Sajhamanch Archive

राष्ट्रपति भण्डारी र नेकपा नेता खनालबीच भेटवार्ता : मिलेर जान राष्ट्रपतिको सुझाव

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on राष्ट्रपति भण्डारी र नेकपा नेता खनालबीच भेटवार्ता : मिलेर जान राष्ट्रपतिको सुझाव.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् । शनिबार दिउँसो ललितपुरको डल्लुमा रहेको खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताए । खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकमा रहेकोले इतिहास संशोधन […]

बाँकेको नरैनापुरमा भीषण आगलागी

Published: in समाज, by . Leave a Comment on बाँकेको नरैनापुरमा भीषण आगलागी.

बाँके । बाँकेको नरैनापुरमा भीषण आगलागी भइरहेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर चार खोदावामा भएको आगलागीबाट अहिलेसम्म ६० भन्दा धेरै घर जलेर नष्ट भएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए । आगलागीमा घाइते भएकी एक महिलालाई उपचारको लागि नेपालगञ्ज लगिएको छ । तीव्र गतिमा हावाहुरी चलिरहेकोले आगो नियन्त्रणमा कठिनाइ भइरहेको पनि उनले जानकारी […]

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय.

काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो । यसअघि पार्टीभित्र सरकारमा जाने कि नजाने भन्ने दुई धार देखिएको थियो । प्रतिनिधिसभा पुनःस्थापना भएको झण्डै साढे […]

त्रिदेशीय कप विजेता खेलाडीलाई सरकारले चार–चार लाख दिने

Published: in खेलकुद, राष्ट्रिय समाचार, by . Leave a Comment on त्रिदेशीय कप विजेता खेलाडीलाई सरकारले चार–चार लाख दिने.

काठमाडौं । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार – चार लाख रुपैयाँ दिने भएको छ । शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चाररचार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा गएको सोमवार भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप […]

ताइवानमा सुरुङभित्र रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on ताइवानमा सुरुङभित्र रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गयो.

काठमाडौं । ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गएको छ भने ७२ जना घाइते भएका छन् । ताइवानको ह्वालियन सहरको सुुरङभित्र रेलले ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको छ । ट्रकमा ठोक्किएको रेल लिगबाट चिप्लिएर सडकमा पुगेको थियो । दुर्घटनाबाट रेलको आठ ओटा डब्बामध्ये पाँच ओटा डब्बा क्षतिग्रस्त भएको छ । ताइवानमा सुरु भएको लामो […]

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आज दुई खेल हुँदै.

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साढे १२ बजे प्लानिङ ब्वाइज युनाइटेड र सानेपा क्लबबीच खेल हुँदैछ । समूह बी मा रहेको प्लानिङले चार खेल खेल्दै दुई अङ्क जोडेको छ भने सानेपाले पाँच खेलमा दुई अङ्क जोडेको छ । यस्तै दिउँसो साढे तीन बजे […]

मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदै.

काठमाडौं । काठमाडौंमा आज मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्न लागेकी हुन् । दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनुहुनेछ । यसअघि आयोजनाले […]

अनुदानमा दिएको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on अनुदानमा दिएको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने.

काठमाडौं । चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड १९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको […]

सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा

Published: in समाज, by . Leave a Comment on सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा.

डोटी । डोटीमा कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा परेका छन् । आगलागीका कारण ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका–४ कुल्पातेमा रहेको सामुदायिक वनमा बुधवार […]

सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गयो.

हेटौंँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ मा आज दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । त्यस्तै दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । हेटौँडा–काठमाण्डौ छोटो दुरीको मार्गअन्तर्गत काठमाण्डौबाट चपुर आउँदै गरेको ना १ ज ३४३३ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिकाको ओखलडाँडा सडकबाट तल खसेको हो । घटनामा ज्यान गुमाएकाहरुको […]