झापा । झापाको बितामोडबाट प्रसारण हुँदै आएको सूर्योदय टेलिभिजनको लोकप्रिय कार्यक्रम एनएमसी सूर्योदय क्विजको सातौं श्रृंखलाको उपाधि मेची बहुमुखी क्याम्पस भद्रपुरले जितेको छ । शुक्रबार बिर्तामोडमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा मेची बहुमुखी क्याम्पसका प्रतियोगी विद्यार्थीहरू उत्कृष्ट बनेका हुन् । प्रतियोगितामा सुकुना बहुमुखी क्याम्पस मोरङ दोस्रो भएको छ । बिर्तामोडको इन्द्रचन्द्र क्याम्पस तेस्रो भएको छ भने सुनसरी […]
झापा । झापा र इलामका एक हजारभन्दा बढी श्रमिकले व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी तालिम हासिल गरेका बिर्तामोडमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा जानकारी दिइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरेको व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवद्र्धन कार्यक्रम अन्तर्गत सो तालिम प्रदान गरिएको हो । पछिल्लो करिब ८ महिनाको […]
झापा । लेखक तथा अग्रज सञ्चारकर्मी केदार शर्माले विकासलाई हेर्ने दृष्टिकोण फरक फरक हुने बताएका छन् । विकास पत्रकारिता गर्ने पत्रकारहरुले विषयवस्तुलाई केलाउँदै तथ्य जाँच्नु अत्यन्त जरुरी हुने उनको भनाई छ । नारी सञ्चार गृह झापाको आयोजनामा आज बिर्तामोडमा सम्पन्न कार्यशाला गोष्ठीमा उनले उद्विकास र विकास फरक भएको दृष्टान्त प्रस्तुत गर्दै विकास पत्रकारितामा सामाजिक आर्थिक […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ ले वडाका कृषकहरुलाई अनुदान स्वरुप कुखुरा, बुँगुरको दाना, चल्ला, मौरीको घार वितरण गरेको छ । स्थानीय शिव प्राथमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी १० लाख ५० हजार बराबरको कुखुराको दाना, बाख्रा, गाई भैसीलाई ओछ्याउने म्याट लगायतका सामाग्री वितरण गरेको हो । वडामा मै च्याउ खेती गर्दै आएका […]
काठमाडौं । आगामी सोमबार संघीय संसद्मा पेश हुने आउँदो आर्थिक वर्ष २०८०र८१ को बजेटको मस्यौदाको काम ‘बजेट लेखन समिति’ले लगभग सकिसकेको छ । यसलाई अन्तिम रूप दिन बाँकी भए पनि बजेटले एउटा प्रारूप भने ग्रहण गरिसकेको छ । बजेट लेखन समितिका एक अधिकारीका अनुसार यसपटकको बजेटमा ‘मितव्ययिता’को ब्राण्डमा पुरानै कार्यक्रमको निरन्तरता हुनेछ । ‘यसपालीको बजेट […]
काठमाडौं । प्रमुख विपक्षी दलको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक ६ घण्टा हुन लाग्दा समेत सुरु हुन सकेको छैन । नेताहरुका अनुसार सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसिक्यो । अनौपचारिक छलफल पनि भइरहेका छन् । तर, पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने […]
काठमाडौँ । राजधानीमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनलमा पुग्न नेपालले काजकिस्तान प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज यी दुईबीचको खेल ५ बजे शुरु हुनेछ। नेपाल बंगलादेश र किर्किस्तानलाई हराउँदै समूह एको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूहको तीन खेलमा नेपाल भारतसंग मात्र पराजित भएको हो । काजकस्तान समूह […]
काठमाडौं । सजाय माफी गरी आफूलाई कैदमुक्त गर्न माग गर्दै रेशम चौधरीले पठाएको पत्र राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रालयमा पठाएका छन् । रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । टिकापुरमा […]
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाईनलमा पुग्न आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समय अनुसार आज साँझ ७:४५ बजे दोस्रो क्वालिफायर खेलमा पाँच पटकको उपाधिधारी मुम्बई इन्डियन्स र साविक विजेता गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ। मुम्बई एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै दोस्रो क्वालिफायर खेलमा पुगेको हो। त्यसैगरी […]
काठमाडौँ । प्रतिनिधिसभाको २० मिनेटका लागि आजलाई स्थगित गरिएको बैठक आजै दिउँसो ३ बजे बस्ने भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अबरुद्ध गरेपछि अपराह्न १२ः४५ मिनेटमा २० मिनेटका लागि स्थगित गरिएको थियो। सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी विशेष कारणबस बैठक बस्ने समय परिवर्तन भएको जानकारी गराएको हो। आजै बसेको अघिल्लो बैठकमा प्रमुख […]