काठमाडौं । पछिल्ला कारोबार दिनमा धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार उकालो लागेको छ । गएको बिहीबारदेखि लगातार उकालो लागेको परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार ५६.९४ अंक बढेर बन्द भएको छ । सोमबार (हिजो) नेप्से साढे ११ अंकले वृद्धि भएर बन्द भएको थियो । साताको पहिलो कारोबार दिन आइतबार ६२.२१ अंकले बढेर बन्द […]
अफगानिस्तानमा तालिवान सरकारले सत्ता कब्जा गरेपछी छिमेकी मुलुक इरानमा शरण लिन पुगेका अफगानी नागरिकहरु स्वदेश फर्कन थालेका छन् । गत एक महिनामा ७४ हजारभन्दा बढी अफगानीहरु स्वेदश फर्केका हुन् भने अझै फर्कने क्रम जारी छ । अफगानिस्तानको तालीवान सरकारले पलायन भएका अफगानीहरुलाई स्वदेशमै बस्ने वातावरण मिलाउने बाचा गर्दै सबैलाई फर्कक आव्हान गरेपछी उनीहरु फर्केका हुन् […]
काठमाडौं । सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता केदारनाथ शर्माले मंगलबार विज्ञप्ति निकालेर असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख गरेका हुन्। बकर ईदका अवसरमा सरकारले देशैभर बिहीबार सार्वजनिक बिदा दिएको हो।
इलाम । गत वर्ष असार १० मा पालिकाको बजेट सार्वजनिक गर्ने कार्यक्रममा इलामको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले एउटा प्रतिबद्धता जनाएका थिए। उनले भनेका थिए, आउँदो वर्षको बजेट सार्वजनिक गर्ने बेलामा हाम्रो टेबलमा गाउँपालिकाले ब्रान्डिङ गरेको गुन्द्रुकको प्याकेट हुनेछ। वर्ष दिनअघिको उनको वाचा यसपटक पूरा भयो। यसपालि गाउँ अधिवेशन चलिरहँदा जनप्रतिनिधिका अघिल्तिर रोङ गुन्द्रुकको प्याकेट […]
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौंबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो । विश्व प्रसिद्ध लुम्बिनीलाई हवाईमार्गमार्फत हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ । निगमले भैरहवाबाट भारतको […]
काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको छ । १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार (आज)देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाएको छ । हिस्टुनका महासचिव शंकर तिवारीले भने, ‘हामीले बोर्डसँगको समन्वयमा देशभरका परीक्षण केन्द्रमा आजदेखि एक हप्ता कक्षा १२ को […]
सांकेतिक चित्र हल्दिबारी । आज मंगलबार बिहानै झापाको हल्दिबारीमा एक अधबैंसेको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार भद्रपुर नगरपालिका ७ का ५३ वर्षीय गिरेन कर्मकारलाई हात्तीले मारेको हो । हल्दिबारी २ को देउनिया पूलभन्दा केही उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान छेउछाउ जंगली […]
दाङ । असार सुरु भएसँगै दाङको घोराही उपमहानगरपालिका-७ राजपुरका किसानहरु धानको ब्याड राख्न मलको खोजीमा लागे । तर भनेको बेला मल पाएनन् । गत शुक्रबार चौतारी सहकारीले ७ बोरामात्रै डिएपी र युरिया मल ल्याइपुर्यायो । राजपुरका ६३ जना किसानका लागि त्यो मल अपुग थियो । कसैले पाउने, कसैले नपाउने स्थिति भएपछि किसानहरु आफैं सल्लाह गरेर […]
विर्तामोड। झापामा बैंकिङ्ग कसुर मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका-६ निवासी ४२ वर्षीय पुष्पराज बाराकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उच्च अदालत विराटनगर इलाम इजलासबाट २०७९ कार्तिक २ गतेको फैसला अनुसार बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका बाराकोटी ५ दिन कैद तथा सजाय, १२ लाख […]
काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो । २०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । […]