Sajhamanch Archive

सन्दीप र दीपेन्द्र ग्लोबल टी-२० लिगमा छानिए

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on सन्दीप र दीपेन्द्र ग्लोबल टी-२० लिगमा छानिए.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । आउने जुलाइ २० देखि सुरु हुने फ्रेन्चाइज प्रतियोगिताका लागि मंगलबार राति भएको ड्राफ्टमार्फत सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाई मोन्टरियल टाइगर्सले अनुबन्ध गरेको हो । ग्लोबल टी-२० लिग सन् २०१८ देखि सुरु भएको […]

वैकल्पिक सहायक राजमार्गको ५१% बजेट चार नेताको

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on वैकल्पिक सहायक राजमार्गको ५१% बजेट चार नेताको.

काठमाडौँ । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गतको मुख्य बजेट प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको उक्त कार्यक्रमको बजेट सत्तारूढ दलका शीर्ष नेताको जिल्लामा केन्द्रित गर्न बजेटको ‘सिलिङ’ मा पनि हस्तक्षेप गरिएको छ । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि राष्ट्रिय योजना आयोगले डेढ अर्बको सिलिङ तोकेको थियो […]

आज विश्व रक्तदाता दिवस मनाइँदै

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on आज विश्व रक्तदाता दिवस मनाइँदै.

काठमाडौं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १४ लाई विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यो दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ । यस […]

कनकाई नगरपालिका ५ मा आगलागी, एक जना घाइते

Published: (Updated: ) in विविधा by . Leave a Comment on कनकाई नगरपालिका ५ मा आगलागी, एक जना घाइते.

शिवसताक्षी । कनकाई नगरपालिकामा वडा नं. ५ मा गएराति आगलागी भएको छ । वडा नं. ५ निवासी रविलाल बालकोटीको घरमा गएराति २ बजे आगलागी हुादा गाइकोठ, घरको किचन समेत डडेर नष्ट भएको छ । आगलागीबाट ७ ओटा बाख्रा, ४० मन धान, ७ मन चामल, घरमा राखिएको काठपात जलेर नष्ट भएको बताइएको छ । आगलागीहुँदा सामान […]

श्रीजंग प्राविमा दाताहरुको सहयोगबाट स्मार्ट बालकक्षा निर्माण

Published: in विविधा, शिक्षा, समाज by . Leave a Comment on श्रीजंग प्राविमा दाताहरुको सहयोगबाट स्मार्ट बालकक्षा निर्माण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको श्रीजंग प्राथमिक विद्यालयमा स्मार्ट बालकक्षा निर्माण गरिएको छ । स्थानीय दाताहरुको सहयोगबाट प्लेग्रुपका बालबालिकाहरुका लागि स्मार्ट बालकक्षा निर्माण गरिएको हो । आज उक्त बालकक्षाको वडाध्यक्ष हर्क सिगुले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा बोल्दै वडाध्यक्ष सिंगुले वडाले शिक्षा नियामावली बनाएर नजिकको विद्यालयमा नै विद्यार्थीहरुले अध्ययन गर्ने […]

माइतीघरमा आत्मदाह प्रयास : ‘नागरिकता नहुनेहरु मरेतुल्य छन्’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on माइतीघरमा आत्मदाह प्रयास : ‘नागरिकता नहुनेहरु मरेतुल्य छन्’.

काठमाडौं । निरजकुमार कामत राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षको बेडमा छन् । नागरिकता माग्दै माइतीघरको सडकमा संघर्ष गरिरहेका कामतले मंगलबार अपरान्ह आफ्नै जिउमा पेट्रोल खन्याए । त्यस क्रममा केही पेट्रोल निलेकाले उनी बोल्न सकेका छैनन् । ५ वर्षदेखि नागरिकता प्राप्तिको आन्दोलनमा भौंतारिरहेका कामत जस्ता सयौं मानिसहरु यतिखेर राजधानीको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् । बुबा […]

वडाध्यक्ष सुब्बाले दिए महेन्द्र पार्कलाई १२०० विरूवा

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on वडाध्यक्ष सुब्बाले दिए महेन्द्र पार्कलाई १२०० विरूवा.

भद्रपुर । भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बाले एक लाख ५ हजार रुपैयाँ मूल्य बराबरका एक हजार २०० वटा विभिन्न जातका शो प्लान्टका विरूवा प्रदान गरेका छन् । चन्द्रगढीमा रहेको महेन्द्र पार्कमा रोप्नका लागि पार्क संरक्षण समितिका अध्यक्ष गणेश पोखरेललाई वडाध्यक्ष सुब्बाले उक्त विरुवा हस्तान्तरण गरेका हुन् । स्वर्गीय पिता वीरहाङ्ग लिम्बू तथा सासु आमा […]

भद्रपुर नगरलाई सन्थाल आवासका लागि दुई करोड

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरलाई सन्थाल आवासका लागि दुई करोड.

भद्रपुर । संघीय सरकार मार्फत भद्रपुर नगरपालिकामा ‘सन्थाल आवास’ निर्माणका लागि आगामी आर्थिक वर्षका लागि दुई करोड बजेट विनियोजन भएको छ । सिमान्तकृत विपन्न आदिवासी उत्थान कार्यक्रम अन्तर्गत सरकारले सन्थाल समुदायको घर निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारबाट विशेष अनुदानस्वरुप सो रकम विनियोजन भएको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीका […]

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कोशी सरकारको नीति तथा कार्यक्रम भोलि.

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। उक्त नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा ३१ जेठको दिउँसो १ बजे सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय पनि […]

वडाध्यक्ष खुलालले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्शा

Published: in समाज, स्थानीय तह by . Leave a Comment on वडाध्यक्ष खुलालले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्शा.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ को कार्यालयमा ग्रेटर नेपालको नक्सा राखिएको छ । वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले तत्कालीन ब्रिटिश शासकसँग सुगौली सन्धि गर्नुअघि नेपालले रचेको भूगोलसहितकोे तस्बिर आफ्नो कार्यकक्षमा राखेका हुन । यस अघि महानगर पालिका काठमाण्डौका मेयर बालेन्द्र शाहले ग्रेटर नेपालको नक्शा आफ्नो कार्यकक्षमा राखेका थिए । […]