगलबार सेयर बजारमा हरियाली छाएको छ । गत साताको सोमबार नेप्सेमा एकल अंकको सामान्य गिरावट भएर बन्द भएको नेप्से त्यसयता लगातार ६ कारोबार दिनसम्म बढेको छ । […]

कोशी प्रदेशको बजेट अधिवेशन आइतबार

Published: in प्रदेश तह, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on कोशी प्रदेशको बजेट अधिवेशन आइतबार.

विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेका छन् । जेठ १४ गते आइतबार दिउँसो २ बजेका लागि उनले बजेट अधिवेशन आह्वान गरेका हुन् । सोमबार प्रदेश मन्त्रीपरिषद् बैठकले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरेको प्रदेश […]

विश्वकप छनोटमा नेपालले पहिलो खेल जिम्बाब्वेविरुद्ध खेल्ने

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on विश्वकप छनोटमा नेपालले पहिलो खेल जिम्बाब्वेविरुद्ध खेल्ने.

काठमाडौँ । आगामी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल बलियो समूहमा परेको छ। आईसीसीले आज गरेको ड्र अनुसार नेपाल टेष्ट राष्ट्र वेष्टइण्डिज र जिम्बावे सम्मिलित समूहमा परेको हो। समूह ‘ए’ मा नेपालसहित वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन्। समूह ‘बी’मा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन्। १० टोली सहभागी विश्वकप […]

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट छ : प्रधानमन्त्री

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट छ : प्रधानमन्त्री.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले थाती रहेको सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गर्ने बताए । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि […]

क्रिकेट विश्वकप छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावेको समूहमा

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on क्रिकेट विश्वकप छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावेको समूहमा.

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावे रहेको समूहमा परेको छ । आईसीसीले आज गरेको ड्र अनुसार नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका समूहमा परेका हुन् । समूह बीमा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् । छनोट प्रतियोगिता आगामी जुन/जुलाईमा जिम्बावेमा हुँदैछ । लिग चरणको खेलपछि दुवै समूहका […]

संघीयतालाई सवल गर्ने ठोस नीति तथा कार्यक्रम देखिएन : सिके राउत

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on संघीयतालाई सवल गर्ने ठोस नीति तथा कार्यक्रम देखिएन : सिके राउत.

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले संघीयताको सवलिकरणका लागि ठोस कार्यक्रम नरहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । ‘नीति तथा कार्यक्रम ७० पानाको छ। जहाँ केवल तीन ठाउँमा संघीयता शब्द छ’ उनले भने, ‘संघीयतालाई सवल गर्ने खालको […]

नेपालले यू–२३ एसिया क्लालिफायर नखेल्ने

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on नेपालले यू–२३ एसिया क्लालिफायर नखेल्ने.

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०२४ मा हुने यू–२३ एसिया कपको छनोट प्रतियोगितामा टिम समावेश नगर्ने भएको छ । एन्फा प्रवक्ता सुरेश शाहले आर्थिक अभाव र वार्षिक योजनाको रणनीतिमा नपरेका कारण यसपल्ट टिम समावेश नगर्ने निर्णय भएको जानकारी दिए । विगतमा नेपालले नियमित रुपमा यू–२३ एसिया कप छनोट खेलिरहेको थियो । राष्ट्रिय […]