Sajhamanch Archive

दुर्घटनापछि पत्नीलाई भिडियो कल, त्यसपछि प्राण त्याग !

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on दुर्घटनापछि पत्नीलाई भिडियो कल, त्यसपछि प्राण त्याग !.

भारतको बेगूसरायको नेशनल हाइवे–२८ मा एक युवकलाई ट्रकले ठक्कर दियो । ठक्कर पछि सडकमा खसेका उनलाई ट्रकको पाङ्ग्राले कुल्चिँदा उनको एउटा खुट्टा तिघ्राबाटै छिन्यो । आफ्नो स्थिती देखाउन उनले श्रीमतीलाई भिडियो कलसमेत गरे । प्रत्यक्षदर्शीका अनुसार युवकले इयरफोन लगाइरहेका थिए जसका कारण उनले ट्रकको हर्न सुनेनन् । दुर्घटनापछि बेहोस भएका उनलाई पुलिसले बेगूसरायस्थित अस्पताल पुर्याए […]

सुतेकै अवस्थामा ४३ नेपालीको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on सुतेकै अवस्थामा ४३ नेपालीको मृत्यु.

सोल । ‘कोरियामा सुतेकै अवस्थामा नेपालीको मृत्यु’। यस्तैखाले हेडलाइनमा समाचार आइरहनु नयाँ होइन। मुख्यगरी वैदेशिक रोजगारमा दक्षिण कोरिया आएका नेपाली युवामा सुतेकै अवस्थामा ज्यान गुमाउने घटना अधिक छ। अन्य कारणले हुने मृत्युको तुलनामा सुतेकै ठाउँमा मृत्यु हुनेको संख्या उच्च रहेको तथ्यांकले देखाएको छ। कोरियामा पछिल्ला ९ महिनाको अवधिमा ज्यान गुमाउने नेपालीको संख्या १३ रहेकोमा ११ जनाको मृत्युको […]

चीनले बनायो प्रतिघण्टा ६ सय किलोमिटर कुद्‍ने रेल

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on चीनले बनायो प्रतिघण्टा ६ सय किलोमिटर कुद्‍ने रेल.

बेइजिङ । प्रविधिको प्रयोगमा विश्वलाई चकित बनाइरहेको चीनले प्रतिघण्टा ६ सय किलोमिटरको गतिमा कुद्नसक्ने रेल बनाएको छ। चीनले यो रेल गत बिहीबार सार्वजनिक गरेको छ । प्राविधिकहरुका अनुसार यो रेल म्याग्नेटिक-लेभिटेशन प्रणालीमा आधारित छ । यो रेल जमिनको सतहभन्दा केही माथि कुद्‍ने गरी बनाइएको छ। साउथ चाइना मर्निङ पोस्ट्का अनुसार चाइना रेलवे रोलिङ स्टक कर्पोरेशन […]

धम्कीपछि एक पत्रकारको हत्या

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on धम्कीपछि एक पत्रकारको हत्या.

मेक्सिको । मेक्सिकोमा बिहीबार एक जना पत्रकारको हत्या भएको छ । देशको दक्षिणपूर्वी राज्य क्विन्ताना अन्तर्गत पर्ने तटवर्ती सहर प्लाय डेल कारमेनमा पत्रकारको हत्या भएको हो । हत्या हुनु अगाडी उनलाई धम्की आएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका अनुसन्धानकर्ताहरुले जारी गरेको वक्तव्यमा अनुसन्धान जारी रहेको उल्लेख छ । पत्रकार फ्रान्सीस्को रोमेरो डिजको हत्या भएको […]

उडिरहेका दुई जहाज आकाशमै जुधे, ५ को मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on उडिरहेका दुई जहाज आकाशमै जुधे, ५ को मृत्यु.

अलास्का । यहाँको आकाशमा दुई जहाज जुधेका छन्। हावामा दुई जहाज ठोक्किँदा कम्तिमा पनि ५ जना यात्रुको ज्यान गएको छ। यो घटनामा १० जना अन्य घाइते भएका छन्। घटनापछि एकजना बेपत्ता छन्। दुई जहाज सि प्लेन (पानीमा उत्रिन सक्षम) थिए। दुवैमा रोयल प्रिन्सेस क्रुजका यात्रु सवार थिए। यहाँ घुम्न आएका उनीहरुलाई हवाई सयर गराउने क्रममा […]

चन्द्रमा देखियो अनौठो गतिविधि, नासाले बतायो यस्तो कारण

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on चन्द्रमा देखियो अनौठो गतिविधि, नासाले बतायो यस्तो कारण.

नासाले करिब १२ हजार तस्बिरको अध्ययन गर्दा पृथ्वीको एकमात्र उपग्रह चन्द्रमाको सतह संकुचीत हुँदै गएको तथ्य भेटाएको छ । संकुचीत हुँदै जाँदा चन्द्रमाको सहतमा पृथ्वीबाट देखिने मानिसको जस्तो तस्बिर पनि मेटिदैं गएको वैज्ञानिकहरुले सार्वजनिक गरेका छन् । नासाको लुनर रीकानिसेंस आर्बिटरले लिएको तस्बिरको अध्ययनको रिपोर्ट सोमबार सार्वजनिक गरिएको छ । नासाले १२ हजारभन्दा बढि तस्बिरको […]

परिवारको कुटाई सहन नसकी बुहारी निर्वस्त्र प्रहरी चौकी पुगेपछि……..

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on परिवारको कुटाई सहन नसकी बुहारी निर्वस्त्र प्रहरी चौकी पुगेपछि……...

नयाँ दिल्ली ।  भारतको राजस्थानस्थित चुरु जिल्लामा सासू र परिवारका सदस्यबाट कुटिएकी बुहारीले प्रहरी गुहारिन्। नाङ्गै बनाएर सासूसहितले कुटपिट गरेपछि उनले प्रहरी गुहारेकी थिइन्। तर प्रहरी नआएपछि उनले ज्यान बचाउन नाङ्गै भाग्नुपर्‍यो । २८ वर्षीया एक महिलालाई सासूसहितको यातना भोग्न नसकेपछि प्रहरीको सहारा लिएकी हुन् । प्रहरी नपुगेपछि निर्वस्त्र नै उनी ३ किलोमिटर परको चौकीमा […]

उडिरहेको जहाजमा आगलागी, कम्तीमा ४१ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on उडिरहेको जहाजमा आगलागी, कम्तीमा ४१ जनाको मृत्यु.

मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी हवाई जहाजमा आगो लाग्दा मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको अधिकारीहरूले जनाएका छन्। रूसका संघीय अनुसन्धानकर्ताहरूले उक्त जानकारी दिएका हुन्। सामाजिक सञ्जालमा राखिएका भिडिओमा आगो लागेको जहाजको आपत्तकालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिन्छ। रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन्। स्वास्थ्य मन्त्रालयले […]

दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि थप्पड

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि थप्पड.

नयाँदिल्लीका मुख्यमन्त्री तथा आमआदमी पार्टीका संयोजक अरविन्द केजरीवालमाथि थप्पड हानिएको छ। चुनावी र्‍यालीमा रहेका वेला मुख्यमन्त्री केजरीवालले पश्चिम दिल्लीको मोतीनगर इलाकामा थप्पड हानिएको हो। त्यसबेला उनी आमआदमी पार्टीका उम्मेदवार बलवीर सिंह जाखडका साथमा प्रचार प्रसार गरिरहेका थिए। सडकमा एउटा खुल्ला जीपमा सवार केजरीवालमाथि एक व्यक्तिले जीपको अगाडिपट्टि चढेर उनलाई थप्पड हानेका थिए। आम आदमी पार्टीले […]

सेनाले गरेको कारवाहीमा परि जिल्ला कमाण्डरसहित १७ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on सेनाले गरेको कारवाहीमा परि जिल्ला कमाण्डरसहित १७ जनाको मृत्यु.

तालुकान। अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध गरेको कारबाहीको क्रममा कम्तीमा १७ जना तालिबान लडाकू मारिएका छन् । सो कारबाहीका क्रममा तालिबानका जिल्ला कमाण्डर मवलावी रजाकसहित १७ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएका सेनाले बुधबार जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । सरकारी सुरक्षा अधिकारीहरुले जारी गरिएको […]