Sajhamanch Archive

कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्रका सईलाई खुकुरी प्रहार

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्रका सईलाई खुकुरी प्रहार.

धनगढी । कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सइमाथि खुकुरी प्रहार भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका-७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि शुक्रबार राति स्थानीय युवाहरुको समूहले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

इलामको भालुझोडामा बस दुर्घटना हुँदा २६ जना घाइते

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on इलामको भालुझोडामा बस दुर्घटना हुँदा २६ जना घाइते.

रोङ (इलाम) । इलामको कन्यामबाट झापातर्फ आउँदै गरेको को १ ख ४४०८ नम्बरको बस मेची राजमार्ग अन्तरगत रोङ गाउँपालिका वडा नं. ४ भालुझोडामा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । आज शुक्रबार साँझ पौने ५ बजे ब्रेक फेल भई बस सडकको छेउमा रहेको कालीमन्दिरमा ठोक्किएको प्रहरीले जनाएको छ ।बसमा सवार ३२ जनामध्ये चालकसहित २६ […]

टाँघनडुब्बामा स्तन तथा पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on टाँघनडुब्बामा स्तन तथा पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न.

झापा । झापा गाउँपालिका वडा ३ टाँघनडुब्बामा रहेको झापा आधारभूत अस्पतालमा आज महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । विराट मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले आयोजना गरेको स्वास्थ्य शिविरमा क्यान्सर रोग सम्बन्धी विशेषज्ञ अस्मिता रायमाझीले स्वास्थ्य परीक्षणका लागि शिविरमा […]

धरमपुर साकोसद्वारा रक्तदान ४२ पिन्ट रगत संकलन

Published: in विविधा, सहकारी by . Leave a Comment on धरमपुर साकोसद्वारा रक्तदान ४२ पिन्ट रगत संकलन.

शिवसताक्षी । धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औ स्थापना दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रमको आयोजना गरिएको छ। जस अन्तर्गत धरमपुर साकोसको आयोजना र नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा १३ महिला र २९ पुरुष गरि ४२ जनाले रक्तदान गरेका थिए। जस् मध्ये १६ जनाले पहिलो पटक रक्तदान गरेको धरमपुर साकोसका व्यवस्थापक तथा […]

संखुवासभामा हेलिकप्टर दुर्घटनाः एक जनाको मृत्यु, चारजना घाइतेलाई उपचारका लागि काठमाडौं लगियो

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on संखुवासभामा हेलिकप्टर दुर्घटनाः एक जनाको मृत्यु, चारजना घाइतेलाई उपचारका लागि काठमाडौं लगियो.

भोजपुर । संखुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताएका छन् । मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । आज शुक्रबार दिउँसो १ […]

इलाममा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on इलाममा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु.

सूर्योदय (इलाम) । इलाम जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कल बजार नजिकै माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ । फिक्कलका विनोद श्रेष्ठको घर बनाउने क्रममा आज दिउँसो माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पशुपतिनगरले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा भारत विहार किसनगन्जका तोसिब आलम, अजी मोदिन, […]

डिजेल खपत २६ प्रतिशतले घट्यो, पेट्रोल र ग्याँसको आयात पनि खुम्चियो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on डिजेल खपत २६ प्रतिशतले घट्यो, पेट्रोल र ग्याँसको आयात पनि खुम्चियो.

काठमाडौं । देशमा छाएको आर्थिक मन्दीको असर पेट्रोलियम खपतमा पनि देखिएको छ । वर्षैसाल बढ्दो क्रममा रहँदै आएको खनिज इन्धनको आयात चालु आर्थिक वर्षमा १५ प्रतिशतभन्दा बढीले घटेको छ । यसले बजारमा इन्धनको खपत पनि घटेको देखाउँछ । यो वर्ष डिजेलको आयात मात्रै एक चौथाइले घटेको छ भने पेट्रोल र हवाई इन्धनको आयात पनि सामान्य […]

सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता लिने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता लिने.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ । यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

२ लाख घुस लिन महोत्तरीदेखि काठमाडौंमा, रंगेहात समातेको अख्तियारको दावी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on २ लाख घुस लिन महोत्तरीदेखि काठमाडौंमा, रंगेहात समातेको अख्तियारको दावी.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल प्रहरी नायव निरीक्षक विनोद विष्टलाई प्रकाउ परेको छ । उनलाई काठमाडौंको नयाँ बानेश्वरस्थित एक रेष्टुरेन्टबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारको टोलीले उनको साथबाट ५० हजार नगद र डेढलाख रुपैयाँको चेक वरामद गरेको छ । भवन […]

शिवसताक्षी ११ मा पुष्करेश्वर शिवालय मन्दिरको उद्घाटन, सहयोगी दाताहरु सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षी ११ मा पुष्करेश्वर शिवालय मन्दिरको उद्घाटन, सहयोगी दाताहरु सम्मानित.

शिवसताक्षी । शिवसताक्षी । झापा शिवसताक्षी ११ मा शिवसकंर धार्मिक एकता समाजले निर्माण गरेको पुष्करेश्वर शिवालय मन्दिरको उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले विहीबार सो मन्दिर उद्घाटन गरेका हुन् । मन्दिरमा शिवको मुर्तिको प्राण प्रतिस्थापन समेत गरिएको पुष्करेश्वर शिवालय मन्दिरले जनाएको छ। स्थानीय शुभद्रा खनालले आफ्ना पति पुन्यप्रसाद खनालको स्मृतिमा २१ धुर […]