काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ । आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई आज अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने काठमाडौं प्रहरी परिसर स्रोतले बतायो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ […]
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्सले आइतबार चेन्नाइ सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । यस जितपछि कोलकाताले प्लेअफ पुग्ने सम्भावना बाँकी नै राख्दा चेन्ननाइले भने प्लेअफ पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ । जितले चेन्नाइले प्लेअफ पुग्ने पहिलो टिम बन्ने थियो भने हारले कोलकाता बाहिरिने थियो । तर कोलकाताले चेन्नाइलाई […]
काठमाडौं । बंगालको खाडीबाट विकसित भएको चक्रवातका कारण म्यानमार र बंगलादेशमा ठूलो क्षति पुगेको छ । म्यानमारमा कम्तिमा पाँच जनाको ज्यान गएको छ भने बंगलादेशमा हजारौं घरहरु ध्वस्त भएका छन् । तीव्र गतिको आँधीका कारण बंगलादेशको सेन्ट मार्टिन आइल्याण्डका १२ हजार घर र कोक्स बजार भन्ने स्थानमा रहेको रोहिंग्या शरणार्थी शिविरमा पनि करिब त्यति नै […]
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउन गरिएको अपराधका आरोपित पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वैशाख २० देखि फरार उनले बिरामी परेको भन्दै संसद् सचिवालयमा पत्र पठाएका थिए । तर, उनी भागेको १२ औं दिनमा राजधानीको बुढानीलकण्ठस्थित एक मित्रको घरबाट पक्राउ परेका छन् । […]
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख र कार्यपालिका सदस्यहरुबीचको विवाद मिलेको छ । धरानका मेयर हर्क साम्पाङले आइतबारको कार्यपालिका बैठकमा वडाध्यक्षहरुको राजीनामा माग गरेकोप्रति आत्मालोचना गरेपछि दुई महिनापछि विवाद मिलेको हो । मेयरसाबले कार्यपालिका सदस्य र जनप्रतिनिधिलाई सामाजिक सञ्जाल मार्फत जथाभावी नलेख्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । वडाध्यक्ष र कार्यपालिका सदस्यको राजीनामा मागप्रति पनि माफी […]
काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौँसहित देशका केही स्थानमा हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ। ुपश्चिमी वायुको प्रभावले काठमाडौँमा अहिले छिटफुट वर्षा भएको छ, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा छिटफुट वर्षाको सम्भावना […]
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त टोपबहादुर रायमाझी आज साँझ बुढनिलकण्ठबाट पक्राउ परेका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी वैशाख २० मा पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि फरार थिए । सोही साँझ उनका […]
झापा । गायक तथा संगितकार रमेश अन्जान कडरियाको “परदेशी जीवन” बोलको गीत सार्वजनिक भएको छ । किशोर पोख्रेलको शब्दमा रमेश कडरियाले संगीत भरेको उक्त गीतको संगीत संयोजन किरन कडेलको रहेको छ । गायक रामकृष्ण ढकालको स्वरमा सजिएको गीतको म्यूजिक भिडियोमा गायक ढकाल र सारदा राउतको अभिनय रहेको छ । निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियोको […]
झापा । पहिलो हुने निर्वाचिन हुने मतदानको विधिबाट नेपाल प्रेस युनियन झापा शाखाको अध्यक्ष चयन गरिएको छ । नेपाल प्रेस युनियन झापाको दशौं जिल्ला अधिवेशबाट निवर्तमान उपाध्यक्ष गिरिराज भट्टराई ६६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका तीनजना उम्मेद्वारमध्ये निकटतम् प्रतिष्पर्धी राजेन्द्र गौतमले ५२ मत प्राप्त गरे भने मनकुमार शर्माले एक मत प्राप्त […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार आरोपित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अबको २० दिनमा पक्राउ नपरे पनि सांसद पदबाट स्वतः निलम्बित हुनेछन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशी मुलुक पठाउन संलग्न रहेको आरोपमा रायमाझिविरुद्ध काठमाडौं जिल्ला अदालतबाट वैशाख १२ गते पक्राउ पुर्जी जारी भएको थियो । उनी हालसम्म पक्राउ परेका छैनन् । सरकारी वकिल […]