Sajhamanch Archive

खारेज गरिएको कार्यक्रम ब्युँताउन सत्तारूढ दलका सांसदले नै बढाए दबाब

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on खारेज गरिएको कार्यक्रम ब्युँताउन सत्तारूढ दलका सांसदले नै बढाए दबाब.

काठमाडौँ । बजेट दुरुपयोग र संघीयताको मर्मविपरीत भन्दै दुई वर्षअघि खारेज गरिएको संघीय सांसदको निर्वाचन क्षेत्रकेन्द्रित कार्यक्रम ब्युँताउन सांसदले दबाब बढाएका छन्  । आफ्नो तजबिजी रहने गरी हरेक निर्वाचन क्षेत्रका छुट्टै आयोजनालाई निश्चित रकम छुट्याइने ‘पूर्वाधार विकास साझेदारी कार्यक्रम’ सुरु गर्न सांसदहरूले लबिइङ जारी राखेका हुन्  । बजेट दुरुपयोग भयो भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजु […]

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै.

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ । सो बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम […]

कमल नगर अस्पताललाई दाताको स्वास्थ्य साम्रग्री उपहारमा

Published: in प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल नगर अस्पताललाई दाताको स्वास्थ्य साम्रग्री उपहारमा.

कमल । कोशी प्रदेश सरकारका स्वस्थ्य मन्त्री निर्मला लिम्बूले हरेक नागरिकलाई स्वस्थ र शुद्ध पिउने पानी सहज रुपमा उपलब्ध गराउनु पर्ने सरकारको दायित्व भएको बताएकी छन् । हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टको आर्थिक सहयोग र वर्क फर नेपालको व्यवस्थापनमा झापाको कमल गाउँपालिकास्थित कमल नगर अस्पताललाई उपहार स्वरुप स्वास्थ्य सामग्री र खानेपानी प्लान्ट हस्तान्तरण पछि […]

नक्कली भुटानी शरणार्थी प्रकरण : रिजाल र मिया पनि पक्राउ

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on नक्कली भुटानी शरणार्थी प्रकरण : रिजाल र मिया पनि पक्राउ.

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले रिजाललाई झापाबाट काठमाडौं आउने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । यसअघि नै पक्राउ परेका केही अभियुक्तले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने काममा टेकनाथ रिजालको नामसमेत लिएको र […]

कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा मन्त्र थकाली टिम लञ्च हुने

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा मन्त्र थकाली टिम लञ्च हुने.

बिर्तामोड । प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा बिर्तामोडको एउटा होटलले आफ्नो टिम बनाएर खेल्ने भएको छ । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा बिटिएम मन्त्र थकाली टिम लञ्च हुने भएको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी बिटिएम मन्त्र थकालीले आफ्नो टिम पनि घोषणा गरेको छ । होटल सञ्चालक उमेश खरेलले […]

विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै बाह्रदशी जेसीज

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै बाह्रदशी जेसीज.

बाह्रदशी । सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीहरुको अभिभावकत्व बाह्रदशी जेसीजले ग्रहण गरेको छ । विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई विद्यालयमा आवश्यक पर्ने सबैखाले शैक्षिक सामग्री बुधबार हस्तान्तरण पनि गरिएको छ । बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यार्थीलाई आवश्यक पर्ने स्टेशनरी सामग्रीदेखि ब्याग तथा जुत्तासम्म प्रदान गरिएको हो । विद्यार्थीको अभिभावकत्व […]

शिवसताक्षीको झिलझिलेमा भ्रष्टचार विरुद्ध एकेबद्धता

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीको झिलझिलेमा भ्रष्टचार विरुद्ध एकेबद्धता.

शिवसताक्षी । शिवसताक्षीमा नेकपा माओवादी केन्द्र शिवसताक्षी र सम्बद्ध जनवर्गिय संगठनहरुले भ्रष्टचार विरुद्ध खबरदारी कार्यक्रम गरेको छ । बुधबार साँझ शिवसताक्षी झिलझिलेमा भ्रष्टचार विरुद्ध ऐक्यबद्धता र खबरदारी हाम्रो जिम्मेवारी भन्ने नाराका साथ कार्यक्रम गरिएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र भट्टराई सबै भ्रष्टारीहरुलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्ने सरकार समक्ष माग […]

अष्ट्रेलियाली सहायकमन्त्री वाट्स भ्रमणका तीन सन्देश

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on अष्ट्रेलियाली सहायकमन्त्री वाट्स भ्रमणका तीन सन्देश.

काठमाडौँ । अष्ट्रेलियाका सहायक परराष्ट्रमन्त्री टिम वाट्स दक्षिण एसियाका चार मुलुकको भ्रमणको दौरान मंगलबार र बुधबार नेपाल भ्रमण गरे । उनको दुईदिने भ्रमण दुई मुलुकबीचको सांस्कृतिक सम्पदा, आर्थिक क्षेत्रमा सहकार्य र राजनीतिक सम्बन्धमा केन्द्रित रह्यो । बंगलादेशबाट भुटान हुँदै मंगलबार काठमाडौं उत्रिएका सहायकमन्त्री वाट्स बुधबार साँझ नयाँ दिल्ली लागे । नेपाल र अष्ट्रेलियाबीच सन् १९६० […]

झापाका वस्तुगत संघहरुले गरे सामुहिक सम्मान

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on झापाका वस्तुगत संघहरुले गरे सामुहिक सम्मान.

भद्रपुर । नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगततर्फको उपाध्यक्ष पदमा निर्वाचित हेमराज ढकाललाई झापाका वस्तुगत संघहरुले सम्मान गरेका छन् । वस्तुगत संघहरुले ढकालसँगै झापाबाट प्रतिनिधित्व गर्दै महासंघमा निर्वाचित केन्द्रीय सदस्यहरुलाई पनि सम्मान गरेका छन् । नेपाल चिया उत्पादक संघको अगुवाइमा नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल सुपारी प्रशोधन तथा निर्यात व्यवसायी संघ, नेपाल सुपारी खेती विकास संस्था, […]

प्रदेशको नाम ब्यानरमा नलेख्ने खेलकुद बोर्डका सदस्य सचिव वाग्ले बर्खास्त

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on प्रदेशको नाम ब्यानरमा नलेख्ने खेलकुद बोर्डका सदस्य सचिव वाग्ले बर्खास्त.

झापा । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो। गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा भएको प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश नलेखेको आरोपमा उनी बर्खास्त भएका हुन् । सदस्य सचिव […]