काठमाडौँ ।जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ। आइतबार अबेरसम्म पनि प्रतिवेदन लेखन नसकिएपछि आज बुझाउने तयारी प्रहरीले गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० दानबहादुर कार्कीले केही जरुरी […]
बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही जेठ १५ गते हुन लागेको निर्वाचनका लागि ९ पदमा २१ जनाले आज मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त प्यानल लोकतान्त्रिक राष्ट्रवादी समूहबाट ९ जनाको सिङ्गै प्यानलले उम्मेदवारी दिएका छन् । अर्को प्यानल स्वतन्त्र प्रगतिशील समूहबाट पनि ९ जनाको नै […]
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा आज पनि अन्तिम सुनुवाइ सुरु हुन सकेन । तर, लामिछानेका कानुन व्यवसायीले सुरुदेखि नै उठाएको उमेर विवादमा फेरि प्रमाण बुझ्ने आदेश भएको छ । न्यायाधीश फडिन्द्रनाथ पराजुलीको इजलासले प्रमाण बुझ्ने आदेश दिएको हो । लामिछाने पक्षले पुर्पक्षको बहसदेखि नै मुद्दाको जाहेरवाली नाबालिग नरहेको दाबी गर्दै आएको छ । […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित, माइधारमा जारी वडा स्तरीय फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा दुवै खेलमा वडा नं ८ विजयी भएको छ । भेट्रान प्रतियोगितामा वडा नं. १० लाई ०–५ गोलअन्तरले हराउँदै वडा नं. ८ विजयी भएको हो । वडा नं. ८ ले वडा नं. १० लाई दवाबमा राखेर खेल्दा वडा नं. […]
दमक । दमक नगरपालिकाले महिलाहरुका लागि नौमती बाजा बजाउने तालिम आजदेखि सुरु गरेको छ । नगरप्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराईले आज आयोजित विशेष कार्यक्रममा संयुक्तरुपमा तालिम उद्घाटन गरेका छन् । सो कार्यक्रममा मन्तब्य राख्दै नगरप्रमुख थापाले संस्कृतिको प्रबर्धन पनि हुने र महिलालाई आत्मनिर्भर पनि बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । पछिल्लो समय […]
काठमाडौँ । लापरबाहीपूर्वक कार चलाएर दुर्घटना गराउने बुढानीलकण्ठ(८ भद्रकालीका पृथ्वी मल्ललाई पाटन उच्च अदालतले ४ वर्ष जेल र ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । उच्च अदालतका न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले फैसला सुनाउँदै मल्ललाई जेल सजाय र जरिवानाको फैसला गरेको अदालतका शाखा अधिकृत गिरिराज भण्डारीले बताए । मल्लले लापरबाहीपूर्वक चलाएको कारले […]
धनगढी । बझाङमा हिमपहिरोमा ३ जना बेपत्ता भएका छन्, दुई जना घाइते छन् ।आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले बताए । अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको उनले जानकारी दिए । […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् । यो प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । त्यस क्रममा अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरी स्रोतले बताएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी […]
काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नेपाली सम्पर्कविहीन भएका हुन् । अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरुको आरोप छ । ‘जिल्ला प्रशासन कार्यालयमा इमेज सहकारीका सेयर सदस्यहरुले मेयर भागेको भन्दै निवेदन लिएर आएपछि हामीले […]
विराटनगर। कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। शपथग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई सबैको सहयोगमा समृद्ध प्रदेशका रुपमा विकास गर्ने बताए। उनले कोशी प्रदेश हुनु भन्दा पहिले […]