झापा । झापाको कमल गाउँपालिकाका कार्यपालिका सदस्य तारा बोगटीले अहिलेसम्म दलित महिला सम्बन्धी विभेदका कुनै पनि मुद्धा उठाउन सकेकी छैनन् । गाउँपालिकाले हालसम्म ९ वटा गाउँसभा सम्पन्न गर्यो तर वडासदस्य बोगटीले विभेद सम्बन्धी मुद्धाको भेउ नपाउँदा यसको उठान गर्न नसकेकी हुन् । कमल गाउँपालिकाकै वडा नम्वर १ की भला विश्वकर्मालाई अहिले वडा कार्यालयमा जानु र […]
कमल लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आज देखि विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको । “ घरैबाट सुरु गरौ महिला हिंसा अन्त्य गरौ” भन्ने नाराका साथ आज बाट कमल गाउँपािलकाले समेत विभिन्न कार्यक्रम गरेर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ । लिंगका आधारमा मान्छे माथि हुने सबै खाले हिंसा विरुद्ध अभियान सन्चाल […]
कमल । कृषि उपजहरु ताजा र सुरक्षित राख्न कोल्डस्टोरमा लगिन्छ । तर कोल्डस्टोरमा भण्डारण गरेको बिउ आलु नै कुहिएको छ । पैसा तिरेर सुरक्षित भण्डारण गरिएको बिउ आलु कुहिएपछि झापाको कमल गाउँपालिकाका कृषक चिन्तित र आक्रोशित बनेका छन् । आलु रोप्न जमिन ठिक्क पारेर आफैंले भण्डारण गरेको बिउ आलु कोल्डस्टोरबाट निकाल्दा कुहिएको पाइएपछि उनीहरु चिन्तित […]
कमल । कमल गाउँपालिकाले बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा अभियानलाई तीब्रता दिएसँगै नागरिकको घर र पसलमा अनुरोध पत्र टाँस गर्ने अभियान सुरु गरेको छ । “खुशी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ आगामी फागुन मसान्तसम्ममा गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषण गर्ने योजना छ । कार्यक्रमलाई सबैमाझ जानकारी दिन […]
कमल । कमल गाउँपालिकाले बंगुर पालन गर्दै आएका कृषकलाई अनुदान सहयोग गरेको छ । गाउँपालिका वडा नं. ४ का बंगुर पालन गर्दै आएका ५० जना कृषकलाई कृषि पेशामा थप उत्साह थप्ने उद्देश्यले अनुदान सहयोग गरेको हो । गाउँपालिकाले स्थानिय नवोदय सहकारी मार्फत बगुरका पाठा खरिद, गोठ सुधार, औषधी लगाएतमा ५० प्रतिशत साझेदारीमा २० लाख रुपैया […]
कमल । नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तरगत गाउँ नगर कार्यसमितिको चुनाव यही असोज ९ गते देशव्यापी रुपमा हुँदैछ । केन्द्रदेखि गाउँसम्मका हरेक गल्ली र चिया पसलमा अहिले कांग्रेस महाधिवेशनको चर्चा चुलिएको छ । एउटै दलभित्र गुट र उपगुट भएका कारण उम्मेदवारहरु पनि प्रसस्त छन् । काङ्ग्रेसका नवनिर्वाचित क्षेत्रीय सदस्यहरु आफ्ना आफ्ना पक्षका उम्मेदवारलाई जिताउन यतिबेला […]
दमक । कारितास नेपालले विपद व्यवस्थापनमा गरेको सहयोगको सरोकारवालाहरुले प्रशंसा गरेका छन् । कारितास नेपाल क्षेत्रीय कार्यालय दमकले बिहीबार दमकमा सरोकारवाला निकायसँग गरेको समीक्षा बैठकका सहभागीहरुले संस्थाको सहयोगको प्रशंशा गरेका हुन् । दमक क्षेत्रीय कार्यालयबाट कोभिड–१९ को समयमा झापा र मोरङका विभिन्न स्थानीय तह र सामुदायिक अस्पतालमा गरेको सहयोग र त्यसबाट नागरिकलाई पुगेको फाइदाका बारेमा […]
कमल । हरेक वर्ष सेप्टेम्वर ८ तारिकका दिन विश्व फिजियो थेरापी दिवश मनाउने गरिन्छ । फिजियो थेरापीका बारेमा सबैलाई ज्ञान नभएपनि पछिल्लो समय फिजियो थेरापी गर्नेको संख्या र फिजियो थेरापी क्लिनिक खुल्ने क्रमसमेत बढीरहेको छ । फिजियो थेरापी अर्थात भौतिक चिकित्सा विज्ञानको एक मुख्य शाखा हो । जुन एक समग्र दृष्ट्रिकोण अर्थात होरेष्टिक एप्रोज सग […]
‘कृषि क्रान्ति’को नारा घन्किन थालेको दशकौं भइसक्यो तर यो नारा, नारामै सीमित भएको छ । सरोकारवाला निकायको भूमिका प्रभावहीन हुँदा कृषि क्षेत्रको अवस्था नारामात्रै सिमति हुनु पुगेको हो । परम्परागत शैलीमै पूर्ववर्ती सरकारले २०७७/०७८ को नीति तथा कार्यक्रममा कृषिको उत्पादकत्व १० वर्षमा दोब्बर बनाउने नीति लिएको थियो । सरोकारवाला निकायमा विश्वास र उपयुक्त योजना भएमा […]
कमल । कारितास नेपालको सहयोगमा कमल गाउँपालिकाका विभिन्न सामुदायीक विद्यालयमा फलफुलका विरुवा रोपिएको छ । कमल गाउँपालिकामा रहेको सामुदायीक विद्यालयमध्ये कारितास नेपालको प्रकोप न्युनीकरण तथा भु-क्षय नियन्त्रण र हरियाली व्यवस्थापनको क्षेत्रभित्र परेका ७ वटा विद्यालयको प्राङ्गणमा विभिन्न जातका फलफुलका विरुवा रोपिएको हो । रोपिएका विरुवामा आँप, लिची, काजु, कागती, अम्बा लगायतका विरुवाप्रति विद्यालयमा एक सय […]