Sajhamanch Archive

कोशी प्रदेशको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on कोशी प्रदेशको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’.

झापा । कोशी प्रदेशको अधिकांश पहाडी जिल्लामा गाई गोरुमा लाग्ने ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको छ । इलाम र झापा जिल्लामा मात्रै चार सय ६२ वटा पशु रोग सङ्क्रमणबाट मरेका छन् । इलाम, उदयपुर, धनकुटा, सङ्खुवासभालगायतका पहाडी जिल्लामा यसको प्रकोप फैलिरहेको कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा. दीपा […]

सहकारी कानुन सुधार गर्न कार्यदल बनाउने सरकारको निर्णय

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on सहकारी कानुन सुधार गर्न कार्यदल बनाउने सरकारको निर्णय.

काठमाडौं । सरकारले सहकारी सम्बद्ध कानुन सुधार गर्नका लागि कार्यदल गठन गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैंठकले सहकारीका समस्या पहिचान गरी त्यसको समाधान गर्न नीतिगत र कानुनी सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयल हेर्ने सदस्यको संयोजकत्वमा सहकारी मन्त्रालयका सचिव सदस्य […]

देउनिया खोलामा ‘चन्द्रगढ मोक्षघाट’को शिलान्यास

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on देउनिया खोलामा ‘चन्द्रगढ मोक्षघाट’को शिलान्यास.

भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी छेउ देउनिया खोलामा मृत्यु संस्कारका लागि व्यवस्थित घाट निर्माणको शिलान्यास गरिएको छ । चन्द्रगढी सामुदायिक वनको अगुवाइमा चन्द्रगढ मोक्षघाट नाम दिइएको शवदाह स्थलको भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले शिलान्यास गरेका हुन् । वन समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा घाट शिलान्यास कार्यक्रम गरिएको थियो […]

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by . Leave a Comment on हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०/०१/२५ जिल्ला झापा मेचीनगर ५ बस्ने स्व. धनप्रसाद गिरी (सदस्य नं. ७३२) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७५ साल मंसिर १३ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर ५ […]

विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय.

काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ । १५ पुसदेखि एमडीएमएस […]

विराटनगरबाट सुनका गहनासहित २ जना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on विराटनगरबाट सुनका गहनासहित २ जना पक्राउ.

मोरङ । विराटनगर महानगरपालिका–९ स्थित ठाकुरबारी रोड (सुन लाइन)बाट प्रहरीले सोमबार राति सुनका गहनासहित २ जनालाई पक्राउ गरेको छ। सुनसरीको इटहरी–१० का ४५ वर्षीय इन्द्र विक र ४० वर्षीय गोविन्द विकलाई सुनका गहनासहित सोमबार राति वडा प्रहरी कार्यालय (क)विराटनगरका प्रमुख डिएसपी विजय श्रेष्ठको टोलीले पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। राति ९ बजेतिर बागमती प्रदेश […]

अवैध रुपमा वैदेशिक रोजागारीमा गएकाहरुलाई वैधता दिने सरकारको तयारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अवैध रुपमा वैदेशिक रोजागारीमा गएकाहरुलाई वैधता दिने सरकारको तयारी.

काठमाडौँ। सरकारले अवैधानिक रुपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरुलाई एक पटकको लागि वैधता दिने तयारी थालेको छ। मंगलबार काठमाडौंमा आयोजित सम्मानपूर्ण श्रम र आप्रवासी महिला श्रमीकको अधिकार विषयक २ दिने राष्ट्रिय कार्यशाला गोष्ठी कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो बताएका हुन्। उनले अवैधानिक बाटो हुँदै नेपाली नागरिकहरु विभिन्न […]

टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा.

काठमाडौं । नेपाल प्रहरीले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ । मंगलबार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाइ अमेरिका पठाउने भन्दै भएको ठगीमा अनुसन्धानका लागि भन्दै सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत रायमाझी […]

शिवसताक्षी ४ का महिला स्वास्थ्य सेवीकालाई साइकल वितरण

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ४ का महिला स्वास्थ्य सेवीकालाई साइकल वितरण.

शिवसताक्षी । झापाको शिबसताक्षी–४ का महिला स्वयमसेवीकाहरुलाई यातायातका लागि साइकलन वितरण गरिएको छ। शिवसताक्षी ४ वडा कार्यालयले वडाका पाँच जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकल वितरण गरेको हो । जनता बजारमा अवस्थित वडा कार्यालयले एक कार्यक्रमका बीच वडा भित्रका पाँच जना महिला स्वास्थ्य सेविकाहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्राले एक–एक थान साइकल प्रदान गरेका थिए । साइकल […]

पाथीभरा मन्दिर दर्शन गर्न ताप्लेजुङ गएका पराजुली मृत अवस्थामा भेटिए

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on पाथीभरा मन्दिर दर्शन गर्न ताप्लेजुङ गएका पराजुली मृत अवस्थामा भेटिए.

अर्जुनधारा । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि झापाको अर्जुनधारा ५ बाट गएका लोकप्रसाद पराजुली मृत अवस्थामा भेटिएका छन् । पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि उत्तरतर्फको जङ्गलमा पराजुलीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मन्दिर दर्शन गर्न जाने क्रममा शुक्रबार बिहानको रातिदेखि बेपत्ता भएका पराजुलीको शव आज बिहान फेला परेको हो । मानसिकरुपमा सामान्य […]