काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । दिनभर जसो थपघट भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकियो । बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ । बिहीबार २७० धितोपत्रको ५२ हजार ८१४ वटा कारोबारबाट ७८ लाख ९६ हजार […]
एजेन्सी । ग्रीसमा शरणार्थीहरु बोकेको डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । ग्रीसका दक्षिणी समुद्री किनारामा भएको उक्त दूर्घटनामा कैयौं बेपत्ता भएको आशंका गरिएको छ । शरणार्थी र आप्रवासीहरु बोकेको डुंगा भूमध्य सागरको निकै गहिरो क्षेत्रमा दूर्घटना भएको ग्रीसको तटीय सुरक्षा गार्डले बताएका छन् । दुर्घटनाको खबरलगत्तै उद्धारमा जुटेका तटीय सुरक्षा गार्डले करीब […]
विराटनगर । सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न माग गर्दै विद्यार्थी संगठनहरुले गरेको तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नै स्थगित भएको छ । २८ जेठमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण ३२ जेठबाट हुने इन्जिनियरिङ, ३ असारबाट हुने साइन्स एण्ड टेक्नोलोजी, ८ असारबाट हुने […]
विर्तामाड । पशुपक्षी सम्बन्धी कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका ३ का ३२ वर्षीय पशुपति भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा जिल्ला अदालतको २०७८ साल पुस २२ गतेको फैसला अनुसार पशुपक्षी सम्बन्धी कसुर मुद्दामा फरार रहेका भट्टराईलाई ६ महिना कैद तथा सजाय तोकिएको […]
काठमाडौं । हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र भारत ए बीचको खेल रद्द भएको छ । वर्षाका कारण आउटभिल्ड खेल्न लायक नभएपछि नेपालले भारत ए सँग खेल्न पाएन् र टस नै नभई खेल रद्द गरिएको हो । रद्द भएपछि दुवैले एक-एक अंक पाएका छन् । समूह बी मा नेपालले दुई खेलपछि […]
विराटनगर । कोशी प्रदेश सरकारले आज अध्यादेशबाट बजेट ल्याउने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार आर्थिक अध्यादेश र विनियोजन अध्यादेश जारी गरेका छन् । आजै बजेट सार्वजनिक गर्ने तयारी छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टका अनुसार आजै बजेट सार्वजनिक गर्ने तयारी छ । माओवादी केन्द्रको समर्थन फिर्तापछि अल्पमतमा परेको सरकारको […]
काठमाडौँ । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथप्रचारप्रसार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक लिलाराज डाँगी (डीएसपी)ले जानकारी दिए । डीएसपी डाँगीका अनुसार पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छि ध्रुवे), राजु पौडेल, पवन खितवडा, एलिस राई, ज्वलन घर्ति […]
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने संकेत छन् । उनले आफू सांसद बन्ने सम्भावना एक प्रतिशत रहेको उल्लेख गरेका छन् । स्कुल पढ्ने, अमेरिका जाने, नेपालमै बस्ने, वायरलेस प्रविधिबाट दुर्गम ठाउँमा इन्टरनेट पुर्याउने र राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अवस्थामा ल्याउने सम्भावना एक प्रतिशत रहे पनि अहिले ती सबै काममा सफल भएको […]
काठमाडौँ । सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारमा पूर्व मुख्य सचिब शंकरदास बैरागीलाई नियुक्त गरेको छ। बैरागीलाई आजै मुख्य सचिवबाट राजिनामा गराएर सल्लाहाकारमा नियुक्त गरिएको हो। पूर्व मुख्य सचिब बैरागीले आजै राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ पनि लिएका छन्। बिहिबार सिहंदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई सल्लाहाकारको सपथ ग्रहण गराएका हुन्। पूर्व मुख्य सचिव बैरागीको […]
काठमाडौं । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ । घरायझी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु बिकले कुटपिट गरेका थिए । गम्भीर घाइते भएको ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको […]